सिद्धार्थ राजमार्गमा बेथिति ! व्यापारीलाई फाइदा, प्रहरीलाई काइदा

सराङकोट न्यूज
13 September, 2023 2:09 pm
Advertisements

पोखरा

सिद्धार्थ राजमार्गले पोखरालाई भारतसम्म जोड्छ । भारतबाट विभिन्न अवैध वस्तुहरुको ढुवानीकर्ताले यहि राजमार्ग प्रयोग गर्छन । भारतीय व्रोइलर, गिरिराज कुखुरा र चल्लाहरु यही बाटो पोखरा भित्रिन्छन् । दाङ सुर्खेत नेपालगञ्जका बोका खसी बाख्राहरु यात्रु बसको डिक्कीमा कोचेर यही बाटो पोखरा आउँछन् । कटुवा भैंसी र दुधे भैंसीहरु पनि यही बाटोहुँदै पोखरा भित्रन्छन् ।
यि सवै ढुवानी रातको समयमा मात्र हुन्छ । विहान ३–४ बजेभित्र पोखरा भित्री सक्छन त्यसैले कारोबारी र ढुवानी कर्ताको लागि यो राजमार्ग अनुकुल मानिन्छ । उती चहलपहल पनि नहुने प्रहरीलाई चित्त बुझाएपछि अरुलाई न चिन्ता न चासो । सिद्धार्थ राजमार्गबाट अवैध चोरी पैठारी भएका थुप्रै उदाहरण पनि छन् । रात्रीबासबाट सिद्धार्थ राजमार्ग हुँदै पोखरा आउनु भयो भने अनौठो दृश्य देख्न पाइन्छ। भदौ १८ गते सोमबार रात्री सेवाको बसबाट पोखरा आउँदै थियौं पौने ३ बजे हाम्रो बस स्याङजको भालु पहाडमा चिया खान रोकियो । त्यति नै खेर ४ वटा भैंसी लोड गरिएका पिक अप जिप त्यँही आएर रोकियो। पिकअप चालकहरुले हामी संग चिया पिउन बसे । हामीले सोध्यो पिक अप किन राती राती दिउँसै ओसारे हुन्न र गाई भैंसी चौपाया हुन दाई दिउँसो ल्याउँदा लफडामा परिन्छ एक चालक भाइले बताए । उनको भनाइ सुनेपछि हामीलाई शंका लाग्यो कि यिनीहरुले रितपूर्वक काम गरेका छैनन् । हामीले आँखा मिच्यौ कान ठाडा पा¥याँै र लाटो पाराले सोध्यौं । केको लफडा पर्नू र आफ्नो काम गरि खान ? ति पिक अपमा कोचाकोच भैसी लादिएको थियो । भैसीहरु कास्की जिल्ला बाहिर स्याङ्जा पाल्पा पर्वत र रुपन्देहीबाट ल्याइएका थिए । कटुवा थिएकी दुधालु त्यो भने बताएनन् उनीहरुले । बेजिल्ला बाट पशु पंक्षी जिल्ला प्रवेश गराउँदा भेटेरिनरी परीक्षण प्रमाणपत्र अनिवार्य हुनपर्ने कानुनी प्रावधान रहेको छ । त्यहि ढुवनीकर्ताहरु संग त्यो कागजपत्र नहुने भएकै कारण राती ढुवानी गर्नु र राजमार्गका प्रहरीको चित्ता बुझाउनुको विकल्प नै चेक जाँच गर्दैन र भन्ने हाम्रो जिज्ञासामा एक पिक चालकले भने टिप्स बुझाउनु पर्छ । चेक जाँच केही गर्दैन । उनीहरुका अनुसार भालुपहाड कटेपछि फेदीखोला प्रहरी चौकी र छोरेपाटन प्रहरी चौकीलाई प्रति भैसी १ सय रुपैयाँका दरले टिप्स बुझाएपछि गन्तव्यमा सहजै पेग्दा रहेछन् ति गाडीहरु सिद्धार्थ राजमार्गको यस्तो घुस्याहा शैली देखेर कुनै अनर्थ मान्नु नपर्ने अवस्था छ । केहीमहिना अघि नेपालगंज बाट आएको बासको डिक्कीा ३० वटा बाख्रा कोचेर ल्याएको बसले छोरेपाटन चौकी इञ्चार्ज प्र.स.नि.ले एक हजार घुसलिएर विना कारबाही बस छुटाएको देख्ने आँखा यिनै हन् । पछि जि.प्र.का कास्कीका एसपिलाई सप्रमाण जानकारी गराएपछि प्र.स.नि. जिल्ला तानिए नसियत पाए बढुवा रोक्का भयो । अरु केही भएन । दण्डहिनताका कारण राज्यका जिम्मेवारी प्रहरी खल्ती तातो गर्न मै मस्त छन् । रात्री गस्ती गर्ने प्रहरीलाई तलव भत्ताकम भएको हो भने सरकारले अतिरिक्त सुविधा दिएर भ्रष्टाचारलाई शुन्य सहनसिलताको दायरामा ल्याउन प¥यो हैन भने कानुन मिच्नेलाई उन्मुक्ती दिन घुस खाने प्रवृतिलाई कडा कारवाही गर्नु पर्ने जानकारहरु बताउँछन् ।
दाङ, नेपालगंज र सुर्खेत लगायतका मध्य पश्चिम र सुदुर पश्चिमबाट आउने रात्री बस र दोपाया चोपाया खासगरी बोका खसी र वाख्रा ल्याउन सिद्धार्थ राजमार्ग स्वगर्त मानिन्छ एक ढुवानीकर्ता व्यवसायीले भने । त्यति मात्र हैन वाख्री ल्याएर काट्दा पक्राउ पर्ने डरले स्याङ्जा र पर्वतमा वाख्रा काटेर माछा बोक्ने प्याकमा लोड गरेर सिधै फ्रेस हाउसमा पु¥याउने गिरोह पनि सकृय रहेको विश्वस्त स्रोतले बताएको छ । छोरेपाटनमा चेक जाँच नहुने भएपछि वाख्रा व्यापारीको कमाउ धन्दा मासु व्यापारमा रुपान्तरण भएको छ । पोखरेलीलाई रोगी भैंसी, वाख्रा, कुखुराको मासु खुवाउने कार्यमा पोखरा नाकाका प्रहरीहरुको राम्रो सहयोग रहेको पाइन्छ । चेक जाँच नगर्नु र गरेपनि मोलाहिजामा छोड्नु नै पोखरेलीको लागि विडम्वना वनेको छ । नयाँ एसपि ले के गर्लान् त्यो भने हेर्न बाँकी छ ।
रमेश खरेल एस.पि.भएको बेलामा भैंसी ओसार्ने गाडीले विरौटा चोकमा बसेको प्रहरी लाई घुस नदिएपछि प्रहरी म्यानले भैंसी गाडीलाई लखेट्दै जाँदा मुस्ताङचोकको स्वागत गेटमा प्रहरी भ्यान दुर्घटनजामा परेको थियो । एस.पि. खेले ति भ्यान चालकको जागिर मात्र खाएनन् भ्यान पनि बनाउन लगाएका थिए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: