![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
कोरोनाको दोस्रो चरणको आक्रमणले नेपाल आक्रान्त रहेको छ । अक्सिजनको अभावमा देखादेख मृत्यु वरण गर्न वाध्य छन् नेपालका विभिन्न अस्पताल र एकान्त घरवासमा रहेका कोरोना संक्रमितहरु । अक्सिजन सिलिण्डर विना नेपालीहरुको मृत्यु भइरहेको दुखद खवर यत्रतत्र सर्वत्र फैलिएको चाल पाएपछि विदेशी दाताहरुबाट सिलिण्डर अनुदानमा नेपाल भित्रिरहेको छ ।
नेपाली नागरिकको स्वास्थ्य बचाउन विदेशीले उपलव्ध गराएको अक्सिजन सिलिण्डरको वितरण भद्रगोल देखिएको छ । विरामी भर्ना भइरहेका अस्पतालहरुमा पु¥याउनु पर्ने अक्सिजन पहुँचका आधारमा सांसद मन्त्री, उच्च पदस्थ पदाधिकारीका घर घरमा लगिएको समाचारहरु सार्वजनिक भइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयले सिलिण्डर वितरणका सूचि प्रकाशन गरेभन्दा फरक ठाउँमा पु¥याइयो सिलिण्डर । शिक्षण अस्पताल वीर अस्पताल, पाटन अस्पताल, भरतपुर अस्पताल क्षेत्रीय अस्पताल पोखरा जस्तो सवभन्दा वढी विरामी चाप हुने अस्पताललाई छुट्याइएको सिलिण्डरको कोटा नै गायव पारेर व्यक्तिगत पहुँचका आधारमा सांसद अझ खासगरी सत्तारुढ दलका सांसदहरुले दर्जनौ सिलिण्डर घिसारिहेका दृश्य सार्वजनिक भइरहेका छन् ।
दाङकी माननीय सांसद गंगा चौधरीले १० वटा निलो सिलिण्डर लिएर आफ्नो कोठामा राखेको फेला परेको थियो । यस्तै कास्की क्षेत्र नम्वर १ का माननीय सांसद खगराज अधिकारीले पनि स्वास्थ्य सामग्री राहत दिन भन्दै चीन सरकारबाट अनुदानमा झिकाइएका निला सिलिण्डरहरु पोखरा ल्याएका थिए ।
यहाँ दाङको माननीय गंगा चौधरी र कास्कीका खगराज अधिकारी जस्ता दर्जनौं पात्रले सिलिण्डर लगेर जिल्ला जिल्लामा कार्यकर्तालाई देखाएका छन् भने कति पय सिलिण्डर व्यक्तिगतरुपमा घर डेरामै लुकाएर राखेका छन् । यो प्रकरणले मनोमानी र अराजकता चित्रण गर्दछ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभाग मार्फत् वितरण गर्नु पर्ने सिलिण्डर व्यक्ति व्यक्तिले ढलेको टौवा बाट पराल ताने झैं गरेर सिलिण्डर लैजाँदा राज्यविहिनतालाई चित्रण गरेको छ ।
कानुनत ती सिलिण्डरहरु राज्यका सुरक्षा निकायको समन्वयमा स्वास्थ्य सेवा विभागले प्राथमिकताका आधारमा वाढ्नु पर्ने हो तर सत्तारुढ दलका माननियहरुले आफ्नो हैसियत देखाउन सिलिण्डर घिसार्न थाल्छन् भने कि चाहियो राज्य, किन चाहियो स्वास्थ्य, सुरक्षा निकाय एक पटक सवैले सोचौं । व्यक्तिगत लगिएका सिलिण्डरहरु स्वास्थ्य संस्थामा वुझाउ र उपचार सेवालाई प्रभावकारी वनाऔं ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)