स्थानिय सरकारको अलपत्रे बिकाश बगरको योजनामा समय सकियो योजना बेहाल

सराङकोट न्यूज
30 July, 2023 8:12 am
Advertisements
पोखरा महानगरपालिकाले ७७लाख ३३हजारमा सम्झौता गरेको नाला तथा फुटपाथ स्ल्याब निर्माण कार्यको ठेक्का अलपत्र अबस्थामा रहेको देखिन्छ । पोखरा महानगरपालिका वार्ड नम्बर १बगर स्थित धोबिगौडा मानसडकको योजना निर्माण कार्य  बेहाल अबस्थामा रहेको यो तस्वीरले बताउछ ।
स्काई कन्स्ट्रक्सन एन्ड बिल्डर्स नयाबजार पोखरा र महानग बिच २०७९ माघ २६ गते सम्झौता  भइ कार्यादेश दिइएको थियो । योजना सम्पन्न गर्ने  मिति २०८० असार १५ गते सम्मको रहेकोमा साउन दोस्रो हप्ता पुग्दा सम्म अलपत्र अबस्थामा  रहेको पाइएको छ ।
उक्त सडकमा नाला तथा फुटपाथ निर्माण  कार्य अलपत्र हुदा सडक प्रयोगकर्ता मात्र नभइ सडक आसपासका स्थानीयहरु असुबिधा महसुस गर्न बाध्य  भएको गुनासो गरेका छन । योजना ठेकेदारलाइ जिम्मा लगाउने तर कार्य प्रगतिको बारेमा अनुगमन र नियमन गर्न नसक्दा राज्यको लगानिमा भद्दा सिकायत हुँदै आएको छ ।
योजना निर्माण कार्यमा भएको ढिलाइ हुनुमा वडाका जनप्रतिनिधि र प्राबिधिक कारक तत्व रहेको पाइएको छ । वडा नम्बर एकका वडा अध्यक्ष  साहारा प्रधान अलपत्र  योजनाको म्याद थप गरिएको बताउछन । काम नसक्नेलाई  कारबाही  गर्नुको सट्टा पुरस्कार स्वरुप म्याद थप गरिदा ढिलासुस्तीको रोगलाइ मलजल भएको छ । योजना दिनु मात्र राज्यको कर्तब्य नभै बेलैमा गुणस्तरीय  काम सकाउनु  मुख्य दायित्व हो भन्ने बुझ्नु आवश्यक  छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: