राष्ट्रिय विभूती पार्क वार्षिक १० लाख ठेक्कामा

सराङकोट न्यूज
22 March, 2022 6:32 pm
Advertisements
Advertisements

पोखरा : पोखरा–१८, ग्याजोतीमा रहेको राष्ट्रिय विभूती पार्क वार्षिक १० लाख ठेक्कामा लगाइएको छ । पोखरा महानगरपालिकाले २०७८ माघ २४ गतेबाट लागू हुने गरि आर्क.डि.आर्किटेक्चर एण्ड ईञ्जिनियरिङ सर्भिसेज प्रा.लि. पोखरा–९ सँग ठेक्का सम्झौता गरि राष्ट्रिय विभूती पार्कमा पर्यटक प्रवेश शुल्क संकलनको कार्यादेश जारी गरेको छ ।
१५ बुँदे सर्त सहितको सम्झौताले आन्तरिक तथा बाह्य पर्यटक प्रवेश टिकट दर तोकेको छ । जस अनुसार नेपाली नागरिकको रु.२०, विद्यार्थीको रु.१० र विदेशी नागरिकको रु.५० टिकटदर तोकिएको छ । ठेक्का लगाउनु पूर्व पोखरा १८ का स्थानिय केहि व्यक्तिहरुको जोडबलमा महानगरको स्वीकृति बेगर नै प्रवेश टिकट उठाइएको थियो । आफैले स्थापना गरेको पार्कमा कसले पैसा उठाइरहेको छ भन्ने बारेमा महानगर स्वयम अनभिज्ञ रहेको थियो । सराङकोट साप्ताहिक पत्रिकाले राष्ट्रिय विभूती पार्कमा अवैध रकम असुली भइरहेको बारे रिपोर्ट प्रकाशन गरेको थियो । रिपोर्ट प्रकाशन लगतै महानगरले ठेक्का लगाउने कार्यलाई अघि सारेको थियो ।
महानगरपालिकाले पोखराका विभिन्न चोकमा रहेका शहीद विभूतीहरुको सालिकलाई ग्यारजाती जामुनबोटमा एकिकृत गरि व्यवस्थापन गर्ने बताएको थियो । तर महानगरले पोखराका महत्वपूर्ण चोकहरुमा रहेका सालिकलाई जामुनेबोट स्थित राष्ट्रिय विभूती पार्कमा स्थापना गर्न सकेको छैन । पार्क स्थापना भएपनि त्यसलाई पूर्णता दिन सरकार सक्षम देखिदैन । शक्तिहिन निरिह मानिएका सालिकहरु मात्रै सारिनु र शक्ति केन्द्रका सालिक भने यथावत रहनुले जसको शक्ति उसकै भक्तिलाई चरितार्थ गरेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: