मेयर आचार्य समक्ष सुझावपत्र

सराङकोट न्यूज
23 September, 2022 6:40 pm
Advertisements

परिवर्तनका लागि अभियान नेपालले ध्यानाकर्षण तथा सुझाव पत्र एक कार्यक्रमका विच महानगर पालिकाका मेयर धनराज आचार्य लाई बुझाएको छ। अभियानका सयोजक नवीन श्रेष्ठको हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्र अभियानका अभियन्नता हरुको एक टोलि सहितको उपस्थितिमा यहि शुक्रबार ध्यानाकर्षण तथा सुझाव पत्र गत शुक्रबार का दिन बुझाएको छ।
ध्यानाकर्षण पत्र पढेर सुनाइसकेपछि सयोजक श्रेष्ठले मेयर आचार्य लाई पत्र बुझाउदै अभियानका बारेमा प्रकास पारेका थिए। मेयर आचार्यले ध्यानाकर्षण तथा सुझाव पत्र बुझ्दै यसबारे आफू पनि गम्भीर रहेको बताउदै पोखरामा देखिएका विभिन्न खाले समस्या विभिन्न ताल तलैया नदि नाला माथिको अतिक्रमणलाइ नियन्त्रणा लागि छिटैनै कदम चाल्न र अलपत्र रहेका विकास निर्माणका योजना साथै समग्र पोखराको ट्राफिक व्यवस्थापन र मापदण्डमा आफू केन्द्रित भएर अगाडि बढ्ने वताउदै छिटो नहुन सक्छ समय लाग्ला तर आफ्नै कार्यकालमै सम्पन्न गर्दै पुर्णता दिने प्रतिवद्दता जनाए।

सयोजक श्रेष्ठले अभियानको उदेश्य भनेको सामाजिक परिवर्तन ल्याउनु विकृति विसङ्गति अन्त्य गर्नु भ्रष्टाचारलाई निर्मुलिकरण गर्नु रहेको वताउदै आफुहरुले महानगर पालिका भित्र मापदण्ड विपरित बनेका सरचना हटाउनु पर्ने विभिन्न राजनितिक दल तथा सघ सघस्थाका नाममा अतिक्रमण गरि बनाइएका सरचना भत्काउनु पर्ने फेवाताल लगाएत महानगर मा रहेका ताल तलैया नदि नाला माथिको अतिक्रमण हटाइ सरक्षण गर्नु पर्ने। समग्र पोखराका जिर्ण सडक मर्मत तथा अलपत्र सडक समयमा निर्माण सम्पन्न गरिनु पर्ने ,,समग्र पोखराको ट्राफिक व्यवस्थापन साथै पार्किङका लागि वैज्ञानिक व्यवस्था गरिनु पर्ने लगायत विषय हरु रहेको जनाएका छन्।
ध्यानाकर्षण पत्र सयोजक नवीन श्रेष्ठ सल्लाहकार शिवराज बस्ताकोटि (शिवदाइ) गुरु वराल ,विजय पराजुलि , विपना कुवर कृष्ण गिरि सहितको उपस्थितिमा बुझाइएको थियो ।

अभियन्तालाई सुचनाको हक बारे प्रशिक्षण

-यसै गरि परिवर्तन का लागि हामी अभियान नेपालले गत शनिवार अभियानका सयोजक नवीन श्रेष्ठको अध्यक्षतामा तथा वडा नम्बर १० का वडा सदस्य प्रमुख अतिथि प्रमेश्वर कार्कि को आतिथ्यमा सुचनाको हक प्रशिक्षण तथा अन्त्रक्रिया कार्यक्रम गरेको छ। प्रमुख अतिथि कार्किले ले ब्यानरमा हस्ताक्षर गरि उद्घाटन गर्दै आफुहरु जनताकै लागि जनताकै काम गर्नका लागि जनता बाटै चुनिएर गएको हुदा वडा बाट गरिने सेवा प्रवाहमा कुनैपनि कसर बाकि नराख्ने वताउदै यसरी सुचनाको हक सम्वन्धि कार्यक्रमको आयजना गरेकोमा आयोजकलाइ धन्यवाद दिदै वडा बाट आगामि दिनमा कसैलाई पनि सुचनाको हक बाट वञ्चित हुन नपरोस् भन्नेमा आफू पनि सजग रहेको वताए।


पोखराको अमरसिहचोक कामना टोल समाज कल्याण भवनमा गरिएको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर १० का सचिव मिना वराल पौडेल बिशेष अतिथि तथा प्रशिक्षक पत्रकार महासघ कास्कीका पुर्व अध्यक्ष तथा एभरेष्ट एफएम प्रमुख दिपेन्द्र श्रेष्ठ ,पत्रकार महासघ गण्डकीका प्रदेश सचिव तथा सुचना सञ्जाल कास्कीका अध्यक्ष यदुनाथ बञ्जारा तथा अन्य अतिथि पत्रकार महासघ कास तथा सुचना सञ्जाल कास्कि उपाध्यक्ष शिबराज बस्ताकोटि (शिवदाइ) सुचना सञ्जाल महानगर अध्यक्ष अनिल थापा लगायतले सुचनाको हक सम्वन्धि प्रशिक्षण दिनुका साथै सुचना के हो । किन चाहिन्छ। सुचना किन माग्ने।। कसरी माग्ने भन्ने वारे प्रकाश पारेका थिए।।
कार्यक्रममा वडा नम्बर १० अमरसिहचोक स्थित सानिमा बैक आमा समूह टोल विकास सस्था युवा क्लव लगायत विभिन्न सघ सस्था पदाधिकारी तथा प्रतिनिधि को उपस्थिति रहेको थियोे भने परिवर्तन का लाागि हामी अभियानका अभियन्नता दुर्गा राना विपना कुवर गुरु वराल कृष्ण गिरि लगायत अभियन्नता हरुको उपस्थिति रहेको थियो । अभियानका सयोजक नवीन श्रेष्ठको अध्यक्षतामा गरिएको कार्यक्रम अभियानका अभियन्नता विजय पराजुलीले ले सचालन गरेका थिए भने स्वागत मन्तब्य व्यवस्थापन तथा कार्यक्रम सयोजक जयराम आचार्य ले दिएका थिए । परिवर्तनका लागि अभियान नेपालले पोखराका सडकमा परेका खाल्डाखुल्डी पुर्दशे आउनु का साथै हरेक साता आफ्ना कार्यक्रको आयोजना गर्दै आइ रहेको अभियानका सल्लाहकार शिबराज बस्ताकोटि शिवदाइ ले वताए।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: