पोखराका होटेलमा सलबलाउदै जुवाडे होटेलबाट साडे ४ लाख सहित ७ जना पक्राउ ।

सराङकोट न्यूज
25 August, 2023 12:12 pm
Advertisements
पोखरामा जुवाखेल्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पृथ्बिचोक पोखरा ८ मा रहेको लक्ष्मी होटलको ग्राउण्ड फ्लोरमा जुवा खेली रहेको बेला प्रहरी नगद ४ लाख ४७ हजार  सहित पक्राउ गरेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी बेद प्रकाश जोशीले जानकारी दिए ।
चाडबाड नजिकिए सङै  सुरु भएको जुवाघर लक्ष्मी होटल सञ्चालक ईन्द्र बहादुर हिराचन सहित मुस्ताङका मोहन थकाली, नबिन प्रसाद थकाली, पोखरा ८ का शंकर ज्वारचन, पोखरा ९  महेन्द्रपुलका गुन्ज हिराचन, पोखरा १० रामबजारका राजु गुरुङ र दल बहादुर हिराचनलाई पक्राउ गरेको डिएसपी जोशीले बताए ।
प्रहरीले जुवाखालबाट १ लाख ११ हजार २ सय र व्यक्तिको साथबाट गरी ४ लाख ४७ हजार  रुपैया सहित पक्राउ गरेको उनले जानकारी दिए । प्रहरीले जुवा खेल्न प्रयोग भएको २०८ पत्ति तास समेत नियन्त्रणमा लिइ थप छानबिन  अगि बडाएको बताएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: