बगर प्रहरी चौकी घुमुवा घुस काण्ड, एउटालाई तलुवा अर्कोलाई बढुवा !

सराङकोट न्यूज
9 August, 2022 9:19 am

पोखरा

नेपाल प्रहरीको कानुन पनि बढो अचम्मको छ । ट्राफिक प्रहरीलाई हजार १५ सुर्य घुस दिन खोज्ने ट्राफिक नियम उल्लंघनकर्तालाई प्रहरी प्रतिवेदन खडा गरेर अभद्र व्यवहार मुद्दा चलाएर हिरासतमा राखिन्छ र विज्ञप्ती जारी गरेर डङ्का पिटिन्छ “ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने सवारी चालक विरुद्ध मुद्दा” प्रहरीले भ्रष्टाचारमा शून्य सहनशिलताको सिद्धान्त लिएको बारे राम्रै चर्चा पनि चल्छ । खुसी पनि लाग्छ यसर्थमा कि प्रहरीमा शुद्धिकरण आएछ भनेर सोचे जस्तै पाइँदैन व्यवहार । कानून कार्यान्वयन निकायमा कार्यरत अधिकार प्राप्त व्यक्ति हो प्रहरी । तिनै प्रहरी कानून विपरित काम गरेका व्यक्तिहरुलाई उन्मुक्त दिदा घुस लिन्छन् तर ति घुस लिने प्रहरीले पवित्र प्रहरी संगठनको गौरव गरिमा माथि हिलो छ्याप्दै कमाउ धन्दामा लाग्नेहरुलाई देखिने गरी कमै सजाय गरिन्छ । नसियत दिने, प्रमोशन एक लट रोक्का गर्ने, ग्रेड रोक्का गर्ने यस्तै कारवाही गरेर चोख्याइन्छ घुस खाने प्रहरीहरुलाई । प्रहरी आफै पावरमा रहेका कारण आफ्ना प्रहरी कर्मचारी जोगाइन्छ यो शैलीको कारवाहीका कारण वेला वेलामा प्रहरीमा घुस काण्ड दोहरी रहन्छ । तल देखि माथि सम्म यो रोग छ । कतिपय प्रहरी महानिरीक्षकहरु समेत अवकास पछि मुद्दा खेप्न अख्तियार र अदालत चाहार्दै आएको कुरा सार्वजनिक भएकै कुरा हो ।
असार २० गते पोखरा –२० भलामका जुवाडेहरु सँग १५ हजार घुस खाने बगर प्रहरी चौकीका दुई जना घुमुवा प्रहरीहरु गंगाधर काफ्ले र लाल गोपाल अधिकारीको सम्बन्धमा कास्की प्रहरी उदार देखियो । गंगाधर काफ्ले तत्काल जिल्ला तानिए उनलाई एक लटको बढुवा रोक्का गर्ने कारवाही गरियो तर सँगै घुस उठाउन र हल्ला चलेपछि फिर्ता गर्न सँगै जाने अर्का प्र.ज. लाल गोपाल अधिकारीको सहायक हवल्दारमा बढुवा गरियो । घुस खाएको काण्ड छताछुल्ल हुँदा समेत बढुवा गरिनुलाई प्रहरी भित्रैबाट अनर्थ मानिएको छ तर बोल्न आँट फौजीमा हुँदैन ।
यो मात्र हैन अन्यत्र स्थानमा पनि प्रहरीले घुस खाए पनि घुस खाए झै सामान्य मानेर कारवाहीको झारा टार्ने गरिदै आएको छ के यहि हो प्रहरी भित्रको भ्रष्टाचारमा हुने शूल्य सहनशिलता ? हजार १५ सय घुस खाने जनतालाई थुन्न मिल्ने कानूनले १०–१५ हजार घुस खाने प्रहरीलाई थुन्न मिल्दैन ? घुस्याहा, घुमुवा राख्नु भन्दा नराख्दा नै प्रहरीको उचाई बढ्थ्यो कि ?

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: