क्षेत्रीय अस्पतालमा जेष्ठ २३ बाट नियमित ओपिडि सेवा सुरु हुने

सराङकोट न्यूज
3 June, 2021 10:03 am
Advertisements

कोभिडको चाप ह्वात्तै वढेपछि पुरै अस्पताललाई कोभिड अस्पताल वनाएका कारण रोकिएको ओपिडि सेवा जेष्ठ २३ गतेबाट नियमित संचालनमा आउने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले १७ गते एक सूचना जारी गर्दै जेष्ठ ११ गते देखि कोभिड ओपिडि मात्र संचालन गरी अन्य ओपिडि वन्द गरेकोमा जेष्ठ २३ गते वाट पूर्व वत रुपमा ओपिडि सेवा संचालन गर्ने जनाएको छ ।
कोभिडको चाप केहि घट्न गएको र अन्य सामान्य तर्फका विरामीहरुको सेवालाई मध्यनजर गर्दै नियमित ओपिडि सेवा संचालन गर्ने र त्यसको लागि तोकिएका स्वास्थ्य सम्बन्धि मापदण्ड पूर्णतया पालना गर्न अनिवार्य रहेको अस्पतालले जनाएको छ । यस क्षेत्रकै ठूलो अस्पताललाई पूर्णतया कोभिड अस्पताल वनाइँदा सर्वसाधारण विरामीलाई थप मर्कामा परेको गुनासो आइरहेको थियो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: