भान्साको बमबाट होसियार ! ग्याँस किन्दा एक्सपाइरी मिति हेरेर मात्र किनौं

यदुनाथ बन्जारा
23 February, 2023 11:39 pm
Advertisements

पोखरा

खाना पकाउने ग्याँसलाई भान्सामा राखिएको बम भन्न सकिन्छ । सिलिण्डर बमको रुपमा राखिएको ग्याँस जुनसुकै वेला पड्कन सक्छ त्यसबाट गंभिर नतिजा आउँछ धनजनको क्षति हुन पुग्छ । संयौ पटक ग्याँस सिलिण्डर विस्फोट भइसकेको छ ति मध्य धेरै विस्फोट र क्षतिका विवरणहरु सार्वजनिक नभई विलाएर जाने गरेका छन् भने देशका महत्वपूर्ण व्यक्ति, ठूला र चर्चित पात्रहरुको घर, निवासमा भएका विस्फोटका घटना र क्षतिका विवरणहरु मात्र बाहिरिने गरेका हुन् । ग्याँस विस्फोटका घटना कहाली लाग्दो हुने गर्छ ।
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको निवासमा फागुन ४ गते ग्याँस सिलिण्डर विस्फोट भयो । सिलिण्डर विस्फोटका कारण भण्डारीले आमा गुमाउनु परेको छ भने उनि स्वयम् मुम्वईको एक वर्निङ उपचार हस्पिटलमा उपचार गरिरहेका छन् । केहि वर्ष मात्र अघि काठमाण्डौंमै एक जना माननिय सांसद ग्याँस सिलिण्डर विस्फोटनमा परेकि थिइन् ।
ग्याँस विस्फोटन हुनुको कारण र रोकथाम बारे राम्रोसँग अध्ययन र क्षति न्यूनिकरणको प्रयास भएको छैन। हवाई जहाज दुर्घटना हुँदा सरकार छानविन समिति बनाउन हतारिन्छ तर पनि दुर्घटना न्यूनिकरण भएको छैन । ग्याँस सिलिण्डर दुर्घटना न्यूनिकरण गर्न त्यति गाह्रो भने छैन । ग्याँस भर्ने कम्पनी र ग्याँस विक्रेतालाई पूर्ण जिम्मेवार बनाउन सकेमात्र पनि दुर्घटना न्यूनिकरणलाई ५ प्रतिशतमा झार्न सकिन्छ ।

दुर्घटनाका कारण

ग्याँस सिलिण्डर भर्नु अघि रिफिलिङ प्लान्ट कम्पनीहरुले राम्रो सँग हाइड्रोलिक टेस्ट गरेर भरेपछि पहिलो पटक १० वर्षको मिति राखिन्छ । दश वर्षपछि दोस्रो प्रेसर टेस्ट पास भएपछि वढिमा ५ वर्ष मात्र मिति थप्ने र तेस्रो पटकको टेस्टमा ३ वर्ष र अन्तिम पटकको टेस्टमा पास भएमा २ वर्षको खपत मिति राखेर ग्याँस भर्ने निति ल्याई प्रभावकारी कार्यान्वयनमा जानु उपयुक्त मानिन्छ ।
नेपालका ग्याँस रिफिलिङ प्लान्ट कम्पनीहरुले जनजोखिमप्रति ध्यान दिएको पाइँदैन । हाइड्रोलिक टेस्ट समेत शंकास्पद मानिन्छ । दोस्रो तेस्रो पटक सिलिण्डरको डेट थप्दा १०–१० वर्ष नै थपेको पाइन्छ त्यसका कारण बुढो सिलिण्डरले जोखिम बढाइरहेको छ फलामको रसायनको पनि आयु हुन्छ। उमेर छिप्पिदै जाँदा जडित रसायनको पनि क्षमता क्षिण हुँदै जान्छ जडान कमजोर हुन जान्छ र जडान भएकै ठाउँबाट विस्फोट हुने गर्छ ।
त्यति मात्र हैन दुर्घटनाको अर्का कारण गुणस्तरहिन रेगुलेटर र ग्याँस पाइप हो । सस्तो प्रतिस्पर्धाको रुपमा रहेको व्यापारका कारण गुणस्तरहिन रेगुलेटर र पाइप बजारमा विक्रि गर्ने गरिन्छ । ग्राहकले गुणस्तर चिन्दैनन् व्यापारीले त्यहि गुणस्तरहिन रेगुलेटर र पाइप भिडाउँछन् ग्राहकलाई कमसल समानमा फाइदा बढि हुन्छ त्यहि कारण अधिकांस व्यापारीहरु कमसल समान विक्रि गर्छन् ।

ग्याँस सिलिण्डर दुर्घटना किन हुन्छ ?

ग्याँसको म्याद कसरी थाहा पाउने भन्ने बारेमा सराङकोट साप्ताहिकले दश वर्ष पहिला नै समाचार प्रकाशन गरेको थियो । भारत सरकारले दिएको सचेतनामूलक रिपोर्ट अध्ययन गरेर हामीले त्यो रिपोर्ट बनाएका थियौ । ग्राहकमा त्यसले केहि सचेत बनायो तर आम नागरिकले त्यस तर्फ चासो दिएनन् । ग्राहकलाई ग्याँस सिलिण्डर भए भयो । त्यसमा तौल पुरा छ कि छैन म्याद अवधि कायम छ कि छैन भन्ने वारेमा खासै चासो दिएनन् । त्यहि कारण उद्योगीलाई व्यापारी लाई सहज भयो । यति सम्मकी कतिपय ग्याँस विक्रेता व्यापारीहरुलाई समेत ग्याँसको म्याद कहाँ लेखिएको हुन्छ भन्ने समेत जानकारी छैन । सरकारले उपभोक्ता अधिकारकर्मी र मिडियाले ग्याँसको म्याद, रेगुलेटर पाइपको गुणस्तरका वारेमा जानकारी गराउनु पर्छ सचेतना फैल्याउनु पर्छ ।

यसरी हेर्ने ग्याँसको म्याद

ग्याँस सिलिण्डरको रेगुलेटर राख्ने वरिपरि ओदान जस्तै देखिने ३ वटा चेप्टो पिलर हुन्छ । पिल्लर लाई धान्ने गरी गोलो फलामे पांग्रो जोडिएको हुन्छ । जोडिएको पांग्रोलाई नेकरिङ भनिन्छ भने पिंधको वाटुलो भागलाई फुटरिङ भनिन्छ ।
तीनबटा ओदाने पिल्लर मध्य एउटा पिल्लरमा केहि लेखिएको हुँदैन । वाँकी दुई पिल्लर मध्य एउटामा ग्याँस सिलिण्डरको तौल लेखिएको हुन्छ ।
अर्को पिल्ल्रको भित्रपट्टी एउटा अल्फावेट र त्यसको सँगै २ अंक लेखिएको छ । अंग्रेजी अल्फावेट A-B-C र D लेखिएको हुन्छ । अंग्रेजी अक्षर’A’ लेखिएको छ भने अंग्रेजी सम्वत्का सुरु तीन महिनालाई जनाउँछ अर्थात् तपाईको ग्याँस सिलिण्डरको पिल्लरको भित्रि भागमा १–२५ लेखिएको छ भने २०२५ साल मार्चसम्म त्यो ग्याँसको म्याद हो भन्ने बुझिन्छ । यस्तै B–27 लेखिएको छ भने मार्च पछिका तीन महिनाको ग्याँस सिलिण्डरको अन्तिम प्रयोग म्याद हो । यस्तै C-27 लेखिएको छ भने जुन पछिका तीन महिनाको अन्तिम महिना सेप्टेम्वर २०२७ साल अन्तिम महिना हो भन्ने बुझ्नु पर्छ । र अन्त्यमा D-23 लेखिएका छ भने सेप्टेम्वर पछिका ३ महिनाको अन्तिम महिना डिसेम्बर २०२३ साल ग्याँस प्रयोग गर्ने अन्तिम म्याद हो भन्ने बुझेर हेरेर मात्र २–४ वर्ष म्याद कायम रहेको ग्याँस किन्नु पर्छ । सम्भव भए सम्म र पाएसम्म A-B-C-D जुन भएपनि हुन्छ सालचाही 28-29-30 जति सक्दो पछिको किन्नुलाई सुरक्षित मान्न सकिन्छ ।
अहिले A-23 इ.सं. २०२३ चलिरहेको छ । A-23 लेखिएको ग्याँस घरमा छ भने त्यो अन्तिम म्याद हो त्यसलाई “नियर एक्स्पाइटी डेट” भनिन्छ त्यसमा जोखिम बढि हुन्छ । अव ग्याँस भर्दा हाइड्रोलिक टेस्ट गरिन्छ फुट्यो भने भरिन्न फुटेन भने फेरि म्याद बढाएर लेखिन्छ र ग्याँस भरेर बजार पठाइन्छ । त्यसैले ग्याँस सिलिण्डर किन्दा, सट्टा गर्दा म्याद हेरेर बढि साल पछि लेखिएको मात्र किन्ने गरौं र ग्याँसलाई भान्साको वम नबनाउ, गुणस्तरीय रेगुलेटर, पाइप जोडौं हावा आवात जावत गर्ने ठाउँमा ग्याँस राखौं ।
बजारमा कसैले म्याद नाघेको विक्रि गरेको पाइयो भने प्रहरी, प्रशासन र नापतौल तथा गुणस्तर कार्यालय वा हामीलाई जानकारी गराऔं । सचेत नागरिक बनेर सुरक्षित जीवन बाचौं ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: