राष्ट्रिय मा.वि. प्रकरण : कतै कानून पालना, कतै अवहेलना

सराङकोट न्यूज
8 June, 2022 6:21 pm
Advertisements

पोखरा

पोखराको पुरानो मध्यको विद्यालय हो राष्ट्रिय मा.वि. पोखरा–१, हरिचोक । केन्द्र भागको स्कूल टन्न विद्यार्थी, वलियो आन्तरिक आय स्रोत । सामुदायिक शिक्षाको क्षेत्रमा राम्रो योगदान दिएको पनि छ र पनि विविध खाले विवादको परिधिभित्र रुमालिएको छ राष्ट्रिय मा.वि. । राष्ट्रिय मा.वि.को घर जग्गामा वोर्डिङ चलेको छ । हटाउन सकेको छैन । वालज्योती प्रा.वि.को जग्गा वडा कार्यालयलाई वुझाइएको छ। परीक्षामा अनियमितता गर्न एक छात्रालाई लेखनाथको होटलमा लगेको काण्डले वातावरण धमिलो वनायो । ४ जना शिक्षकलाई अन्यत्र सरुवा पनि राष्ट्रिय मा.वि.ले नै पठायो ।
त्यति ठूलो विद्यालयले शिक्षक प्रतिनिधि छनोट गरेर वि.व्य.स. मा पठाउन समेत सकेको छैन । र पनि आशाको दियो निभेको भने छैन । कृष्ण लाल वास्तोलाले प्रधानाध्यापकमा रिइन्ट्री गरेका छन् । उनको रिइन्ट्री पछि विद्यालयले दुई कदम सहासिक पाइला चालेको देखिएको छ । पहिलो कदम सरकारी शिक्षा नीति नियम पछ्याएको छ ।
विद्यालय शिक्षा एकै सिफ्टमा पढाई गर्नु भन्ने सरकारी नीतिलाई फलो गर्दै राष्ट्रिय मा.वि.ले विहानको सिफ्टलाई दिवाको एकै सिफ्टमा कक्षा १ देखि १२ सम्मको पढाई संचालन गर्ने निर्णय विव्यसले गरेको छ । यो निर्णय यसै शैक्षिक सत्रबाट लागू गरिने गरी विद्यालय प्रशासनले तयारी थालेको प्राचार्य कृष्ण लाल वास्तोलाले वताए । महानगर शिक्षा महाशाखाले केहि महिना अघि गरेको परिपत्र कार्यान्वयन मा ल्याउने राष्ट्रिय मा.वि. को यो निर्णयलाई सकारात्मक रुपमा वुझिएको छ । यो निर्णय पछि वर्षको २५ महिनाको तलव खान्छन् भन्ने राष्ट्रिय मा.वि. माथिको आरोप अन्त्य भएको छ वरु रोजगारको अवसर वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
अर्को निर्णय जुन तहको नियुक्ती त्यहि तहको पढाई राष्ट्रिय मा.वि. मा हुने भएको छ । तल्लो कक्षामा नियुक्त भएका शिक्षकले तल्लो तहकै कक्षामा र माथिल्लो तहमा नियुक्ती पाएकोले माथिल्लो तहमै पठाउन पाउने भएका छन्। यो विषयमा राष्ट्रिय मा.वि.ले निर्णय लिइसकेको वताइएको छ। केहि शिक्षकहरुको असन्तुष्टि रहेपनि निर्णय कार्यान्वयनमा भने नैतिक दवाव रहन्छ त्यसले पनि सकारात्मक नतिजा आउन सक्ने जानकारहरु वताउँछन् ।

शिक्षक कर्मचारी नियुक्तीमा समितिको हालिमुहाली

राष्ट्रिय मा.वि.मा स्थापित भएको अर्को विषय शिक्षक कर्मचारीको नियुक्तीमा विव्यसको हालिमुहाली हो । विद्यालय व्यवस्थापन समितिमा रहेकाहरुले आफ्ना परिवार, नातागोतालाई विना प्रतिस्पर्धा जागिर खुवाउनु परम्परा जस्तै वनेको राष्ट्रिय मा.वि. मा हालै मात्र एक जनालाई विना प्रतिस्पर्धा सुटुक्क भर्ति गराइएको छ । विद्यालयको पुस्तकालय कर्मचारी पदमा प्रा.वि. शिक्षक तहको स्केल बराबर तलव खाने गरी मिना खनाललाई नियुक्ती दिने निर्णय विद्यालय व्यवस्थापन समितिले गरेको छ । उक्त नियुक्तीमा कुनै सूचना, विज्ञापन निकालिएको छैन । उनि वि.व्य.स. का सदस्य महेश्वर पोखरेल कि वहिनी हुन् । समितिकै सदस्यको वहिनीलाई विद्यालयको कर्मचारीमा नियुक्त गर्न वि.व्य.स र विद्यालय प्रशासनको निर्णयमा मिलेमतो पुष्टि भएको छन् । उनको सुटुक्क नियुक्ती प्रति विद्यालय भित्रै असन्तुष्टि रहेको छ । तर वि.व्य.स. सदस्य पोखरेल भन्छन् “६ महिनाको लागि दैनिक ज्यालादारीमा राखिएको हो ।”
राष्ट्रिय मा.वि. व्यवस्थापन समिति र विद्यालय प्रशासनले शिक्षक कर्मचारी नियुक्तिमा पारदर्शिता अपनाउनु आवश्यक देखिन्छ । सामुदायिक विद्यालयको आवश्यकता र आवेदनमा इच्छुक नेपाली नागरिकले मौका पाउनु पर्छ । विद्यालयले सवैलाई मौका दिन सकियो भने राष्ट्रिय मा.वि.को गरिमा थप उच्च हुने निश्चित छ । विद्यालय व्यवस्थापन समितिमा जानेहरुले आफन्तलाई जागिर खुवाउने नियतले हैन विद्यालयको व्यवस्थापनका लागि जानु पर्छ । राष्ट्रिय मा.वि. एउटा उदाहरण मात्र हो अन्य कतिपय विद्यालयमा पनि यस्ता गन्धहरु आइरहेका छन् हामी खवरदारीमा छौं ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: