![](https://www.sarangkotnews.com/wp-content/uploads/2021/05/pic-11-1200x900.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
सत्ता राजनीतिमा कति सम्म घृणित खेल हुन्छ भन्ने कुरा केहि महिना मात्र अगाडि महोत्तरीबाट प्रतिनिधि सभा सदस्य डा. सुरेन्द्र यादव लाई रातारात अपहरणकै सैलीमा काठमाडौं ल्याएर एक होटलमा पु¥याइयो । उक्त घटनाका पर्दा पछाडिका योजनाकार जो भएपनि पर्दा अगाडि थिए भक्तपुरका एमाले सांसद महेश वस्नेत र उनको सेटिङलाई साथ दिएका थिए तनहुँका सांसद किसान श्रेष्ठ र राजमार्गको सुरक्षा र चेकिङबाट छलिन त्यस्ताका भर्खर सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । सेटिङको मिसन फेल खायो ।
फेरी त्यहि घटना विर्साउने खालको अर्को घटना विर्साउने खालको अर्को घटना घटाइएको छ गण्डकी प्रदेशमा । ओली गुटका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको विरुद्धमा पेश भएको अविश्वास प्रस्ताव को पक्षमा मतदान गर्ने वैशाख १५ गते पक्षमा मतदान गर्ने गठवन्धन पक्षका एक सांसद खिम विक्रम शाही अचानक सम्पर्क विहिन भए । १२ वजे सम्म चलेको शाहीको मोवाइल अफ भयो । राष्ट्रिय जनमोर्चा नेपालका गण्डकी प्रदेशका सचेतक समेत रहेका सांसद श्री पियारी थापाले आफ्नो सांसद सम्पर्क विहिन भएकोमा वैठक स्थगित गरी स्थिति सार्वजनिक गर्न विज्ञप्ती जारी गरेपछि वैठक स्थगित भयो । सांसद शाहीको खोजतलास गर्न सर्वत्र आव्हान गरियो । केहि घण्टा पछि सांसद शाही पोखरा नागढुंगाको चरक मेमोरियल हस्पिटलको कोभिड वार्डमा उपचाररत भएको खवर वाहिर आयो ।
त्यहि दिन चर्चा चल्यो उनै माननीय महेश वस्नेत पोखरा आएका थिए । चरक मेमोरियल हस्पिटलका म्यानेजिङ डइरेक्टर कपिल पोखरेल महेश वस्नेतलाई आफ्नो हस्पिटल अगाडि खादा लगाएर स्वागत गरेको तस्वीर त्यहि दिन (वैशाख १५) सार्वजनिक भएको सन्दर्भलाई संयोग मात्र मान्न सकिदैन वरु स्याल कराएकै दिन कुखुरो हराए झै सोहि दिन राजमोका सांसद शाही अचानक विरामी वनाइयो र हस्पिटल वन्दी वनाइयो त्यो पनि कोभिड वार्डमा।
२०७८ वैशाख १४ गते प्रदेश जनस्वास्थ्य प्रयोगशालामा दिइएको स्वावको पिसिआर परीक्षणमा नेगेटिभ देखिएको सांसद शाहीलाई सोही दिन स्वाव लिएर नीजि क्षेत्रको प्रयोगशालामा लाइफकेयर डाइग्नोष्टिकमा आकस्मिक चेक गराइएको नाटक रचेर कोरोना पोजेटिभ नतिजा बनाई चरक मेमोरियलको कोभिड वार्डमा आइसियूमा उपचार भइरहेको भन्दै नजर वन्द गराइयो । आफ्नै पाटीका जिम्मेवार नेता शंकर वरालले एक पटक मेरो सांसदलाई ढोका बाट हेर्छु भन्दा पनि नदिनुले षडयन्त्रलाई पुष्टि गर्न खोजेको छ।
सांसद खिम विक्रम शाही अघिल्लो दिन स्वाव दिन सवै सँगै लाइनमा थिए । सरकारी ल्यावको परीक्षण वाट उनलाई कोरोना नभएको पुष्टि ग¥यो । तर नयाँ योजनाको डिजाइन गर्न पोखरा आएको बस्नेत सहितले चरक मेमोरियल अस्पताल र लाइफकेयर डाइग्नोष्टिकका संचालकको त्रिशंकु डिजाइन पास गरी शाहीलाई कोरोना पोजेटिभ वनाएर नजरवन्द राख्ने र अविश्वास प्रस्ताव फेल वनाउने । सोही योजना मुताविक शाहीलाई नजरवन्द गराइयो, हस्पिटलले पनि नांगै नाच देखायो, जवकी कोरोना नै भएपनि दुरी कायम राखेर देख्न, भेट्न, कुरा गर्न पाइन्छ, यो पंक्तिकार पनि सांच्चिकै कोरोना पोजेटिभ भएर १३ दिन आइसियूमा वसेर उपचार गरेको जिउँदो पात्र हो । केहि दिन मात्र पहिला नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी पनि साँच्चिकै कोरोना पोजेटिभ भएर चरक मेमोरियलमै वसेर उपचार गरे, संयौ कार्यकर्ताले भेट घाट, संवाद सवै गरेका थिए । तर विडम्वना प्रदेश सांसद मात्र यस्ता पात्र वनाइए कि उनलाई अस्पतालले कडा नजर वन्दमा राख्यो ।
केन्द्र सरकारकै सेटिङमा यि सवै ताण्डव भइरहेकाले सादा पोशाकका प्रहरीको वाक्लो उपस्थिति गराइएको थियो भने प्रहरी प्रशासनको उस्तै निगरानी पनि । १५ गते अविश्वास प्रस्ताव टेवल हुन पाएन । वैठक स्थगित भयो । प्रोपोगाण्डा लगभग असफल भयो । अविश्वास प्रस्तावमा मतदान नै स्थगित गरिएपछि नजरवन्दमा रहेका सांसद खिम बहादुर शाहीलाई कसै सँग सम्पर्क गर्न नदिने कार्यमा चरक मेमोरियल अस्पताल व्यवस्थापनका केही खास मान्छे को प्रत्यष स्वार्थ देखिएको छ । एम.डि कपिल पोखरेल र अध्यक्ष वद्रि पौडेलले सांसद खिम वहादुर शाही लाई भेट्न आएका राजमोका नेता शंकर वराललाई मान्छे मर्न पनि सक्छ भनि भेट गर्न नदिएको घटना प्रति वरालले षडयन्त्र गरी मार्न पो खोजिएको हुन सक्ने शंका व्यक्त गरेका थिए ।
शाहीको कोभिड फण्डा भित्र यति धेरै षडयन्त्र छ कि उनको स्वाव सरकारी ल्याव जाँच हुँदा हुँदै किन नीजि ल्यावमा जाँच गर्न हतार गरियो ? त्यो स्वाव सांसद शाहीकै हो भन्ने आधार पुष्टि हुन सकेको छैन । सरकारी ल्यावमा परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आइसकेको अवस्थामा सोही दिन नीजि ल्यावमा कोरोना परीक्षण गर्न हतारिनु र रिपोर्ट पनि पोजेटिभ नै निकाल्नु सेटिङ« विना असम्भव प्राय छ । लाइफकेयरमा जाँच गरिएको स्वाव नमूना सांसदको नभएको हुन सक्ने विश्वस्त समाचार स्रोतले दावी गरेको छ ।
सत्ता जोगाउन यति निर्लज्ज खेल खेल्न केपी ओलीका विश्वास पात्र महेश वस्नेत पोखरा आउनु, चरक मेमोरियल हस्पिटलमा सांसद लाई नजरवन्द राखेर उपचारको वहाना गर्न आदि विषयले । सांसद कोरोना काण्ड विवादमा चुर्लुम्म डुवेको छ ।
संघिय सांसद महेश वस्नेत र चरक मेमोरियल हस्पिटलका संचालक, लाइफकेयर डाइग्नोष्टिक संचालक र राजमो सांसद खिम बहादुर शाहीले काण्डको वारेमा आआफ्नै ढंगबाट सफाइ पेश गरेका छन् तर सफाइमा उम्कने दाउ सिवाय केही पाइदैन । यता गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सांसदलाई सञ्चो भए पछि मात्र कार्यव्यवस्था परामर्श समितिसँग परामर्श गरेर मात्र विशेष अधिवेशन वोलाउने वताएका छन् । सत्तारुढ दलका नेताहरुले भने सभामुखको राजिनामा माग गरेका छन् ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)