विवादमा वतास फाउण्डेशन, अक्सिजन प्लान्टदेखि नारायणहिटिसम्म

सराङकोट न्यूज
11 January, 2022 2:08 pm
Advertisements

पोखरा : दृश्य अदृश्य शक्तिकेन्द्रसँग घाँटि जोडेर व्यक्तिगत शुभलाभको खेती गर्न उद्दत व्यक्तिहरुको भण्डाफोर हुने कार्य भइरहेको छ । तत्कालिन प्रधानमन्त्री के.पि. ओलीसँग घाँटी जोडिएका पात्र ओम्नी समूहको नाइके र यति समूहका नाइकेहरुले नेपालका प्रमुख स्थानका सरकारी जग्गा देखि आकर्षक ठाउँहरुमा समेत आफ्नो प्रभुत्व जमाइसकेको कुरा सेलाउन नपाउँदै पोखराका वतास समूहको नयाँ नयाँ प्रभुत्व जमाएको तथ्य खुल्दै गएको छ । ओलीको कृपाले करोडौं भाडा उठ्ने जग्गा कौडीको मूल्यमा हत्याउन सफल भएका ओम्नी र यति समूहलाई माथ गर्ने गरि वतास समूह वतास झै गरि देशका मुख्य मुख्य केन्द्रमा उदाएको भन्दै व्यापक चर्चा चुलिएको छ ।
५० वर्ष सम्म जग्गा लिजमा लिई मेडिकल कलेज र अस्पताल चलाउँदै आएको मणिपाल कलेज र अस्पताल २२ वर्ष अगावै खरिद गरेको कुरा हावा सरी फैलियो । मणिपाल खरिदको अदृश्य दृश्य भागमा को को छन् थाहा छैन तर अग्रभागमा देखिए वतास समूह र अटोवेज । पक्ष र विपक्षमा विभिन्न वहस भएपनि यथार्थ रुपमा स्वतन्त्र र विस्वसनिय कुरा अझै वाहिरिन सकेको छैन ।

वतास फाउण्डेशन र अक्सिजन प्लान्ट

अक्सिजन प्लान्ट भित्र्याइ गण्डकी अस्पतालमा जोड्ने र पोखरेलीलाई जीवन दान गर्ने विषयमा अभियान चलाई रकम संकलन गरेका वतास समूहका प्रमुख आनन्दराज वतास १० महिना वितिसक्दा पनि अक्सिजन प्लान्ट नेपाल भित्र्याउन सफल भएनन् । गण्डकी अस्पतालमा जडान गर्ने भनिएको अक्सिजन प्लान्ट अव आवश्यक नरहेको अस्पताल प्रशासनले वताइसकेको छ।
उक्त अस्पतालमा एन आर एन ए बाट प्रतिदिन १२० सिलिण्डर अक्सिजन भर्ने प्लान्ट जडान भई उत्पादन सुरुआत भइसकेको छ भने अर्को यूएन ओपिएस को सहयोग लिएर सरकारले जडान गरेको छ त्यसको दैनिक ८० सिलिण्डर उत्पादन गर्ने क्षमता राख्दछ । त्यस्तै अस्पताल कै प्रवलिकरण गरेको विल्डिङमा दैनिक एक सय सिलिण्डर क्षमताको अर्को जडान कार्य भइरहेको क्षेत्रीय अस्पताल स्रोतले वताएको छ । दैनिक ३ सय सिलिण्डर अक्सिजन भर्ने क्षमता विकास भएका कारण क्षेत्रीय अस्पतालका लागि थप अक्सिजन प्लान्ट नचाहिने भएको छ । अस्पतालका सूचना अधिकारी नारायण प्रसाद आचार्यले भने “अव क्षेत्रीय अस्पतालमा नयाँ अक्सिजन प्लान्ट जडान गर्न आवश्यक छैन ।”
गत फागुन महिनाबाट सुरु गरिएको अक्सिजन प्लान्ट निर्माण अभियानको नेतृत्व गरिरहेका आनन्दराज वतासले झण्डै साढे ३ करोड रुपैयाँ सहयोग उठाएका थिए । अक्सिजन प्लान्ट जडान भयो भने ज्यान जोगाउन सकिन्छ भन्ने आशा र विश्वासका साथ संकलन भएको रकम १० महिना सम्म प्लान्ट आएन । जुन अस्पतालमा प्लान्ट जोड्न खोजियो रकम उठाइयो त्यो अस्पतालको लागि अक्सिजन प्लान्ट लगन पछिको पोते जस्तै निरर्थक वन्न पुगेको छ ।
वतास समूहले पशुपतीको धर्मशालालाई आनन्द विहार संचालन पछि नारायणहिटि दरवार भित्र होटल संचालन गर्ने कार्यमा भएको निर्माण कार्य थप विवादमा परेका छन् । नारायण हिटिमा निर्मित संरचना नक्सा पास समेत नगरिकन राजा महेन्द्रको वंकरमा समेत निर्माण गर्न खोजिएको पाइएपछि थप आलोचित बन्न पुगे । संस्कृति पर्यटन मन्त्री प्रेम आलेले दरवार भित्रको संरचना रोक लगाए र भत्काउन लगाएका छन् । जानकारी नै नदिइकन भत्काएको भन्दै अदालत जाने आनन्द वतासले वताएका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: