अमरसिंह खत्री पसलमा चुलेसी मिट मार्ट

सराङकोट न्यूज
23 February, 2022 6:57 pm
Advertisements
Advertisements

पोखरा

पोखराको अमरसिंहचोक खत्रीपसलमा व्यवस्थित मासु पसल चुलेसी मिट मार्ट खुलेको छ । फागुन ११ देखि २१ गते सम्म ग्राहक लक्षित कार्यक्रम सहित मिट मार्टको उद्घाटन गरिने मिट मार्टका सञ्चालक विनोद भण्डारीले बताए ।
व्यवसायिक पोल्ट्री क्षेत्रमा १८ वर्ष लामो अनुभव संगालेका भण्डारीले पोखरा–१९, पुरुन्चौरमा प्यारेन्ट पालन सहितको ह्याचरी उद्योग सञ्चालन गरिरहेका उनले कव फाइव हण्ड्रेड चल्ला उत्पादनमा ख्याती कमाएका छन् ।
गण्डकी प्रदेशकै एक मात्र अटोमेटिक मेसिनद्वारा उत्पादित पोषिलो ब्राण्डको पेलेट दाना उत्पादक आशिर्वाद एग्रो फिड इण्डष्ट्रिज प्रा.लि. का अध्यक्ष समेत रहेका भण्डारीले पोखरालाई लक्षित गरि शुद्ध, ताजा र हाइजेनिक मासु सुपथ मुल्यमा उत्पादन तथा विक्री वितरण गर्ने योजना रहेको बताए । पोखरा पर्यटकीय केन्द्र समेत रहेकोले शुद्धता र हाइजेनिक उत्पादन आफ्नो पहिलो प्राथमिकता रहने बताउँदै आम उपभोक्तालाई खसी, कुखुरा, अण्डाको मासु आपूर्तिको प्रबन्ध मिलाइने बताएका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: