रोयल्टी नतिरी दर्जनौ टिप्पर ग्रावेल कहाँ लगियो ?

सराङकोट न्यूज
11 November, 2022 6:28 pm
Advertisements

पोखरा

पोखरा–३३, छप्ल्याङ स्थित पुँडी बाटो निर्माणका ठेकेदारले महानगरपालिकालाई रोयल्टी (कर) दस्तुर समेत नतिरी ग्रावेल विक्री गरेका छन् । गतवर्षको बाटो योजना चलेकोमा बाटोबाट निकालिएको झण्डै सय ट्रिपर ग्रावेल विक्रिका लागि वाहिर पठाइएको बुझिएको छ । ट्रिपर ग्रावेल लोडका लागि जेसीवी आइतबार र सोमबार विहानी देखि साँझसम्म प्रयोग गरिएको थियो ।
१० घनमिटरका ट्रिपरमा लोड गर्दै लगिएका ग्रावेल कहाँ कति मूल्यमा बेचिएर गायव पारियो त्यो भने एकिन हुन सकेको छैन । महानगर मौन छ । पुँडीमा रहेको प्रहरी चौकी मौन छ । महानगरले गिट्टी वालुवाको न्यूनतम रोयल्टी दर तोकेको छ । तर कार्तिक २० र २१ गते छल्या·बाट उठाएर विक्रि गरेको ग्रावेलबाट कति राजस्व उठ्यो ? उक्त ग्रेवल त्यहाँबाट कसले लग्यो भन्ने बारेमा कसले खोजी गर्ने ?
स्थानिय प्रत्यक्षदर्शीका अनुसार त्यहाँको बाटो खन्ने क्रममा निस्किएको ग्रावेलकसर कमानी र सेती खोला हाइड्रो पावर कम्पनीले लगेको बताएका छन् ।
बाटोका ठेकेदारहरुले गलत बाटोबाट ग्रावेल तस्करी गर्ने गरेको बताइएको छ । तर पनि न महानगर र वडाको ध्यान गएको छ न प्रहरी प्रशासनको नै चासो देखिन्छ ।
पोखरा–३३, नम्बर वडामा कहिले वन तस्करी, कहिले जग्गा कब्जा त छ नै ग्रावेलको अवैध ओसार पसार समेत हुने गरेको घटना यो नौलो होइन । यस बारेमा वडा नं. ३३ का वडा अध्यक्षसँग सम्पर्क गर्न प्रयास गर्दा उनको मोवाइल उठेन ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: