पोखरा महानगरका मेयरलाई नागरिकको तर्फबाट खरो जिज्ञाशा

सराङकोट न्यूज
31 August, 2022 9:37 am
Advertisements

“रुल अफ ल” चलाउनेकी “हुल अफ ल” ?

पोखरा

२०७९ वैशाख ३१ गते सम्पन्न निर्वाचन पछि स्थानिय तहमा नयाँ तरंग संचार गराएको छ । पहिलो चुनावबाट निर्वाचित धेरै जनप्रतिनिधिहरु र तिनका दल जनकारवाहीमा परेका छन् । अति लोकप्रिय काम गरेका केहि दलका नेताहरु बाहेक धेरैले जनविश्वास गुमाउन पुगेका छन् । मै हुँ लोकप्रिय नेता भन्नेहरुले निर्लज्ज पराजय भोगेका छन् । धनगढी उमनपाका नेकाबाट जितेका नृप बहादुर वड दोहोरिन खोजे तर जनताले उनलाई वहिस्कार गरेर स्वतन्त्र उम्मेदवार गोपी हमाललाई जिताएका छन् । यस्तै धरानका तिलक राई नेकका मेयर थिए । दोहोरिने टिकट पाए तर जनताले विकट पु¥याइदिएर स्वतन्त्र व्यक्ति हर्क साग्पाङलाई जिताए ।
दोब्बर मत ल्याएर जिन्छु भन्दै मात्तिएर मच्चिएका एमाले नेता केशव स्थापितलाई तेस्रो स्थानमा पु¥याएर थन्क्याइदिएर स्वतन्त्र युवा वालेन्द्र शाहलाई जिताई दिए । जनता जनार्दन हुन् को ठीक को वेठीक कार्यशैली र व्यवहार हेरेर मूल्यांकन गर्न सक्छन् । ललितपुर महानगरपालिकाका चिरिवावु महर्जन पहिलो भन्दा दोस्रो जित सानदार बनाउन सफल भए । दया मायाले होइन चिरिवावुको लोकप्रियताले जितेका हुन् । उनको जनसेवी कार्यशैली र विकासे नीतिको नतिजा हो त्यो ।
अव आयो देशकै ठूलो महानगर पोखराको कुरा । २० हजार वढि मत ल्याएर जित्ने ढोल पिटेर चुनाव लडेका नेकपा एमालेका मेयर उम्मेद्वार कृष्ण थापा र गठवन्धन पक्ष नेकपा एसका नेता धनराज आचार्य वीच सम्पन्न चुनावले अनपेक्षित नतिजा दिएको छ । २० हजार बढी मत ल्याउने एमाले दावीलाई कम मूल्यांकन आंकलन गरेका गठवन्धन दल नेकपा एसका धनराजले कसरी पासा पल्टाए सहजै बुझ्न सकिन्छ । धनराज आचार्यले पोखरालाई आमूल परिवर्तन ल्याउँछन् भन्नु भन्दा एमालेले केहि गरेन भन्ने संख्याले प्रश्रय पाएको कारण पासा पल्टिएको हो ।

चुनौतीका पहाडमा मेयर आचार्य

पोखराका मेयर धनराज आचार्य चुनौतीको पहाडको आधार शिविरमा छन् । ललितपुरका चिरिवावु जस्तो सफल बन्नेकी धनगढीका नृय बहादुर वड जस्तो असफल बन्ने उनको ५ वर्षे कार्यकालमा भए गरिएका कामले मूल्यांकन गर्नेछ । महानगरको लागि अल्पकालिन र लोकप्रिय कामले दीर्घकालिन नतिजा दिन सक्दैन ।
पोखरेली जनताले दीर्घकालिन विकास र सुशासन चाहेका छन् । कुखुरालाई चारो छरेजस्तो छरिने बजेटका टुक्रे योजनाबाट विकासले सार्थकता पाउन सक्दैन । अघिल्लो कार्यकालमा भएका आर्थिक अपारदर्शिता, रामघाट, मरेखरे घाट ३५ वर्ष सम्म व्यक्तिलाई दिने कदमले पोखराले करोडौं रुपैयाँ गुमाउन पुगेको छ । फेवाताल संरक्षण विपरित कार्य गरेर ६५ मिटर मापदण्डलाई खुम्च्याएर ३० मिटर मा ल्याउने कार्य कुसाशनको उदाहरण बन्न पुगे ।
मापदण्ड विरोधी कार्य भौतिक अतिक्रमण हटाउनु वर्तमान मेयरको पहिलो काम हुन्छ । फिर्के खोलामाथि बनेका घर हटाउन जरुरी छ , सेती गण्डकीको मापदण्ड संरक्षण गर्दै भए गरिएका अतिक्रमण हटाउन आवश्यक छ । नक्सा पास नगरी निर्माण भए गरिएका निजि वा सरकारी संरचना भत्काउने आँट गर्नु पर्छ यूपिको नोयडामा मापदण्ड विपरित वनेको सय मिटरको ट्वीन टावर वम पड्काएर आइतबार विस्फोटन गरेर भत्काइयो । अरवौ क्षति भयो होला तर भारतको सर्वोच्च अदालतले कानूनक पक्षमा फैसला ग¥यो । यूपि सरकारले अदालतको आदेशलाई अक्षरस पालना ग¥यो । यो नै हो विधिको साशन ।
पोखरामा नियम विपरित थुप्रै काम भएका छन् । सरकारी कार्यालयहरु नक्सा पास नभै निर्माण गरिएका छन् । पार्किङका लागि बनाइएको बेसमेन्टमा व्यापार केन्द्र बनाइएको छ । सडक मापदण्ड मिचेर पक्की घर बनाइएको छ । खोला नाला मिचेर घर बनाइएको छ । पोखराका मेयरले काठमाडौंबाट सिक्न जरुरी छ । काठमाडौंका मेयरले ठूलो जोखिम उठाएर कानून कार्यान्वयनमा लागेका छन् । पोखराका मेयरले कानूनी प्रकृया पुरा गरेर डोजर चलाउनुको विकल्प छैन ।
वसपार्कको लागि छुट्याइएको २०६ रोपनी जग्गा सुकुम्वासीको नाममा अतिक्रमणको सिकार वनेको छ । बसपार्क बनाउने मेयर आचार्यको घोषणा त आयो तर ल·डो घोषणा आएको छ । अहिले खाली रहेको जग्गामा बसपार्क बनाउने मेयरको भनाई ल·डो निर्णय हो । त्यसो गरियो भने बसपार्कको जग्गाबाट अतिक्रमण हटाउन सकिन्न बरु सकुम्वासीलाई वैधता दिने काम मात्र हुन्छ तसर्थ बरु ६ महिना ढिला होस् अतिक्रमण हटाउनु पर्छ तवमात्र सुहाउँदो बसपार्क बन्नेछ नत्र सिडियो संम्भू कोइरालाले फेवातालको किनारामा पर्खाल लगाएर फुट ट्रयाक बनाए जस्तो घातक निर्णय हुन सक्छ ।
मेयर आचार्यले कानूनको साशनमा अर्जुन दृष्टि राख्नु पर्छ कानूनको आँखामा सवै समान हुन भन्ने पुष्टि गर्नु पर्छ व्यवहारमा सरल कानून कार्यान्वयनमा कडाई हुनु पर्छ तव मात्र विधिको साशन चल्छ । पोखरा सान वढ्छ । एक्लो वालेनले त्यत्रो आँट गरे भने दुई तिहाई वडा जितेका मेयर किन कमजोर बन्ने ।
चुनौतीका पहाडबाट भाग्ने कि सामना गर्ने तपाइको हातमा छ । दिल्लीबाट फर्कदा नोयडाको ट्वीन टावर ध्वस्त किन भयो अव पोखरामा मैले के गर्ने भन्ने बारेमा एकिन भएर आउनुहोला तव मात्र तपाई सफल नगर पिता सावित हुनुहुनेछ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: