कुलेश्वर मा.वि. काठमाडौंमा विव्यसको मनोमानी, प्रा.वि. शिक्षकलाई प्रधानाध्यापक बनाई मा.वि.को तलव सुविधा

सराङकोट न्यूज
15 February, 2023 11:44 am
Advertisements

पोखरा

सामुदायिक विद्यालयहरुमा गठन हुने विद्यालय व्यवस्थापन समिति विदालय व्यवस्थापन गर्नुको साटो कानुन विपरित अधिकार प्रयोग गरी मनोमानी कार्यशैली अपनाएर आर्थिक अनियमितता गर्ने गरेको पाइएको छ । सरकारी लगानीमा सञ्चालित सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन हुँदाकै वखतमा राजनीतिक चलखेल गर्ने र त्यसरी बनेको समिति र विद्यालयका प्रधानाध्यापक मिलेर विद्यालयको आर्थिक हिनामिना गर्ने गरेको पाइएको छ ।
यसै हप्ता मुगुको लोकप्रिय मा.वि.का विव्यस अध्यक्ष सुनिता रावल विरुद्ध विद्यालय कोषको रकम हिनामिना गरेको आरोपमा विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको छ । यस्तै चितवन कालिका नगरको भिमोदय नुमना मा.वि.का प्र.अ. हरिप्रसाद कंडेल विरुद्ध झुट्टा सर्टिफिकेट पेश गरी जागिर खाएको आरोपमा मुद्दा दायर भएको छ ।
पछिल्लो हप्ता काठमाडौं महानगरपालिका वडा नं. १४ मा रहेको कुलेश्वर माध्यमिक विदालयले विद्यालय कोषको रकम दुरुपयोग गरेको खुल्न आएको छ । उक्त विद्यालय को व्यवस्थापन समिति र प्रधानाध्यापक मिलेर नियम विपरित निर्णय गरी विद्यालय कोषको रकम दुरुपयोग गरेको पाइएको हो । हामीलाई प्राप्त सूचना अनुसार कुलेश्वर मा.वि. काठमाडौंं १४ मा मा.वि. तहको पढाई हुन्छ । उक्त विद्यालयमा ४ सय वढि विद्यार्थी अध्ययन गर्छन् । उक्त विद्यालयमा २ जना मा.वि. दरवन्दी स्थायी शिक्षक, २ जना मा.वि. राहत दरवन्दी शिक्षक, निमावि स्थायी २ जना र प्रा.वि. तह दरवन्दीमा ६ जना शिक्षक कार्यरत छन् मा.वि. तहमा मा.वि. दरवन्दीकै शिक्षक प्रअ हुनु पर्छ तर प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलेमतोमा प्रा.वि. तहका शिक्षक सानु कान्छा नेपाललाई विगत ९ वर्ष देखि प्रधानाध्यापक नियुक्त गरिएको छ । प्रा.वि. शिक्षकलाई मा.वि. को प्र.अ. बनाई मा.वि. द्धितीय श्रेणीको तलब स्केल खुवाउने गैह्रकानुनी निर्णय गरिएको भेटिएको छ ।
विद्यालय व्यवस्थापन समितिले २०७१ साल चैत्र २८ गते निर्णय समेत गराई प्रा.वि. शिक्षक सानुकान्छा नेपाललाई २ तह माथिको सुविधा खुवाई विद्यालय कोषको हिनामिना गरेका पाइएको हो । विद्यालय व्वस्थापन समितिका अध्यक्ष जगन्नाथ सुवेदी रहेका छन् ।
२०७१ चैत्र देखि हाल सम्म कुलेश्वर मा.वि.ले प्रा.वि. दरवन्दी शिक्षकलाई दुई तह माथिल्लो तहको तलव सुविधा खुवाएको छ । यि दुई तह ग्यापको तलवमा मासिक १५ हजार बढी हुन आउँछ । वार्षिक झण्डै दुई लाख रुपैयाँ नियम विपरित गई बढि खर्च भएको छ ८ वर्ष सम्म अवधिमा यो झण्डै १५ लाख रुपैयाँ बढि खर्च देखिन्छ ।
मा.वि. तका शिक्षक, सोही विद्यालयमा दुई स्थायी र २ राहत समेत गरी ४ जना हुँदा हुँदै प्रा.वि. दोस्रो श्रेणीको शिक्षक सानुकान्छा नेपाललाई मा.वि. को प्र.अ. बनाउनु र निर्णय गराएर प्रा.वि. शिक्षकलाई मा.वि. दोस्रो श्रेणीको तलव खुवाउनु लाई संयोग मान्न सकिदैन यस विषयमा राज्यका निकायको निस्पक्ष छानविनको आवश्यकता औंल्याइएको छ ।
नेपालको कानुनले विद्यालयको प्र.अ. भत्ता स्वरुप पाँच सय रुपैयाँ दिएको छ । तर कुलेश्वर मा.वि.ले नपाएको पगरी जर्वजस्ती पाएझै गरी कानुन विपरित भत्ता सुविधा दिने लिने कार्य गरी सार्वजनिक कोषको रकम हिना मिना गर्ने दुस्साहस गरेका छन् । अध्यक्ष र प्र.अ. दुवै ठूलो दल आवद्ध कार्यकर्ता रहेको कारण उनिहरु विरुद्ध कसैले वोल्न साहस नराख्ने गरेको वताइन्छ ।
विद्यालयको नाममा रहेको कुलेश्वर फलफूल वजार छेउमा रहेको सटर कवल र स्कुलको पुरानो भवन भाडामा लगाएर मासिक १ लाख ५१ हजार आम्दानी गर्ने गरेको विद्यालयले हामीलाई दिएको सूचनामा जनाइएको छ । सटर कवल भाडामा लगाउँदा खरिद ऐन विरुद्ध गरेको, विद्यालयमा कर्मचारी राख्दा विज्ञापन नगरी अध्यक्षको घरमा काम गर्ने महिलालाई सिधै नियुक्ति दिएको स्रोतले बताएको छ यस विषयमा अख्तियारले गर्ने छानविन पछि सत्य तथ्य बाहिर आउने विश्वास लिएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: