अख्तियार पोखरा कार्यालयमा एकवर्षमा ९९६ उजुरी, विस्तृत अनुसन्धानमा ८६, तामेलीमा ९८१

सराङकोट न्यूज
25 August, 2023 10:17 pm
Advertisements

पोखरा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा गत आ.व. २०७९/८० मा ९९६ उजुरी दर्ता भएको छ । यस्तै अघिल्लो आ.व. २०७८/०७९ बाट जिम्मेवारी सरि आएको उजुरी ४२२ वटा समेत गरी कुल उजुरी १४१८ वटा परेकोमा प्रारम्भिक छानविन पश्चात ९८१ वटा उजुरी तामेलीमा गएका छन्। गत आ.व. को अन्त्य २०८० असारमसान्त सम्म जम्मा ४३७ वटा उजुरीको छानविन हुन वाँकी रहेको अख्तियार कार्यालयबाट प्राप्त सूचनामा जनाइएको छ । अख्तियारमा पर्ने उजुरी र छानविनको तथ्याङ्क लाई विश्लेषण गर्दा तामेलीमा गएका उजुरीको संख्या अधिक रहेका देखिनुले उजुरी यथार्थ भन्दा फर्जि हुने गरेको पुष्टि गराइएको छ । १४ सय बढी उजुरी परेकोमा जम्मा ८६ वटा मात्र विस्तृत अनुसन्धानमा गएका उजुरी मध्य आरोप पत्र मुद्धा दायरसम्म पुग्दा फिल्टर हुन गई तमेलीमा जाने संख्या थपिने विशेष अदालतबाट फैसला हुँदा आरोपित व्यक्तिले जितेर पुनर्वाहाली भई सार्वजनिक ओहोदामा रहेकाहरुले तलव सुविधा लिने गरेका छन् । त्यस्ता मुद्धाहरु मध्य अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने गरेको हुन्छ । पुनरावेदन पश्चात प्राप्त नतिजालाई नियाल्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सफलता न्यून अंकमा खुम्चन पुगेको प्रस्ट हनु आउँछ ।
नागरिकलाई अख्तियारले हेर्ने मुद्धाको प्रकृति र अधिकार क्षेत्र बारे शिक्षा दिनु आवश्यक छ । सवै निकायले गर्ने गल्ती अख्तियारले नै हेर्छ भन्ने आम नागरिकको सोच रहेको छ । त्यसले गर्दा पनि सवै खाले विवाद अख्तियार सम्म उजुरी बनेर गएको देखिन्छ। टोल छिमेकमा हुने झगडा व्यक्तिगत लेनदेन सम्बन्धी विषय समेत अख्तियारमा उजुरी गर्ने गरिन्छ । त्यसो हुनमा राज्यका अन्य निकायप्रति भरोसा नलाग्ने विश्वास नहुने गरेका कारण अख्तियारको शरण पर्नेको संख्या बढेको जानकारहरु बताउँछन। नागरिकमा अख्तियारको कार्यक्षेत्रको बारेमा जनस्तरमा जनाकारी नहँुदा राज्यको स्रोत साधन र जनशक्तिको फजुल प्रयोग हुन गएको छ । यसलाई न्यूनिकरण गर्न तल्लो तहको जस्तर सम्म नागरिक शिक्षा दिन उपयूक्त हुन आउँछ ।

कुन विषयमा कति उजुरी

अख्तियारमा पर्ने उजुरीमा सवैभन्दा बढी ०७९/८० मा स्थानिय तह (संघिय मामिला) सम्बन्धी ४२९ वटा उजुरी परेका थिए । अघिल्लो वर्षबाट सरी आएको १५७ समेत ६८६ उजुरी परेकोमा ४ सयवटा पर्छर्योट भइ (तामेली समेत) १८६ वटा बाँकी रहेको छ । यस्तै दोस्रोमा स्थानीय तहको (शिक्षा) विषय रहेकोछ। अघिल्लो वर्षको सरेर आएको ७६, ०७९÷८० को १६८ सहित २४४ उजुरीमा १७९ पछर्योट भइ ६५ वटा उजुरी पछर्योट हुन बाँकी रहेको छ । तेस्रोमा भूमि व्यवस्था मन्त्रालय अन्तरगतका उजुरी परेका छन् । पुरानो २१ वटा गत आ.व. को ६९ गरी जम्मा ९० मध्य पछर्योट ५८ र वाँकी ३२ रहेको छ । यस्तै विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत पुरानो सरि आएको १९ गत आ.व.को ४४ सहित जम्मा ६३ मा फछर्योट ४९ र वाँकी १४ वटा रहेको छन् भने प्रदेश मन्त्रालयतर्फ पुरानो २४, गत आवको ४१ गरी जम्मा ६५ मध्य फछर्यौट ४६ र बाँकी १९ वटा रहेका छन् ।
अख्तियार कार्यालय पोखरा संग लिखित सूचना माग गरी प्राप्त विवरण अनुसार विस्तृत तर्फको फइल संख्या १४८ रहेकोमा ३९ वटा फाइलको प्रतिवेदन पेश गरेको र १०९ वटा वाँकी रहेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: