अबदेखि पोखरामा ट्याक्सि मिटरमा चल्न सुरु , नचल्ने ९ ट्याक्सीलाई कारबाही सिफारिस

सराङकोट न्यूज
19 August, 2023 12:21 pm
Advertisements

 

पोखरा    पटकपटक ट्याक्सिमा मिटर चालु  गर्न सरकार   विभिन्न कारणले गर्दा असफल भएपनि   यसपटक भने पोखरा उपत्यकाभित्र सञ्चालन हुने ट्याक्सी भाद्र १ गते देखि मिटरमा चल्न सुरु गरेका  छन् ।
गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेको पाइएको हो । प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सवारीले ट्याक्सीलाई मिटर अनिवार्य गरेको हो ।
यात्रु बोकेर चलाइ रहेका रहेका ट्याक्सिमा चालकले मिटर चलाएको वा नचलाएको बारे चेकजाच तथा  अनुगमनका लागि भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जाली आफैँ सडकमा निस्केका थिए। यसरी  अनुगमनका लागि सडकमा  मन्त्री आफै खटिएको  सायद यो दोस्रो  पटक हो, यस अघि मन्त्री  कुमार खड्काले पनि रोडमै आएर अनुगमन  गरेका थिए ।पोखराको औद्योगिक क्षेत्र, विमानस्थल प्रवेशद्धार तथा पृथ्वीचोकलगायतमा स्थानमा बिहानदेखि नै मन्त्रालय, यातायात कार्यालयका कर्मचारी सहित ट्राफिक प्रहरी अनुगमनका लागि खटिएका थिए ।
पर्यटकीय सहर पोखरामा मिटरमा ट्याक्सी सञ्चालनका लागि वर्षौंदेखि पहल भए पनि कार्यान्वयन हुन सकेको थिएन । विसं २०७७ मा नै यहाँका अधिकांश ट्याक्सीमा मिटर जडान गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन । मिटरमा ट्याक्सी नचल्दा यात्रु ठगिएको र चर्को भाडा तिनुपर्ने परेको व्यापक गुनासो आएको थियो ।
यातायात व्यवस्था कार्यालयका कास्कीका  प्रमुख डिल्लीराम रिजालले कार्यान्वनयको पहिलो दिनमा अधिकांशले ट्याक्सी मिटरमा सञ्चालन गरेको पाइएको बतार । रिजालका अनुसार विविध कारण देखाएर सञ्चालनमा नभएका केहि ट्याक्सी चालकलाई सचेत गराइएको र प्रत्येक दिन ट्राफिक प्रहरी सग समन्वयन गरि विभिन्न खाले चेक जाँच गरिने र यसलाइ निरन्तरता दिदै जाने जानकारी गराउदै आगामी दिनमा प्रभावकारी कार्यान्वयन गरिने
 बताइएको छ ।
यातायात व्यवस्था कार्यालय सवारीले साउन ३० गते सार्वजनिक सूचना जारी गरी भदौ १ गतेदेखि अनिवार्यरुपमा विलिङसहितको मिटर जडित ट्याक्सी सञ्चालन गर्न र मिटरमा बिलअनुसारको भाडा लिने गरी सेवा सञ्चालन गर्न सूचना निकालेको थियो । कार्यालयले मिटरमा नहिँड्ने ट्याक्सी चालकलाई कारबाही हुनेसमेत स्पष्ट पारेको छ ।
कार्यालय प्रमुख रिज्यालले भन्नुभयो, “पोखरामा ट्याक्सी मिटरमा सञ्चालन हुन सुरु भयो, राम्रोसँग कार्यान्वयन भएको पाइएको छ, मिटरमा सञ्चालन भए नभएको बारेमा नियमित अनुगमन गर्ने गरी समिति बनाएका छौँ ।” ट्याक्सी मिटरमा चल्नका लागि प्रदेश सरकारले भाडासमेत तोकेको छ । समायोजन गरेको पछिल्लो भाडाअनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुआती( फ्ल्याग डाउन) रु ८० र त्यसपछि प्रतिदुई सय मिटर बराबर रु १० कायम गरिएको छ । त्यसैगरी १५ किमीभन्दा बढी यात्रा गर्दा प्रतिकिमी रु ३७।५० का दरले भाडा लिनुपर्नेछ ।
मन्त्री जुग्जालीले प्रदेश सरकारले विसं २०७७ मा ट्याक्सी मिटरमा सञ्चालन गर्न सुरु गरे पनि लागू नभएको बताउनुभयो । उहाँले अब लागू गरेरै छाड्ने प्रतिबद्धता जनाए । मन्त्री जुग्जालीले भने, पहिला किन लागू भएन भनेर समेत हामीले समीक्षासमेत गरेका छौँ, अहिले लागू भएरै छाड्छ ।
चालक मिटरमा चले नचलेको अनुगमनका लागि मन्त्रालय, यातायात कार्यालय, जिल्ला प्रशासन र ट्राफिक प्रहरीको प्रतिनिधित्व हुने गरी अनुगमन समिति बनाइएको जानकारी मन्त्री जुग्जालीले दिनुभयो । ट्याक्सी चालकले समेत मिटरमा चल्न कुनै अप्ठेरो नभएको बताएका छन् । इन्धनको भाउ घटबढ हुँदा पनि स्वचालित रुपमा भाडादर कायम हुने व्यवस्था प्रदेश सरकारले गर्नुपर्नेमा ट्याक्सी चालक जीवन बरालले बताए । यता पोखरामा पछिल्लो समयमा  नेपाल सरकार यातायात व्यवस्था ऐन विपरि एप मार्फत राइड शेयरिङ सचालन गरि निर्वाध गुडि रहेका मोटरसाइकल र निजि सवारीले समेत भाडामा यात्रु बोकेको प्रति आपत्ति जनाउदै कानुन हनमि माथि मात्रै लादिएको दुखेसो पोखेका छन्।   नेपाल सरकारले मिटर समायोजन गरि तोकेको  भाडादरमा  ट्याक्सि चलाउन सहमति जनाउदै यदि कानुन विपरित चलि रहेका मोटरसाइकल  निजि सवारिलाइ  नियन्त्रणमा लिइएन  कारवाहि अगाडि बढाइएन भने हामी पनि एकतर्फी कानुन मान्न बाध्य हुने छैनौ एक ट्याक्सि चालकले बताए।
ट्राफिक प्रहरी कार्यालय वरिष्ठ प्रनानि तथा सुचना अधिकारि शिवपरसाद पाठकका अनुसार भाद्र १ गतेको चेकजाच तथा अनुगमनकै क्रममा ९ बटा ट्याक्सि लाई कागजपत्र लिइ चिट काटिएको र भोलि नै यातायात कार्यालय मा पठाइने छ ।
यसो त मिटरमा ट्यक्सि नचलाएमा यातायात व्यवस्था ऐन अनुसार ५ हजार देखि १५ हजार सम्म जरिवाना हुन सक्ने छ। आज पोखराका दर्जनौ ठाउमा चेकजाच गरिएको र यसलाई निरन्तरता दिदै जाने प्रनानि पाठकले बताए।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: