गण्डकी बोर्डिङ प्रकरण, सित्तैंको सेतो हात्ती पाल्नै धौ–धौ, सम्झौता गायव हुनु थप रहस्यमयी

सराङकोट न्यूज
29 September, 2022 3:31 pm

सराङकोट व्यूरो
पोखरा

गण्डकी वोर्डिङले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अनुकम्पाले वा १ झ ८६१५ नम्वरको सरकारी निशान जीप प्राप्त ग¥यो । विद्यार्थीसँग महंगो शुल्क लिएर पढाउने विशेष छुट पाएको गण्डकी वोर्डिङको व्यवस्थापकीय जिम्मा शिक्षा मन्त्रालयकै सह–सचिवको मुठ्ठीमा छ । कास्कीका सिडिओ, महानगर शिक्षा महाशाखा प्रमुख, शिक्षा विकास समन्वय इकाई प्रमुख समेत व्यक्तिहरु गण्डकी वोर्डिङ व्यवस्थापन समितिमा रहने व्यवस्था छ ।
देशभरबाट रोज्जा विद्यार्थी छानेर पढाउने गण्डकी वोर्डिङले पछिल्ला वर्षहरुमा शैक्षिक गुणस्तरमा व्यापक गिरावट ल्याएको कुरा नतिजाले प्रस्ट पारेको छ । केहि वर्ष अघि सम्म देशका उच्च मा.वि. को अग्रपंक्तिमा आउने विद्यालय अहिले उल्टो गतीमा छ । १५२ जनाले परीक्षा दिएकोमा ४३ जना फेल भएका छन् त्यसमध्य ७ जनाले मौका परीक्षा समेत दिन नपाउने गरी फेल भएका छन् । अव्वल भनिएको यो राष्ट्रिय विद्यालयको यो नतिजा टिढ् लाग्दो नतिजा हो ।
गण्डकी वोर्डिङको प्रशासन शैक्षिक गुणस्तर बढाउन भन्दा पनि सेवा सुविधा बढाउन केन्द्रीत छन् । यसै वर्ष शिक्षण तथा आवासिय शुल्कमा २० प्रतिशत बढाएको विद्यालय संरक्षित कोषमा रकम वढाउन र भौतिक सुविधा विस्तारमा केन्द्रीत देखिन्छ । हामीलाई गण्डकी वोर्डिङ स्कूल प्रशासनले दिएको सूचना अनुसार वोर्डिङको खातामा ३८ करोड भन्दा बढि रुपैयाँ थुपारिएको छ । तर पनि विद्यार्थी सँग शुल्क वढाउन केन्द्रीत छन् ।

Advertisements

निशान सेतो हात्तीले साउनमा खायो पौने सात लाख

सरकराले १८ वर्ष चलाएर राखेको २००४ मोडलको जापनिज निशाख जीप गण्डकी वोर्डिङलाई दिइयो । वोर्डिङ लाई सरकारी नम्वरको गाडी कुन कानूनले दियो भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने छानविन पछि खुल्ने नै छ । तर वोर्डिङले पाएको तर आवश्यक नभएको उक्त जिप विद्यार्थीले तिरेको शुल्कबाट खर्च देखाउने एउटा आधार बन्न पुगेको छ । २०७८÷८÷१४ गते शिक्षा विकास तथा समन्वय इकाइले गण्डकी वोर्डिङलाई वुझाएको देखिन्छ तर जादुगरी ढंगबाट कोटेशन गराई विल समेत प्राप्त भएको देखिन्छ ।
अचम्म लाग्ने कुरा के छ भने २०७८ मंसिर १४ मा वुझेको वा १ झ ८६१५ को गाडीको कोटेशन २०७८ मंसिर १५ मा गरिएको र एक दिन भित्रै मर्मत भई भोली पल्ट मंसिर १६ गते मर्मतको विल रु. ६ लाख ६६ हजार २ सय उन्नाईस रुपैयाँको विल समेत प्राप्त भएको वोर्डिङले सूचना दिएको छ । पौने सात लाख खर्च आउने गरी विग्रिएको गाडी एकैदिनमा कोटेशन भई मर्मत समेत सकिएको र सोे को विल २०७८÷०८÷१६ गते नै पेश भएको कुरा रहस्यमय छ ढाँटेको कुरा हत्तार हत्तार मिलाउन खोज्दा गण्डकी वोर्डिङ प्रशासन चिप्लिन पुगेको छ यस विषयमा निस्पक्ष छानविन हुन जरुरी देखिएको छ ।

सम्झौता पत्र गायव पारियो

वोर्डिङले सरकारबाट सित्तैमा उपहार पाएको उक्त गाडीको मर्मत खर्चको कोटेशन पोखरा–९ नयाँ बजारको सनराइज अटो वल्डबाट लिएको छ । भ्याट वाहेक ५ लाख ८९ हजार ५ सय पचहत्तरको कोटेशनलाई गण्डकी वोर्डिङले २०७८ पुष २ गते सम्झौता गर्न आफ्नै लेटर प्याडमा पत्र तयार गरेको देखिन्छ । वा १ झ ८६१५ को गाडीको इञ्जिन ओभर अल गर्न दुवै पक्षको रोहवरमा सम्झोता गरी लियौं दियौं भन्ने व्यहोराको पत्र छ ।
विक्रेताको तर्फबाट सनराइज अटो वल्र्ड र विद्यालयको तर्फबाट प्रशासकीय अधिकृत लोक बहादुर थापाको नाम उल्लेख गरिएको सम्झौता पत्रमा साक्षीहरुमा प्राचार्य वीरेन्द्र खड्का, सह प्राचार्य द्धय यज्ञराज शर्मा, कृष्ण बहादुर थापा लेखा अधिकृत शंभुलाल श्रेष्ठ, क्याटरिङ अधिकृत विकास श्रेष्ठ, भण्डार अधिकृत बाल कृष्ण देवकोटा र सिनियर चालक वुद्धिसागर खनालको नाम उल्लेख छ तर साक्षीमा राखिएका ७ मध्य प्राचार्य वीरेन्द्र खड्का सहित ३ जनाले मात्र हस्ताक्षर गरेका छन् भने दुवै जना हसायक प्राचार्य कृष्ण बहादुर थापा र यज्ञराज शर्मा, लेखा अधिकृत शंभूलाल श्रेष्ठ र सिनियर चालक वुद्धिसागर खनाल समेतले हस्ताक्षर गरेका छैनन् । गण्डकी वोर्डिङले मंसिरमै कोटेशन भएको दावी गरे पनि चैत्रमा मात्र व्याक डेट लेखेर नक्कली कोटेशन बनाइएको चाल पाएपछि चार जनाले सम्झौता पत्रको साक्षीमा हस्ताक्षर गर्न नमानेको वताइएको छ । वहुमत साक्षीको असहमती पछि गण्डकी वोर्डिङले गर्न खोजेको कोटेशनको सम्झौता पत्र रहस्यमय ढंगले गायव पारिएको छ ।

                                                     भुक्तानी यसरी गरियो ।

गाडीको मर्मत खर्च २०७९ साउन १२ गते को मितिमा पहिला हस्ताक्षर नगर्ने मध्य लेखा अधिकृत शंभुलाल श्रेष्ठ बाहेकका अनुकुलका व्यक्तिहरुको हस्ताक्षर गराई रकम भुक्तानी दिने निर्णय गरी रकम दिइएको छ । किर्ते कोटेशन त्यो पनि व्याक डेटको वनाइएको आशंकामा परि पन्छिएका व्यक्तिहरुलाई वाइपास गरी भएको भुक्तानी प्रकृया त्रृटिपूर्ण र मिलेमतो गरिएको हुन सक्ने वुझिएको छ ।
वीस तीस हजारको समान किन्दा पनि कोटेशन लिने र सम्झौता गर्ने गण्डकी वोर्डिङको निति रहेको छ । सम्झौता पत्रमा सर्वसम्मत निर्णय हुने गरेमा गाडी मर्मत गर्दा लाग्ने झण्डै पौने सात लाख को सम्झौता वेलैमा नहुनु, पछि ल्याएको कोटेशनमा व्याक डेट उल्लेख गर्नुले गाडी मर्मत कार्यमा मिलेमतो गरिएको आशंकालाई यथार्थता तर्फ डो¥याउने प्रयास गरेको छ । विद्यालयका पुराना शिक्षक कर्मचारीहरुले विवादित कार्यमा मुछिन नचाहेका कारण प्राचार्य वीरेन्द्र खड्कालाई आवश्यक नै नपर्ने पुरानो गाडी ल्याएर मर्मत खर्च पुष्टि गर्न हम्मे हम्मे परेको छ । उनका वरिपरि घुम्ने केहि सिमित कर्मचारीका कारण प्राचार्य झन पछि झन विवादको फन्दामा पर्दै गएका छन् । गाडी मर्मत खर्च एउटा प्रकरण हो । त्यसमा निस्पक्ष छानविन गर्न प्रमुख जिल्ला अधिकारीले अग्रसरता लिनु उत्तम देखिनछ । जिल्ला प्रशासन कार्यालयका प्रमुख व्यक्ति प्र.जि.अ. नै सदस्य रहने गण्डकी वोर्डिङ स्कुललाई विवाद मुक्त बनाउन प्रजिअको सकृयता आवश्यक छ ।
करिव सय भन्दा बढी रुख विना स्वीकृति काटेर समिलमा वेच्ने प्रकरणका सम्बन्धमा पनि छानविन हुनु आवश्यक छ । सार्वजनिक गुठी विद्यालय भन्ने, कुस्त शुल्क उठाउने, वार्षिक डेढ करोड सरकारी अनुदान खाने, भवन निर्माण लगायतको खर्च सरकारी कोषबाट लिने विद्यालयले सिसौं, सिमल र चापका रुख विना स्वीकृति काटेर वाहिर वेच्ने कार्यमा कुन कानून आकर्षित हुन्छ त्यस त्यस विषयमा तत्काल छानविन हुन सकेन भने नेपालका कानून ठूला बढा जानुन् भने झै हुन जान्छ ।
उत्तर पुस्तिका साट्ने र फेललाई पास पासलाई फेल बनाउने काण्डको स्वतन्त्र, निस्पक्ष छानविनबाट के परिणाम निस्किन्छ हामी त्यसको व्यग्र प्रतिक्षामा छौं । प्रतिवेदन सार्वजनिक गर्ने तर्फ हामीले प्रकृया अगाडि बढाएका छौ नियमानुसार हुने अपेक्षा राखिएको छ । दोषीको हो ? भन्ने आम जनताको उत्सुकता मेटाउने हाम्रो अभियान जारी छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: