पोखरा उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी, पवन र अर्जुन वीच रस्साकस्सी

सराङकोट न्यूज
7 September, 2022 9:34 am
Advertisements

दुवै प्यानलमा २–२ जना मात्र महिला उम्मेद्वार

पोखरा

कास्की जिल्लाकै जेठो संस्थाको रुपमा स्थापित पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन यसै हप्ताको २४ र २५ गते हुँदै छ । अध्यक्ष सहित १७ सदस्यीय कार्यसमितिको प्रत्यक्ष निर्वाचित हुने निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । संसदीय निर्वाचनको झल्को दिने गरी पोखरा उद्योग वाणिज्य संघको चुनाव कार्य अगाडी बढेको छ ।

पोखरा उद्योग वाणिज्यको चुनावमा दुई प्यानल वीच तिव्र प्रतिस्पर्धा हुने भएको छ । विगतका चुनावहरुमा पनि हुँदै आएको दोहोरो प्रतिस्पर्धाको लागि यस चुनावमा पवन प्रजापतिअर्जुन पोखरेलको प्यानल मैदानमा उत्रिएको छ । विगतमा एउटै कार्यसमितिमा रहेकाहरु अहिले दुई प्यानलमा विभाजित भएका छन् । पाँचौं वरियतामा रहे पनि महत्वपूर्ण जिम्मेवारीको पद महासचिव पदमा पवनको पक्षमा वलराम आचार्य र अर्जुन पोखरेलको पक्षमा केशव खत्री मैदानमा उत्रिएका छन् । यस्तै वाणिज्य उपाध्यक्षमा पवनको पक्षमा उत्तममान बुद्धचार्य छन् भने अर्जुनको कित्ताबाट कुमारी मुना वास्तोला मैदानमा उत्रिएका छन् । यस्तै कोषाध्यक्षमा पवनको कित्तामा दिनेश चन्द्र वास्तोला र अर्जुनको कित्तामा हरिराज पन्तको प्रतिस्पर्धा हुने भएको छ ।

दुवै प्यानलका १७ जना मध्य २–२ जनामात्र महिला मैदानमा उत्रिएका छन् । पवन प्यानलमा उपमहासचिव शोभा गौतम र सदस्यमा प्रभा सुवेदी रहेका छन् भने अर्जुन प्यानलमा वाणिज्य उपाध्यक्षमा कुमारी मुना वास्तोला र काससमा दुर्गा रञ्जित रहेका छन् । वाँकी १५ पदमा पुरुष उम्मेद्वारहरुको उपस्थिति रहेको छ ।
कुमारी मुना वास्तोला यस अघि दुई पटक पोखरा उद्योग वाणिज्य संघमा कासस निर्वाचित मुना वास्तोला यस पटक अर्जुन प्यानलबाट वाणिज्य तर्फको उपाध्यक्ष उम्मेद्वार वनेकिछिन् । उद्योगी व्यवसायीको हितमा काम गर्न योग्य रहेका कराण वाणिज्य तर्फ उपाध्यक्ष वन्न व्यवसायीको मागलाई आफूले ह्दयगंम गरेको उपाध्यक्षकी प्रत्याशी कुमारी मुना वास्तोलाले बताइन । कुमारी मुना वास्तोला २०६३ सालदेखि पोखरा उद्योग वाणिजय संघमा प्रवेश गरेर सकृय भूमिका निर्वाह गर्दै आएको भएपनि पितृसतात्मक सोचको हावी भएका कारण क्षमता, कुशलता र सकृयता भएर पनि महिलालाई नेतृत्वमा लान नखोज्नु संघ भित्रको विडम्वना रहेको बताउँछिन् । महिला उद्यम विकास उपसमितिको सदस्य, रहि योगदान गरेको, बालश्रम उन्मूलन सम्बन्धि कार्य गरेको अनुभवी व्यक्ति भएपनि जिम्मेवार नेतृत्व तहमा महिलालाई जिम्मेवारी दिन नचाहाने प्रवृत्तिलाई चिरेर जानका लागि आफूले उम्मेदवारी दिएको वास्तोलाले वताइन् ।

व्यवसायीमा महिलाहरु सकृय छन् तर पर्दा पछाडीको हिरो मात्र बनेका छन् महिला । सवैभन्दा पुरानो संस्था भएर पनि संघको विधान महिला मैत्री र समावेशी हुन नसकेकोले आफ्नो पहल महिला मैत्री समावेशी विद्यान संसोधनको विशेष पहल गर्ने मुख्य मुद्दा रहेको उनले बताइन् । संघले कम योगदान रहेका व्यक्तिलाई पदिय जिम्मेवारी मात्र ठूलो दिने कार्य निरुत्साहित गरेर योगदान र सकृयताको आधारमा जिम्मेवारी दिने कार्यमा आफु र आफ्नो प्यानलको प्राथमिकता रहेकोले आम उद्योगी, व्यवसायीको हितको लागि विजयी आवश्इक र अपरिहार्य रहेको कुरा आम मतदाता व्यवसायीले वुझेकोले जीत निश्चित रहेको उपाध्यक्ष (वाणिज्य) कुमारी मुना वास्तोला ले वताएकिछिन् ।

पोखरा उद्योग वाणिज्य संघको विद्यान बमोजिम हरेक २–२ वर्षमा हुने निर्वाचन महिलाको लागि माथिल्लो तह वर्जित जस्तै बनाएको छ । पदाधिकारी सम्म पुगन पनि हम्मे हम्मे छ महिलालाई । पदाधिकारीमा पुगी हाले पनि नेतृत्वमा पुग्नु फलामको च्यूरा जस्तै वनेको छ तर अधिकांस व्यापार व्यवसाय महिलाले नै धानेर आएको पाइन्छ । ३४ औं अधिवेशनमा दुई प्यानल बाट गरी जम्मा ४ जना महिलाको उम्मेद्वारी छ । ५ सय सदस्य महिलाको अनुपातमा यो न्यून हो ।
यस्तै उक्त प्यानलमै का.स. सदस्यको लागि दुर्गा रञ्जितले उम्मेद्वारी दिएकिछिन् । महिला उद्यमी तथा व्यवसायी रहेकी दुर्गा राञ्जितको यो पहिलो पटकको उम्मेद्वारी हो ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: