पोखरामा कोरोना विरुद्धको खोपमा पहुँचको खेल लाइन बस्न बोलाएर खोप लगाउन नपाई फर्किन बाध्य

सराङकोट न्यूज
20 July, 2021 6:31 pm
Advertisements

कोरोना विरुद्ध लगाइने खोप कार्यक्रममा पोखरा बासीले सास्ती पाएका छन् । केही दिन अगाडी मात्र पोखरा महानगरपालिकाले खोप लगाउन लक्षित समूह तोकेर सार्वजनिक सूचना पठायो । ग्याँस सप्लायर्स, पानी सप्लायर्स, सार्वजनिक सवारीका चालक, सहचालक, डेरी उद्योग तथा सप्लायर्सहरुलाई खोप लगाउन समय मिति र स्थान समेत छुट्याई सूचना गरिएको थियो ।
सूचना बमोजिम लक्षित समूहका व्यक्तिहरु एका विहानैबाट तोकिएको खोप केन्द्रमा पुगेका थिए । तर खोप लगाउन सुरु हुने समयमा आएर एक्कासी खोप कार्यक्रम स्थगित गरिएको सूचना प्रकाशन गरेर निरास बनाइएको थियो । अचानक खोप कार्यक्रम स्थगित भएपछि खोप केन्द्रमा आएका व्यक्तिहरुले आक्रोस व्यक्त गरेका थिए । खोप लगाउन घण्टौं देखि लाइनमा बसेकाहरुले खोप लगाउने कर्मचारीरु माथि खनिएका थिए । ३ दिनको बीचमा दोश्रो पटक खोप कार्यक्रम स्थगित भएको थियो ।
प्राथमिकताको सूचीमा रहेका र उमेर समूह यकिन गरि तोकिएको व्यक्तिहरु बाहेक पहुचका भरमा खोप लगाउन घुसपैठ भएपछि लक्षित वर्गको संख्याको अनुपातमा बढी खोप खर्च भएकोले मेरोसिल खोप सकिएको र जोन्सनको खोप क्लिनिकली ५५ वर्ष भन्दा माथिकालाई लगाउन नमिल्ने भएकोले खोप कार्यक्रम स्थगित गरिएको बाकी प्रदेश सरकारले गरेको छ । अब केही दिन भित्रै लक्षित समूहकै आधारमा खोप कार्यक्रमलाई निरन्तरता दिइने गण्डकी प्रदेश सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताएका छन्।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: