प्रेस काउन्सिलले सार्वजनिक गर्‍यो आ.व. २०७७/०७८ को वर्गिकरण मूल्याड्ढनको नतिजा

सराङकोट न्यूज
18 April, 2023 6:34 pm
Advertisements

पोखरा

पत्र पत्रिकाका नियमनकारी संस्था प्रेस काउन्सिल नेपालले आ.व. २०७७/०७८ को वर्गिकरण मुल्याङ्कनको नतिजा सार्वजनिक गरेको छ। देशभरबाट आवेदन दिएका ८६८ वटा पत्रपत्रिकाहरुका वर्गिकरण नतिजा सार्वजनिक भएको हो । वर्गिकरण नतिजा अनुसार ‘क’ वर्गमा २४५ वटा ‘ख’ वर्गमा ३४८ वटा ‘ग’ वर्गमा १११ वटा र ‘घ’ वर्गमा १७ वटा पत्रपत्रिका वर्गिकृत भएका हुन् । आवेदन दिएका मध्य १४७ वटा पत्रपत्रिकाको अंक तथा कागजात नपुगेको कारण वर्गिकरण स्थगनमा परेका पत्रकारहरुले १५ दिन भित्र पुनरावलोकनका लागि निवेदन दिन सकिने जनाएको छ ।

कास्कीको नतिजा

गण्डकी प्रदेशबाट प्रकाशन हुँदै आएका ५१ वटा समाचार मुलक पत्रिका र १ वटा साहित्यिक विधाका पत्रिका वर्गिकरणमा परेको छ । ति मध्य दैनिक तर्फ आदर्श समाज राष्ट्रिय ‘क’ वर्गमा परेको छ । भने साप्ताहिक तर्फ सराङकोट साप्ताहिक प्रदेश तर्फ ‘क’ वर्गमा पर्ने एकमात्र पत्रिका रहेको नतिजाले बताएको छ । कास्कीबाट ७ वटा मात्र पत्रिका वर्गिकरणमा परेकाछन्। जसमा आदर्श समाज राष्ट्रिय ‘क’ सराङकोट साप्ताहिक प्रदेश ‘क’ समाधान दैनिक प्रदेश ‘क’ पोखरा पत्र प्रदेश क वर्गमा परेका छन भने हटलाइन दैनिक स्थानीय क फेवा पोष्ट साप्ताहिक स्थानीय क र आरसी टाइम्स साप्ताहिक स्थानीय ‘ख’ वर्गमा वर्गिकृत भएका छन् ।
गण्डकी प्रदेशका ११ जिल्ला मध्य पूर्वीनवलपुर र मनाङबाट कुनै पत्रिका वर्गिकरणमा परेका छैनन् । ति बाहेक कास्कीका ७, गोरखाका ४, तनहुँका ९, पर्वतका ११, बागलुङका ६, मुस्ताङको १, म्याग्दीका ४, लमजुङको ७ र स्याङ्जाको ३ गरि ५ जम्मा ५२ वटा पत्रपत्रिका वर्गिकृत भएका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: