भोटिखोला पुलको डिजाइन नमिल्दा बस्ती जोखिममा, बस्ती काटेर स्लोप मिलाइयो

यदुनाथ बन्जारा
13 April, 2021 3:58 pm
Advertisements

पुल निर्माण गर्दा खोलाको गहिराइ र सडकको सतह मिल्नु पर्छ । पुलका लागि मात्र पुल होइन सडकका लागि पुल निर्माण हुन सकेन भने त्यो पुलले थप समस्या निम्त्याउन सक्छ ।
हो त्यस्तै समस्या निम्त्याएको छ पोखरा १९ भोटिखोलामा निर्माण गरिएको पुलले । झण्डै डेढ करोडमा निर्माण गरिएको पुल खोलाको उचाईलाई अन्दाजै नगरी बनाइएको छ । तत्कालिन जिल्ला विकास समितिले ४ वर्ष अघि डिपिआर गरेको उक्त पुलको डिजाइनमै त्रुटी रहेको प्राविधिक क्षेत्रका विज्ञ जानकारहरुले वताए ।
पुलको दुवै तिर रहेको अल्को ढिस्कोका कारण यातायात संचालनमा समस्या आएपछि पूर्व तर्फको ढिस्को कटान गरेर सडक र पुलको लेवल मिलान गरिएको छ । सडकको लेवल मिलाउने क्रममा व्यक्तिको घर जोखिममा परेको छ । पुलको इञ्जिनियरिङ डिजाइनिङ नमिलेको क्षति व्यक्तिलाई पर्न गएको छ बाटो सुरुङ जस्तो बनाउन परेको छ ।
पोखरा महानगरपालिका वार्ड नं. १९ का वडा अध्यक्ष शोभा मोहन पौडेलले आफूले पुलको उचाई वढाउन र लम्वाइ तन्काउन केन्द्र सम्म पुगेर पहल गर्दा पनि सुनुवाई नभएको वताए । पुलको डिजाइनमा त्रुटी भएको स्वीकार गर्दै वडा अध्यक्ष पौडेलले भने अहिले व्यक्तिको घर जग्गा संरक्षण गर्न मुस्किल परेको छ । वाटोको गहिराइका कारण सवारी संचालनमा दुविधा परेपछि योजनाको भेरिएसन अर्डर (भि.ओ.) गरेर बाटो ढलान गर्ने व्यवस्था मिलाइएको उनले वताए । एउटा इञ्जिनियरको हेल्चेक्रयाइका कारण समस्या माथि समस्या थपिएको छ, भिओि गर्दा राज्यलाई व्ययभार वढेको छ । पुलको इञ्जिनियरिङ सम्बन्धि त्रृटीका कारण पहिल्याउन जरुरी छ न कि एउटा विकास गर्दा अर्को विनास नहोस् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: