ए सरकार ! अब ता सोच पोले माथि नघोच

शिवराज वस्ताकोटी (शिवदाई)
1 June, 2021 8:47 pm
Shiva Raj Bastakoti
Advertisements
Advertisements

सातशाल देखि नेपालमा कहिले प्रजातन्त्र कहिले पँचायति व्यवस्था कहिले निर्दलिय पँचायति व्यवस्था कहिले बहुदलिय व्यवस्था कहिले संविधान सभा कहिले गणतन्त्र कहिले लोकतन्त्र कहिले समाजवाद कहिले पुजिवाद ल्याउने जनताका हक अधिकार लाई सुनिश्चित गर्ने नाममा बिभिन्न खाले सघर्ष भए जनयुद्ध भयो जनआन्दोलन भए तराइ मधेस आन्दोलन भए जसले गर्दा नेपालि जनता आसै आसमा नेताहरुले देखाएका सपना पूरा हुनेमा विस्वस्त हुँदै साथ र सहयोग गर्दै अगाडि बढे हजारौंले शहादत प्राप्ति गरे रगतको खोलो बग्यो कहिले झ्यालमा बसेका बाल बालिका त कहिले पढ्दै गरेका विध्यार्थि त कहिले पढाउदै गरेका शिक्षक त कहिले खेत जोत्दै गरेका किशानहरुले समेत ज्यान गुमाए कतिले लड्दा लड्दै रणभुमिमा ज्यान गुमाउनु पर्यो भने कतिले अनाहकमा ज्यान गुमाउनुु पर्यो।अझै कति सहिद भए कति वेपत्ता भए कति घाइते भए कति विस्थापित भए यसको आज सम्म यकिन लेखाजोखा हुनसकेको छैन ।
फेरि पनि नेपाली जनताले चित्त बुझाउदै आए नेताहरुकै विश्वासमा लागेर पछ्याउदै गए कहिले ककांग्रेस कहिले कम्युनिस्ट हरु लाई पालै पालो सत्तामा पुर्याउदै आए फेरि पनि जनताले सोचेको र चाहे वस्तो हुन समेन तब तत्कालीन माओवादी र एमाले एक भएर जनताका घर दैलोमा क्षमा माग्दै भोट माग्न आए।ककांग्रेस पनि विपि र गण्समानको नाम जप्दै शरण पर्दै आयो जनताले पनि बर्षौ शासन सत्ताको बागडोर सम्हाल्दै आएको ककांग्रेस लाई बलियो प्रतिपक्षि वनाएर पठाए भने नेकपालाइ ऐतिहासिक शक्तिशाली सरकार बनाएर सत्तामा पुर्याए तर केही बर्ष वित्न नपाउदै नेकपाका लागि पनि बादरको हातमा नरिवल जस्तो भयो जसले गर्दा स्वय एमाले पाटि पनि नेताहरुले नफुटेको भन्दै रहेपनि अवस्था र चरित्र को हिसावले कुहिएको फर्सी फुटे झै गरि फुठ्यो ।
प्रतिपक्षि नेपाली ककांग्रेस पनि नाम मात्रै को प्रतिपक्षि देखियो ।लगभग सबै पाटिमा सत्तामा जाने वा नजाने भन्ने वहानामा आन्तरिक द्वन्द खिचातानि हुन थाल्य‍ो । बलियो सरकार कमजोर मात्र हैन एकतिर शक्ति हिन त अर्को तिर प्रतिगमनको प्रतीक नै वन्न पुग्यो जसले गर्दा कहिले ससद विघटन कहिले पुनर्स्थापन गर्ने सडक र न्यायालय कानुनि सघर्ष मात्रै भएन न्यायालय राष्ट्रपति कार्यालय समेत विवादमा मुछिदै मात्रै गएनन् आरोपको सिकार समेत भए।फेरि सत्ता सघर्षका नाममा सरकार प्रतिपक्षि दल मात्रै होइन लगभग सबैदलहरु सडकमा जनता उतारेर शक्ति प्रदर्शन गर्न थाले जसले गर्दा कोरोना फैलाउनमा मुख्य भुमिका नै यिनी हरुकै रह्यो तर पनि प्रधानमन्त्री ओलिले भने कोरोना फैलनुमा जनताकै लापरवाहि रहेको भन्न भ्याए एकातिर कोरोनाको महामारी अर्कोतिर सत्ताको लुछाचुडि ससद देखि सडकसम्म देखिएको विवाद दलहरु भित्रभित्रै भुसको आगो सल्कनुले पनि नेपाली जनता यो विषम परिस्थितिमा रोग शोक र भोकको चपेटामा पिल्सिदै रहे सर्वत्र अन्यौलता छाउन थाल्यो ।तब त्यहि मुहुर्तमा फेरि पुन स्थापित ससद लाई विघटन गर्न रातको अन्धकार लाई प्रयोग गरियो ।जसले गर्दा भोक रोग र शोकले ग्रस्त जनताहरुको हृदयमा परेको घाउमा मलहम पट्टि लगाउनुको सट्टा झन् अमिलो लगाउने काम सरकारले गर्यो र चुनावको नाटकिय घोषणा गर्यो र ७७ मा देसको धुकुटि रित्तियो भन्ने सरकारले यता जनता पिसिआर गराउन नपाएर र भ्याक्सिन नपाएर छटपटाइ रहेको बेला पुरै देसमा स्वास्थ्य सुरक्षा नियन्त्रणका नाममा लकडाउन गर्ने वहानामा जनतालाइ घर घरमा थुनेर खरवौ खर्च गरि चुनाव गराउन तयार भयो फेरि जनताको मुटुमै लाग्ने गरि सरकारले अर्को प्रहार गरेर जनतालाई पोले माथि घोच्ने काम गरिरहेको छ।
जसले गर्दा आम जनता चिच्याइ चिच्याइ रोइ कराइ भनी रहेका छन् ए सरकार अब ता सोच यसरी पोलेमाथि नघोच ।देस अस्तव्यस्त छ आम जनता अन्यौलमा छन् अब के हुन्छ अब के खाने कसरी बाच्ने छोराछोरी कसरी पढाउने घरखर्च कसरी चलाउने चुलो कसरी बाल्ने घर भाडा कसरी तिर्ने औषधि मुलो कसरी गर्ने राज्यलाइ कर कसरी बुझाउने भन्ने कुराले चिन्तित भइरहेको बेला फेरि ओलि सरकारले अर्को नागरिकता अध्यादेस ल्याएर अर्को रडाको मच्चाउन शुरु गरि सकेको छ यसले गर्दा आम नागरिमा फेरि एउटा चिन्ताको बिषय बनेको छ किन भने हिजो यिनै ओलिले नागरिकता बिधेयक पास गर्नु हुदैन भाञ्जा भाञ्जि बुहारि लाई सिहदरवार छिराउने हो र यो नागरिकता भनेको रानिको जन्मोत्सवमा बाडिने चकलेट होर भनेका यिनै पात्रले एक्कासि योअध्यादेस ल्याउनुले गर्दा दालमे कुछ काला हे भने जस्तै गरि आम जनता शसंिकत मात्रै होइन झस्किएका छन् ।
त्यसैले अब आम नेपालि जनताले ओलि सरकार लाई भन्नै पर्ने र सोध्नै पर्ने हुन्छ कुर्चिका लागि यसरी मनपरि बिघटन गर्ने र अध्यादेस ल्यउने आदेस कसले दियो ।फेरि जनता को कतिखेर कसको कहाँ मृत्युु हुने हो भन्ने तक थाहा नहुने यस्तो अन्यौल र विषम परिस्थिति बाट गुज्रि रहेको बेला सरकारले यसरी श्रङख्लाबद्द रुपले निर्ढय गर्दै र बोली फेर्दै जाने र मनोमानि ढ·ले अघि बढ्दै जाने हो भने नेपाली जनता अब चुप लाग्ने छैनन् र इतिहासले पजि माफि दिने छैन हेक्का रहोस् सबैमा रात जति नै लामा भए पनि छोटै दिन किन नहोस् एक पटक ता उज्यालो भएरै छाड्छ ठिक त्यस्तै कोरोना महामारी जति फैलिए पनि एकदिन नेपालि जनताले कोरोना लाई जितेरै छाड्ने छन् र सडकमा निस्केर यतिबेलाको यो अवस्थामा भ‍ोग्नु परेको दुख पीडा र आक्रोसको बद्ला लिएरै छाड्ने छन्। किन भने घाउ बनाउने लाई भन्दा घाउमा चुक लगाउने र पोल्ने आगोलाइ भन्दा पोलेमाथि घोच्ने लाई नेपाली जनताले कहिल्यै बिर्सन सक्दैनन् ३ सबैमा चेतना भया।।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: