भरतपुर अस्पतालमा अख्तियारको छापा, शंकास्पद कागजात नियन्त्रणमा

सराङकोट न्यूज
11 September, 2021 9:09 pm

काठमाडौं :  चितवनको भरतपुर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले विहीबार छापा मारेर शंकास्पद कागजात नियन्त्रणमा लिएको छ । फार्मेसी स्टोर्स र लेखा शाखाले औषधी खरिदमा अनियमितता गरेको विषयमा सञ्चारमाध्यमहरुले रिपोर्ट सार्वजनिक गरेका थिए ।
सराङ्कोट साप्ताहिक र सराङकोट न्यूज अनलाइनले भरतपुर अस्पताल फार्मेसी स्टोर्सले विगत ३ वर्ष यताको औषधी खरिद टेण्डर र डाइरेक्ट खरिदका फाइल तानेर अनुसन्धान गर्नुपर्ने औल्याउँदै समाचार प्रकाशन गरेको थियो । गते मंगलबार समाचार प्रकाशन भए लगतै १७ गते बुधबार नै अख्तियार कार्यालय हेटौडाको टोली भरतपुर अस्पताल आएको थियो अख्तियारका सूचना अधिकारी समेत रहेका उप–सचिव विष्णु प्रसाद सापकोटा सहितको टोलीले लेखा शाखा र फार्मेसी स्टोर्समा झण्डै ६ घण्टा लगाएर कागजात प्रारम्भिक अध्ययन गरी शंकास्पद कागज पत्रको सक्कलै प्रति नियन्त्रणमा लिएर गएको छ ।
भरतपुर अस्पताल प्रशासनले आफ्नो अनुकुलका कर्मचारीलाई फार्मेसी स्टोर्स प्रमुखको रुपमा खटाएको थियो । खटाइएका व्यक्ति रामहरि ढकाल फार्मेसी विषयका नभई सामान्य चिकित्सा (अहेव) विषयका कर्मचारी हुन् । सरकारी अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने नीति कार्यान्वयनमा ल्याए देखिनै भरतपुर अस्पताल प्रशासनले गैह्र फर्मासिस्टलाई फार्मेसी स्टोर्सको प्रमुखको जिम्मेवारी दिएको थियो।
६ सय शैयाको भरतपुर अस्पतालमा मासिक करोडौंका औषधी खरिद हुने गर्छ । औषधी खरिद सार्वजनिक खरिद ऐन नियमानुसार गर्नुपर्ने कानूनी प्रावधान रहेको छ तर भरतपुर अस्पतालको फार्मेसी स्टोर्सले टेण्डर गरेको देखाउने तर अधिकतम औषधी डाइरेक्ट खरिद गरेर कमिशनको खेती गर्दै आएको सूचना प्राप्त भएका थिए ।
अस्पताल स्टोर्सले टेण्डर परेका व्यक्तिले औषधी उपलब्ध नगराए तत्कालका लागि डिटिसीबाट निर्णय गराएर कम्तीमा तीन सप्लायर्स फर्मको कोटेशन लिई सो मध्य न्यूनतम मूल्यमा खरिद गर्नुपर्छ । सोको बारेमा सूचना जानकारी गराई औषधी खरिद गर्ने र सो रकम टेण्डर परेकाको धरौटी वा बिलबाट असुल उपर गरिनु पर्ने हुन्छ ।
तर फार्मेसी स्टोर्सले सेटिङ मिलाएर प्रक्रिया समेत पूरा नगरी निहित व्यापारी बाट सिधै करोडौंका औषधी खरिद गरेको बुझिन आएको छ ।
१ रुपैया ८० पैसामा टेण्डर परेको प्यान्टाप्राजोललाई स्टोर्सले भरतपुरको रिदिन फार्मेसीबाट ४ रुपैया (प्रति ट्याब्लेट) खरिद गरेको सूचना प्राप्त भएको छ । त्यसरी ३ गुना मह·ो मूल्य तिर्दा पु¥याउनु पर्ने प्रक्रिया पु¥याइएको छैन भने टेण्डरवाला फर्मलाई औषधी उपलब्ध नगराएको बारे कुनै कारबाही प्रक्रिया अपनाएको समेत छैन । मलेपले यो विषयमा यक्ष प्रश्न तेस्र्याएर टिप्पणी लेखेको छ । यस बारेमा अख्तियारले विस्तृत छानविन गर्ने अपेक्षा गरिएको छ ।
सरकारी नुनपानी खाएर सरकारलाई नै घाटा पु¥याउने कर्मचारीको बदनियत प्रस्ट छ उता विज्ञता नभएका, समूह नै नमिलेकालाई फार्मेसी स्टोर्सका जिम्मेवारी दिनुलाई पनि महत्वपूर्ण रुपमा हेरिएको छ । लेखा प्रमुख, अस्पताल प्रमुख र स्टोर्स प्रमुखका सेटिङ योजना बमोजिम हाल सम्म भएका हानी नोक्सानी पहिल्याइ दोषीलाई कानूनी कठधरामा उम्याउन जरुरी छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: