सूचनाको हकले खोलेको रहस्य, देवघाटका जनप्रतिनिधिले खान्छन् तेहरो सुविधा

यदुनाथ बन्जारा
8 February, 2023 12:00 am
Advertisements

पोखरा

जनप्रतिनिधिहरु कर्मचारी भन्दा खर्चिला, भड्किला र सुविधा भोगी हुने गरेको खुल्दै गएका छन्् । सूचनाको हक प्रयोग गरी पाएको सूचना विवरणले त्यस्तो पुष्टि गरेको छ । सेतो हात्ती जस्तो गरी जनताले तिरेको कर राजस्वबाट जनप्रतिनिधिलाई पाल्नु पर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरिएका छन् । अघिल्लो अंकमा गण्डकी प्रदेशको कावासोती नगरपालिकाका जनप्रतिनिधिले मात्र वार्षिक सुविधा भत्ता वापत दुई करोड रुपैयाँ खर्च गर्ने गरेको रिपोर्ट सार्वजनिक गरेका थियौं । यस पटक देवघाट

गाउपालिकाको एक रिपोर्ट :

तनहुँको पश्चिम दक्षिण दिशामा रहेको छ देवघाट गाउँ पालिका । यस गाउँपालिकामा ५ वटा वडा रहेका छन् । नारायणी तट देखि चितवन वारी देवघाट गाउँपालिका रहेको छ । गत स्थानिय चुनावमा तिल बहादुर थापा अध्यक्ष र भुवनसिंह गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन्।
पालिका भित्र २ वटा चार पा·े मोटर रहेको छ भने २१ वटा मोटर साइकल र १ वटा स्कुटर खरिद भई संचालनमा रहेको पालिकाले उपलब्ध गराएको सूचनामा उल्लेख गरिएको छ ।
२१ वटा मोटरसाइकल मध्य पालिका अध्यक्ष तिलबहादुर थापाले लु ९१ प २१५४ र उपाध्यक्ष भुवन सिंह गुरुङले ग ९० प १६२ नम्वरको मोटरसाइकल जिम्मा लिएका छन् । कार्यालयमा रहेको ग १ झ ३१८ नम्वरको सरकारी जिप महेन्द्रा पिक अप पनि रहेको छ । यो जीप पनि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले चढ्ने गरेको कार्यालयका प्रमुख प्रसाशकीय अधिकृत रमेश सुवेदीले बताएका छन् । उक्त पिकअप जीपले श्रावण देखि पुष मसान्त सम्म मात्र १८४० लिटर तेल खाएको खर्च विवरण प्राप्त भएको छ । हालको मुल्यदर अनुसार ३ लाख १२ हजार रुपैयाँ हुन आउँछ २४ वटा सवारीको इन्धनमा कति खर्च गरे होलान् त्यसको विवरण खोज्न बाँकी नै छ ।

यस्तो छ तेहरो सुविधा

देवघाट गाउँ पालिकाका अध्यक्षको नाममा लु ९१ प २१५४ नम्वरको मोटरसाइकल छ । प्रतिमहिना ९० लिटर इन्धन लिन्छन् । इन्धन डिजेल हो कि पेट्रोल खुलाइएको छैन । डिजेलको मूल्य हिसाव गर्दा १५ हजार ३ सय पर्छ । यस्तै ३ महिनामा ५ लिटर मोविल लिन्छन् । त्यसको करिव ४ हजार पर्छ । उपाध्यक्षको पनि सुविधा यहि छ । त्यतिले पनि नपुगेर अध्यक्षले मासिक ७ हजार यातायात खर्च र उपाध्यक्षले १२ हजार यातायात खर्च लिने गरेको प्राप्त सूचनामा जनाइएको छ ।
त्यसका अलावा पत्रपत्रिका इन्टरनेट सुविधा शिर्षकमा ५ हजार, टेलिफोन तथा मोबाइल रिचार्ज ४ हजार र अतिथि सत्कार सुविधा शिर्षकमा १० हजार खर्च यस्तै अनुगमन सुविधामा ९ हजार, समन्वय सहजिकरण सुविधा ७ हजार, गरी अध्यक्षले मासिक ५८ हजार ८०० रुपैयाँ नगद सुविधा लिने गरेको पालिकाले उपलब्ध गराएको सूचनामा जनाइएको छ । उपाध्यक्षले पनि मासिक ५८ हजार ८ सय रुपैयाँ सुविधा लिने गरेका छन् । त्यतिमात्र हैन प्रति वैठक भत्ता रु. एक हजारका दरले बुझ्ने गरेका छन् भने हिड्डुल खर्च अर्थात् दैनिक भ्रमण भत्ता १८ सय रुपैयाँ अध्यक्षले १६ सय उपाध्यक्षले, वडा अध्यक्ष, कार्यपालिका सदस्ये र गाउँसभा सदस्यले दैनिक भ्रमण भत्ता १५ सय पाउने गरेका छन् ।
देवघाट गाउँपालिका जनप्रतिनिधिहरुले यातायात सुविधा नगदमा बुझेर पनि मासिक ९० लिटर इन्धन, मोटर साइकल लिएका छन् त्यस बाहेक महेन्द्रा जीपमा मासिक १८४० लिटर तेल इन्धन खर्च गरेको देखाइएको छ । यो त्रिपक्षीय सुविधा खर्च कानुन वमोजिम हो होइन भन्ने बारेमा राज्यका निकाय, अख्तियार लगायतले छानविन गरी सत्य तथ्य बाहिर ल्याउन जरुरी देखिएको छ ।
पालिकामा हुने विकास खर्च भन्दा सामान्य खर्चको चित्र डरलाग्दो देखिन्छ । जनप्रतिनिधि जनताको सेवा गर्न गएको हुन् कि आफ्नै सुविधा भोग गर्न भन्ने बारेमा अव क्लिएर हुनु पर्छ । चुनावलाई महंगो बनाउने राज्यको ढुकुटी रित्याउने गरी हुने सुविधा खर्च कटौती गर्नु पर्छ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: