औषधी सप्लायर्स र अहेवले डुबाएको भरतपुर अस्पताल, कहिले गर्ला अख्तियारले छानविन ?

सराङकोट न्यूज
31 August, 2021 3:10 pm
Advertisements

पोखरा : संघीय सरकार मातहतको केन्द्रीय अस्पताल हो भरतपुर अस्पताल । तुलनात्मक रुपमा स्रोत, साधन, जनशक्ति राम्रै छ । ६ सय शैयाको उक्त अस्पताल विगत केही वर्ष देखि केही कर्मचारीको स्वार्थका कारण लथालि· जस्तै बन्न पुगेको छ । विरामीले औषधी उपचार लिन सास्ती खेप्न परेको छ । अपरेशन गर्नुपर्ने विरामीहरु महिनौ सम्म पालो कुर्न बाध्य छन्। पालो कुर्न नसक्ने विरामीहरु निजी अस्पताल र ल्किनिकमा गएर घरखेत बेचेर उपचार गर्न बाध्य पारिएको गुनासो गर्दै आएका छन् तर ती निमुखा र निम्न वर्गीय विरामीको पीडा कसले सुन्ने ?
सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत उपचार सेवा लिनेहरु उस्तै मारमा छन् । बेलामा अप्रेसन पाएका छन् न पुरै औषधी नै । अस्पतालका प्रमुख मेसु वर्षका ६–७ पटक फेरिन्छन् । नियम पु¥याएर काम गर्दा आफ्नै कर्मचारीबाट असहयोग हुने नियम विपरित काम गर्दा छानविनमा परिने भएपछि भरतपुृर अस्पतालमा आउने प्रमुख मेसुले पुरै कार्यकाल जिम्मेवारी निभाएको पाइदैन ।
विरामीको समयमा अप्रेसन र उपचार नपाउँदा निजि अस्पताल र क्लिनिकहरुलाई खुदो पल्टिएको त छ नै उपचार पाउनेहरुले पनि विमा सुविधा लगायतका निःशुल्क औषधीहरु पुरै पाउन नसकेको अवस्था छ ।

फार्मेसीमा समस्या

भरतपुर अस्पतालमा सवैभन्दा चुनौती फार्मेसी व्यवस्थापनमा छ । विगत तीन वर्ष अघि सरकारले सरकारी अस्पताल भित्र अस्पतालकै आफ्नै फार्मेसी हुनुपर्ने नीति कार्यान्वयनमा ल्यायो । भरतपुर अस्पतालले पनि फार्मेसी संचालनमा ल्यायो । फार्मेसी स्टोर्सको नेतृत्व फर्मासिस्ट वाटै हुनु पर्ने थियो तर अस्पताल प्रशासनले अहेवलाई फार्मेसी स्टोर्सको जिम्मा दियो। स्टोर्सको जिम्मेवारी पाएका अहेव रामहरी ढकाल औषधीका जानकार होइनन् यद्यपी उनले अस्पताल फार्मेसी स्टोर्स प्रमुख रहेर करोडौंको औषधीको खरिदमा चलखेल गरेर अस्पताललाई हानी नोक्सानी पु¥याएको विषय अस्पताल परिसर भित्र मात्र हैन औषधी सप्लायर्सहरु बीचमा भुसको आगो जस्तै धुवाइ रह्यो ।
ढकालले स्टोर प्रमुखमा रहँदा टेण्डरको औषधी समेत खरिद नगरी औषधी सप्लायर्स सँग मिलेमतो गरी महङ्गोमा वार्षिक करोडौंको औषधी डाइरेक्ट खरिद गरेका थिए । यो कुरालाई मलेपको प्रतिवेदनले प्रमुखताका साथ उठाएको छ ।
यसै विषयमा औषधी सप्लायर्ससँगको सेटिङमा खरिद गरेको औषधीको विवरण र भुक्तानी बारे नागरिक तहबाट सूचना माग हुँदा अस्पताल प्रशासनले सूचना नदिएपछि राष्ट्रिय सूचना आयोग काठमाडौंमा पुनरावेदन परि कारण देखाउ आदेश समेत जारी भईसकेको अवस्था छ । प्रक्रिया पूरा गरेर पारदर्शिता पूर्ण कार्य गरेको भए सूचना लुकाउनु पर्ने अवस्था नै आउने थिएन । बितेका तीन वर्ष सम्म भरतपुर अस्पतालको फार्मेसी स्टोर्सले विमा लगायतका सबैखाले औषधी खरिदमा सेवाग्राहीको स्वार्थ भन्दा केही सिमित व्यापारीको स्वार्थमा काम गरेको कारण सरकारी अन्यत्र अस्पतालमा सेवा लिन आएका विरामीहरु सुविधाको निःशुल्क औषधी र विमाको औषधी लिन वाट वञ्चित भएको कुरा एउटा छ भने अस्पतालले सस्तोमा भएको औषधी खरिद टेण्डरलाई लत्याएर महंगोमा नीजि सप्लायर्ससँग औषधी किन्दा सार्वजनिक खरिद कानुन उल्लंघन गरी करोडौंको घाटा पु¥याएको आशंका गरिएको छ । फार्मेसी स्टोर्सका तत्कालिन इञ्चार्ज अहेव रामहरि ढकालको पुरा कार्यकालमा खरिद दाखिला र मौज्दातको फाइल तानेर छानविन गर्ने हो भने अनियमितताको भंडास वाहिर निस्कने विश्वास लिइएको छ ।
अस्पतालका मेसु डा. रोशन न्यौपाने लामो समय सम्म फार्मेसी स्टोर्समा हालिमुहाली गर्दै आएकाको सेटिङ तोड्न फार्मेसी स्टोर्स प्रमुख रामहरि ढकाललाई हटाए तर ढकालले विभिन्न वहाना वाजि गर्दै ३७ दिन सम्म स्टोर्सको वर वुझारथ गरेनन् वरु स्टोर्स प्रमुखमा नियुक्ति पाएका फार्मेसी अधिकृत भोला अधिकारीलाई नै भरतपुर अस्पतालबाट सरुवा गर्न विभागमा चलखेल गरेका थिए । विभागले पनि भरतपुर अस्पताल फार्मेसीको चलखेल र गुह्य धन्दा थाहा पाएपछि फार्मेसी अधिकृतको सरुवा चलखेल रोकेको थियो । अन्ततः ३६ दिन पछि बल्ल तत्कालिन फार्मेसी स्टोर्स इञ्चार्ज सि अहेव रामहरि ढकालले बरबुझारथ गरेका थिए ।
अस्पतालले विमाको ९२२ औषधी र २६९ सर्जिकल सामाग्री व्यवस्थापन गर्नुपर्नेमा २०७८ श्रावण ६ गते सम्म २४४ प्रकारका औषधी मात्र स्टोर्समा थिए, फार्मेसी स्टोर्स प्रमुख फेरिएपछि अहिले ४१९ प्रकारका औषधी उपलब्ध गराइएको र ६ सय प्रकारका औषधी र सर्जिकल सामाग्री माग गरिएको अस्पताल स्रोतले बनाएको छ । विगत तीन वर्ष देखि अस्तव्यस्त बनाइएको अस्पताल फार्मेसीलाई व्यवस्थित बनाउने क्रम अगाडी बढिरहेको संकेत मिलेको छ । अस्पततालले विमा, आमा सुरक्षा, सामाजिक सेवा युनिट लगायतका औषधी उपलब्ध गराउने गरी कार्यलाई तीव्रता दिएको छ ।

सम्झौताको औषधी नदिनेलाई कारवाहीको तयारी

औषधी उपलव्ध गराउन टेण्डर पारेर सम्झौता समेत गरिसकेका सप्लायर्सहरुले समयमा औषधी नदिने दिएपनि फाइदा नहुने औषधी नदिने कार्य गर्ने सप्लायर्सका सम्बन्धमा अस्पताल फार्मेसीले कडा नीति लिएको छ । औषधी आपूर्ति नगर्ने सप्लायर्सहरु महेश मेडिसिन, मेडिसेल्स फर्मा, हिमसागर मेडिकल हल, डिजिटल फार्मेसी, पायोनिअर मेडिसिन स्टोर्स, मेडिक्राफ्ट हेल्थ इनोमेसनलाई अल्टिमेटम सहित तोकदा पत्र पठाइएको थाहा हुन आएको छ ।

Advertisements

भरोसा अख्तियारको

गत हप्ता मात्र अख्तियारले नारायणी अस्पताल वीरगंजको फार्मेसी र स्टोरमा छापा हान्यो। त्यहाँबाट अनियमितताको आशंकामा धेरै कागज पत्र बरामद ग¥यो, स्टोर्समा शिलबन्दी ग¥यो। अख्तियारको त्यो सक्रियताले अनियमितता गर्ने कमिशनखोर र राज्यको ढुकुटी माथि गिद्धे दृष्टि लगाउनेहरुको मुटुले ढ्याङ्ग्रो ठोकेको छ ।
फार्मेसी स्टोर प्रकरणमा भरतपुर अस्पताल फार्मेसी पनि सरकारी स्वामित्वमा आएाबाट गान्धित छ । कमिशनमा ¥याल काढेका स्टोरका कर्मचारी देखि लेखा र कार्यालय प्रमुख सम्मको मिलेमतोमा औषधी खरिदमा चरम अनियमितताका गन्ध आएको छ । ठेकेदार सप्लायर्ससँग केही सिमित मात्र औषधी किनेर बाँकी अधिकतम औषधी तेब्बर मूल्यमा निजी सप्लायर्ससँग औषधी खरिद गरेर अस्पताललाई ठूलो रकम घाटा लगाइएको छ । यति सम्मकी ठेकेदारसँग सस्तोमा खरिद गरेको औषधी डम्प गराएर डाइरेक्ट औषधी खरिद गर्ने गरेको विषयमा छानविन जरुरी देखिएको छ ।
मलेपले औल्याएका औषधी फिर्ताका विषयहरु, मेडिकल कलेजलाई दिएको जग्गा भाडाका विषयहरुमा अख्तियार कार्यालयले शुक्ष्म छानविन गरिएमा कर्मचारीले सरकारी सम्पत्तिमा कति सम्म गर्ने रहेछन् भन्ने यथार्थ बाहिरिन सक्ने अपेक्षा गरिएको छ ।

१० महिनामा ६ जना मेसु फेरिए

सरकारी अस्पताल विग्रनुमा सरकार नै दोषी देखिएको छ । अस्पताल प्रमुख खटाउँदा क्षमता, दक्षता भन्दा आफ्नो मान्छेलाई मौका दिइने परम्परा नै बसेको छ । राजनीतिक नियुक्तीमा हुने विकास समिति गठन त छनै मेडिकल सुप्रिटेण्डेन्ट पनि विकास समितिकै अनुकुलतामा नियुक्त गरिने कार्यले अस्पताललाई व्यवसायिक धर्म निभाउनु भन्दा नेताको साख्य भएर माथिको आदेश पालना मै समय बित्ने गरेको छ । वार्षिक ७० हजार बढी जनताको उपचार गर्दै आएको भरतपुर अस्पताल केन्द्रीय सरकार मातहत रहेको छ । अस्पताल प्रमुख को आउँछ ? कति दिन टिक्छ ? भन्ने कुनै निश्चित छैन । कतिपय प्रमुख आफ्नै कर्मचारीहरुको स्वार्थमा फालिएका छन् भने कतिपय प्रमुख तिनै कर्मचारीहरुबाट पालित, पोषित, संरक्षित हुने गरेका छन् । वार्षिक ८० करोड भन्दा बढीको आर्थिक कारोबार हुने भरतपुर अस्पतालमा १० महिना भित्र ६ जना प्रमुख (मेसु) परिवर्तन भएका छन् । यसरी दिन महिना गनेर अनिश्चय भएर काम गर्नुपर्दा स्थिरता र स्थायित्व दिन सक्ने कुरै भएन त्यस्तो अस्थिरतामा स्वार्थ भजाउने कर्मचारीहरुले फाइदा लिने गरेका तथ्यहरु बारम्बार बाहिरिएका हुन् तर पनि सरकार नीतिगत सुधार गर्ने आनाकानी गरिरहेको छ ।

फेरिएका ६ जना प्रमुख यी हुन्

२०७७ कार्तिक देखि ०७८ भाद्र सम्म
१. डा. राजन पाण्डे
२. डा. जगन्नाथ तिवारी
३. डा. वासुदेव उपाध्याय
४. डा. जगन्नाथ तिवारी
५. डा. रोशन न्यौपाने
६. डा. कृष्ण पौडेल (हालै नियुक्त)
२ महिना अगाडी मात्र १० औं तहका डा. जगन्नाथ तिवारीलाई विस्थापित गराई ११ औं तहका डा. रोशन न्यौपाने प्र.मे.सु. मा नियुक्त भएका थिए । स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ आएपछि डा. रोशन न्यौपानेलाई रामराजा प्रसाद सिंह अस्पताल सप्तरी पठाएर भरतपुर अस्पतालमा कार्यरत १० औं तहका डा. कृष्ण पौडेल मेसुमा नियुक्त भएका छन् । राजनीतिक चलखेल, र इगो समेत रहेको त्यस अस्पतालमा डा.पौडेल कतिञ्जेल मेसु रहने हुन भन्ने चर्चा सुरु भएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: