खोला भूमिगत गरि जग्गा कब्जा ! महानगर र वडा कार्यालयको रहस्यमयी मौनता

यदुनाथ बन्जारा
22 March, 2022 11:33 am
Advertisements
Advertisements

पोखरा : पोखरा महानगरपालिका वडा नं. २३, हर्पनको सहायक विरिम खोलाको वहावलाई प्राकृतिक स्वरुप विपरित बनाई खोलालाई ह्यूम पाइपबाट भूमिगत गरि जग्गा बढाउने योजना तयार पारी कार्य भइरहेको पाइएको छ । फेवातालको जलाधार क्षेत्रको रुपमा रहेको विरिम फाँटको विचबाट बग्ने विरिम खोलालाई ह्यूम पाइप भित्रबाट हर्पन खोलासम्म पु¥याउने गरि तिव्र गतिमा काम भइरहेको पाइएको छ ।
विरिम फाँट हुँदै झ्यापुकुना मार्गी फाँट भएर वग्ने विरिम खोला हर्पनमा मिसिन्छ । विरिम खोला दायाँ वायाँ ठूलो मात्रमा जग्गा भएका कालु गुरुङ समेतका केहि व्यक्तिहरुले खोलाको नामो निसान मेटाउने गरि ह्यूमपाइप भित्र खोला हुलेर जग्गा बढाउने योजना बमोजिम कार्य अगाडि बढाइएको छ । मार्गी फाँटबाट काम संचालन भइरहेको कालु गुरुङ निकट स्रोतले सराङकोटलाई बताएका छन् । विरिम खोला किनारमा ह्यूम पाइप थुपारिएको प्रत्यक्ष देख्न सकिन्छ । डोजर लगायतको हेभी मेसिन प्रयोग गरेर खोला दवाउने योजना भइरहँदा पनि सम्बन्धित वडा नं. २३ का जनप्रतिनिधिहरु मौन देखिन्छन् । वडा अध्यक्ष विष्णु पराजुली आफूले डोजर सिफारिस नगरेको र खोला ह्यूम पाइप मार्फत् भूमिगत बनाउने वारे केहि जानकारी नभएको बताउँछन् । सोही वडाका प्राविधिक (सव इञ्जिनियर) मोहन सिग्देलले त्यस क्षेत्रका जग्गाधनीहरु खो ला भूमिगत बनाउने बारे सोध्न आएको तर वडाले वजेट नभएको भन्दै नदिएको वताए । त्यहाँको काममा वडाको प्राविधिक सँग कुनै समन्वय नभएको र आधिकारिक सिफारिस नगएको पनि सव इ. सिग्देलले वताए ।
गत वर्ष पहिरोका कारण खोला थुनिदाँ विरिम फाँट डुवानमा परेको स्थानिय पिडा ताजै छ । महानगरबाट सहयोग लिएर खोला थुन्ने अवरोध हटाइएको थियो । खोला वाहिरै थुनिँदा समस्या आएको ठाउँमा ह्यूम पाइपमा भूमिगत गर्दा हुने अवरोध झन् डरलाग्दो समस्या वन्न गई झ्यापु कुना देखि माथि काफल डाँडाको खेत, विरिम कुनाको खेत अर्चले पूर्वको खेत, कात्रे भिरमुनी पूर्वका खेत गरी झण्डै ३ सय रोपनी खेत डुवानमा पर्न जाने भन्दै स्थानिय तहका सम्भावित पीडितहरु चिन्तित भएका छन् ।
केहि जग्गा व्यापारीको स्वार्थका लागि पोखरा महानगर भित्रैका खोला भूमिगत गरेर जग्गा कव्जा गर्ने कार्य भई रहँदा वडा अध्यक्ष र प्राविधिक कुम्भकर्ण निन्द्रामा छन् । महानगरपालिकाको न कुनै अनुगमन छ न निगरानी नै । जग्गा कारोवारीहरुका लागि खोला भूमिगत गर्दा हुने दीर्घकालिन असरका वारेमा चासो र चिन्ता कुनै देखिदैन । डुवान पार्ने खोला छेउमै भएका कारण जग्गा विक्रि हुन समस्या आएपछि ‘नरहे वाँस नवझे वाँसुरी’ भने जस्तै फाँटको वीचमा रहेको खोला नै ह्यूम पाइप हालेर भूमिगत गर्न तम्सिएको पाइन्छ ।
अनियमित कार्य अघि वढेको एक महिना वढि भइसक्यो तर वडा कार्यालय, महानगर कार्यालय चुपचाप देखिन्छन् । यो प्रकरण वारेमा सत्य तथ्य के हो भनेर प्रतिकृया लिन प्रयास स्वरुप उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत वलराम रिज्यालसँग सम्पर्क गर्दा प्रतिकृया त के सम्पर्कमा पनि आउन चाहेनन् । फोन सम्पर्कमा आएका महानगर योजना महाशाखा प्रमुख वरिष्ठ इञ्जिनियर पूर्ण बहादुर गुरुङले फोनमा कुनै प्रतिकृया दिन चाहेनन् ।

जिज्ञाशै जिज्ञाशा

झ्यापुकुना देखि हर्पन खोला सम्म करिव २ किमी लामो विरिम खोला ह्यूम पाइपमा हालेर भूमिगत बनाउने र जग्गा बढाउने योजना चलिरहँदा किन मौन छ नियामक निकाय महानगर ? ठूला वडा र आर्थिक रुपले मोटाघाटा मानिएका व्यक्तिहरुलाई कानून लाग्दैन? फाँट भित्र रहेका जग्गावाला संघियारहरुसँग सहमती नै नलिई खोलै भूमिगत गर्न मिल्छ ? खोालाको मापदण्ड ३० मिटर खोल्साको १० मिटर लाग्छ कतै मापदण्ड छल्न त विरिम खोलो लुकाउनखोजिएको हैन यहाँ प्रश्न तेर्सिएको छ तर जवाफ कसले दिने ?
वडा कार्यालय खोलामा काम गर्न भूमिगत गर्न र डोजर लगाउन अनुमति नदिएको बताउँछ तर जग्गाधनी पक्षका व्यक्तिहरु भन्छन् हामीसँग अनुमती पत्र छ । कसले दियो ? कहाँबाट दिइयो खोजी हुनुपर्छ । ठूलै चलखेलको गन्ध आएको छ कामको प्रकृति पनि विवादास्पद छ । कानूनको सम्मान गर्दै तत्काल काम रोकेर राज्यका निकायले छानविन गर्न जरुरी छ । कतै खोलो हिड्ने जग्गा व्यक्तिगत दर्ता त भएको छैन नापीको स्रेस्ता र फिल्ड वुक उतार आवश्यक छ ।
यस प्रकरणमा नेपालकै ठूला मानिने जग्गा व्यापारी कालु गुरुङ जोडिएका कारण अन्याय सहन तयार छन् तर वोल्न डराउँछन् पीडितहरु । नाम गोप्य राख्ने सर्तमा सवैले आवाज दवाएर हामीलाई सूचना दिए । अव राज्यको हैसियत हेर्न वाँकी छ । कस्तो हुन्छ छानविन ?

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: