इन्स्पेक्टर पाण्डे दम्पतीको अनुभव: सेवामा सफल, जोडीमा अब्बल

सराङकोट न्यूज
20 August, 2023 3:39 pm
Advertisements

पोखरा

गोरखा फुजेलका मनोज पाण्डे र पोखरा १५ रामबजारकी हरिमाया थापा नेपाल प्रहरी सेवा जागिरका व्याची साथी हुन । २०५८ साल आसर १ गते प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका पाण्डे र थापा प्रहरी निरीक्षकसम्म एकै दिन बढुवा हुन सफल भएका छन् । गत साउन १४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत मनोज पाण्डे र प्रदेश प्रहरी कार्यालय पोखरामा कार्र्यरत हरिमाया थापा वरिष्ठ प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षकमा एकै दिन बढुवा भएका हुन् ।
थापा र पाण्डे जागिरका व्याचीमात्र नभई विगत २ दशक देखि जीवनसाथीको रुपमा सफल जोडी कहलिएका छन् । २०६० फागुन ११ गते औपचारिक बन्धनमा बाँधिएका उनीहरुले जागिरे अवधि सुरुदेखि एक अर्कालाई बुझे, चिने र यति भए जीवनको रथ गन्तव्यसम्म पुग्न सकिन्छ भन्ने ठहर गरे र प्रेमिल जिन्दगीलाई युगल जोडीमा सफल रुपान्तरण गरे ।
श्रीमान श्रीमती दुवै जना सक्षम र एउटै प्रकृतिको सेवामा रहेका कारण जिवन यात्रा र घर व्यवहारमा कहिल्यै समस्या र असमझदारी झेल्न नपरेको मनोज पाण्डे बताउँछन् जागिरको व्यस्तताबाट बँचेको समय घर परिवार आमाबुवा छोरा र श्रीमतीलाई बाड्दा बाड्दै जिन्दगीलाई भ्याइ नभ्याई हुने मिठो अनुभव प्रहरी निरीक्षक मनोज पाण्डेले सुनाए ।
पाण्डे दम्पतीका सन्तानको नाउँमा एउटा छोरा मात्र छन् । छोरा अमरसिंह मा.वि. कक्षा १२ मा पढ्दै छन । बाबु आमा नै व्यस्त जागिरे भएका कारण आदा समय मावली आधा समय घरमा बसेर हुर्किएको छोराले हाम्रो भन्दा हजुर बुवा हजुर आमाको बढि माया पाएको बताउँदै दुवैको व्यस्तताको कारण पाण्डेले भने “दोस्रो सन्तान नपाउने निधो गरेको छौं ।” प्रयाप्त समय दिन नसकेपछि सन्तान बढाएर न्याय नहुनेमा पाण्डे दम्पतीको एकमन रहेको बताउँछन् ।
एउटै पदमा एकैदिन सेवा प्रवेश ३ पटक सम्म एक पटक वढुवा हुन सफल यो अब्बल जोडी कमै मात्रमा पाइन्छ । को छिटो बढुवा हुने भन्नेमा टक्कर भएन र भन्ने प्रश्नमा इन्स्पेक्टर पाण्डे भन्छन् “जागिरको करिअरमा ध्यान राख्ने, विवादमा आउने कुनै पनि काम नगर्ने, नसोच्ने, अनुसाशन र इथिक्समा रहेर आफ्नो पदिय कर्तव्य पालना गर्ने कुरामा हाम्रो आपसी सल्लाह र प्रतिवद्धता हुन्थ्यो त्यही भएर पनि हामी वितेका २२ वर्षे सेवा अवधिमा विवादित पनि भएनौं अघि पछि पनि परेनौं ।” यो जोडीको अर्को संयोग यो पनि छ कि उनीहरु दुवै जना शान्ति मिशनका लागि सुडान गएका थिए । सन्तुष्टिलाई सफलताको सुत्र मान्ने पाण्डे दम्पती सेवामा सफल, जोडिमा अब्बल सावित भएका छन् । एउटै पेशा, व्यस्त जिन्दगी सानो र सुखी परिवार अनुकरणीय पात्रको रुपमा स्थापित भएका छन्। यो सफलता र सन्तुष्टि सायदैले पाउने गरेका देखिन्छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: