पोखरा–१६ मा सरसफाई अभियान

सराङकोट न्यूज
29 March, 2021 9:20 am
Advertisements
Advertisements

पर्यटकीय नगरी पोखरा महानगरलाई सफा सुग्घर र वातारण मैत्री शहर बनाउन स्थानीय तहबाटै जागरण अभियान सञ्चालनलाई निरन्तरता दिइएको छ । हृदयको आवाज नामक संस्थाको आयोजनामा भएको सरसफाई कार्यक्रम पोखराको बाटुलेचौर देखि सुरु भई अमलाविसौनी (पानी टंकी)मा पुगेर टु·िएको थियो । सरसफाई कार्यक्रममा पोखरा महानगरपालिका वार्ड नं.१६ कार्यालय र विन्ध्यावासिनी माध्यमिक विद्यालयले ऐक्यवद्धता जनाएका थिए ।

विद्यार्थीहरुलाई वातावरणको महत्व बुझाउने उद्देश्य अनुरुप सरसफाई कार्यक्रममा सहभागी गराइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले बताइन । आफ्नो टोल सफा राख्न सबैलाई प्रेरणा मिलोस् भन्ने भावनाको विकास गर्न सरसफाई अभियानले टेवा प्रदान गर्ने स्थानीय युवा तथा वि.व्य.स. सदस्य शंकर बस्नेतले बताए । वडा अन्तरगतका विभिन्न संघ संस्थाले आफ्नो टोल सफा राख्ने हो भने पोखरा १६ महानगरकै सरसफाइको लागि नमूना वडा बन्न सक्ने भन्दै वडा सदस्य मेहरमान थापाले खुसी व्यक्त गरे । आयोजक संस्था अन्नपूर्ण बाल आश्रम र हृदयको आवाजको अध्यक्ष शारदा बस्नेतले वडा भित्रका विभिन्न संघ संस्थासँग सहकार्य गर्दै सरसफाई कार्यक्रमलाई अभियोगकै रुपमा अघि सारिएको बताइन् । कोरोना महामारीका कारण केही समय रोकिएको अभियानका कार्यक्रमको दोश्रो चरण सुरु भएको अध्यक्ष बस्नेतले बताइन् । सरसफाई कार्यक्रममा विन्ध्यवासिनी मा.वि. पोखरा–१६ का करिब ३० जना विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहेको थियो ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: