फेवाताल कि जलकुम्भी ताल ? सवा करोडको मेसिनको बेहाल

सराङकोट न्यूज
4 July, 2023 12:08 pm
Advertisements

पोखरा

फेवाताल पोखराको गहना हो । फेवातालले पोखराको पर्यटनलाई उठाउन मद्दत गरेको छ । पोखराको पर्यटन व्यवसायलाई फेवाताल कोसे ढुंगा सावित भएको छ । यति सुन्दर प्रकृतिको उपहार संकटमा पर्दै गएको छ । मानव अतिक्रमणको चपेटामा परेर फेवातालले आफ्नो आकार खुम्च्याउँदै लगेको छ ।
मानविय आक्रमणको सिकारको अलावा प्रकृतिको आक्रमण थप कारण बन्दै गएको छ । जलाधार क्षेत्रबाट आउने माटो, ग्रेवलले ताललाई पुर्दै लगेको छ । यतिखेर फेवाताल जलकुम्भी घाँसको चपेटामा परेर बेरुप बनेको छ । तालको अस्तित्व नै लोप बनाउने गरी जलकुम्भीले फेवाताललाई घुम्टो हालेर अनुहार लुकाउन खोजेको छ ।
फेवाताललाई पोखरेलीले साँचो अर्थमा गरेको माया यहि हो त ? जलकुम्भी झार फाल्न पोखरेलीले नसक्ने भएकै हुन त ? पोखरा महानगरपालिकाको वडा नं. ६ मा रहेको फेवाताल व्यवसायीहरुलाई फेवातालको कुरुप दृश्यले किन छुन सकेन ? यो एउटा गंभिर प्रश्न बनेको छ । पोखराको गहना फेवातालको मुख्य संरक्षक भनेको पोखरा महानगरपालिका नै हो । तर महानगरपालिकाको मौनता थप रहस्यमय बनेको विषय वनेको छ आखिर किन ?
सिरान तिरबाट कंक्रिटले पुरेर प्लटिङ बन्दै छ । फेवाताललाई सक्ने खेती गर्न भूमाफियालाई ठेक्का दिएको सहजै बुझ्न सकिन्छ । चौतर्फी हमलामा परेको फेवाताल संरक्षणमा कसले योगदान गर्ने । सरकारले गठन गरेको ताल प्राधिकरणले सेतो हात्ती बनेर जागिर पकाईरहेको छ । ताल सकिन लाग्दा प्राधिकरण कुम्भकर्ण निन्द्रामा परेको अवस्था छ । यसबाट प्राधिकरणको औचित्य के भन्ने प्रश्न उव्जेको छ ।

सवा करोडको मेसिन नै विरामी

फेवातालको जलकुम्भी झार सफा गर्न भनेर केहि वर्ष पहिला मेसिन किनिएको थियो । उक्त मेसिनले दैनिक हजारौं किलो जलकुम्भी निकाल्ने लक्ष राखेर १ करोड २५ लाख रुपैयाँमा किनिएको मेसिन अहिले ताल किनारमा अलपत्र भएर बसेको देखिन्छ । जलकुम्भी झारले मेसिनलाई पुर्न लागेको छ। किन चलाइएन मेसिन भन्ने बारेमा नाजवाफ छ महानगर । मेसिन चलाउन जान्ने चालकलाई नगर प्रहरी बनाइएको कारण मेसिन थन्किएको विश्वस्त स्रोतले बताएको छ ।
“राइट पर्सन राइट प्लेस” नीति लागु गरे मात्र महानगर सफल हुन्छ विज्ञहरु भन्छन् तर दर्जनौं सल्लाहकार रहेको पोखरा महानगरले स्पष्ट भिजन दिन नसकेको चर्को आलोचना खेपिरहेको छ ।

 

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: