कास्कीकोटमा ८ हजार ३ सय केजी अदुवाको बीऊ वितरण

सराङकोट न्यूज
17 March, 2021 12:50 pm
Advertisements
Advertisements

पोखरा महानगरपालिका वार्ड नं.२४, कास्कीकोटका स्थानीय किसानहरुलाई ८ हजार ३ सय किलो अदुवाको बीऊ अनुदानमा उपलब्ध गराइएको छ । विभिन्न १५ वटा कृषक समूहमा रहेको ३ सय बढीलाई प्रति कृषक २५ केजीका दरले कपुरकोट जातको बोसे अदुवाको बीऊ वितरण गरिएको कास्कीकोट अदुवा बाली प्रवद्र्धन तथा व्यवस्थापन समितिका अध्यक्ष तारापति सुवेदीले बताए ।
सल्यानको कपुरकोट जात नाम दिएको बोसे अदुवा खान मिठो हुने बताइएको छ । प्रति केजी १० केजीसम्म अदुवा फल्ने दाबी समितिका अध्यक्ष तारापति सुवेदीले बताएका छन् । प्रति किलो १४६ रुपैयामा खरिद गरिएको अदुवाको बीऊ बापत किसानसँग प्रति किलो रु.१६ रुपैयामात्र लागत सहभागिता गराइएको छ । किसानले २५ किलो कपुरकोटे बोसे अदुवा ४ सयमा पाएका छन् । जबकी उक्त अदुवाको परल खरिद मूल्य ३६५० रुपैया पर्छ । युएनडिपी र पोखरा महानगरपालिकाको सहयोगमा वितरण गरिएको अदुवाको बीऊ वितरण कार्यको आवश्यक समन्वय असल छिमेकी संघ (गोनेसा) ले गरेको बताइएको छ ।
कास्कीकोटलाई असिना पीडित क्षेत्रको रुपमा हेरिन्छ । असिना पीडित कृषकलाई राहत दिेने उद्देश्यले नगदेबालीको रुपमा रहेको अदुवाको बीऊ अनुदानमा वितरण गरिएको वडा नम्बर २४ का वडा सचिवले बताए ।
चैत्रमा लगाइएको यो अदुवा मंसिरमा उत्पादन भई बजारमा आउने छ । बजारको प्रबन्ध पनि महानगरले गर्ने प्रबन्ध मिलाइने जानकारी सराङकोटलाई प्राप्त भएको छ । कृषक यो कार्यक्रमबाट कति लाभान्वित हुन्छन् त्यो भने हेर्न बाँकी छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: