राजमार्गका होटेल ब्यबसायीलाइ प्रशासनको झड्का नाफाखोर होटल सन्चालक डेढ लाख धरौटीमा छुटे

सराङकोट न्यूज
15 September, 2023 10:44 am
Advertisements
 दादागिरी  शैलीमा राजमार्गमा होटेल पसल थापेर ग्राहक ठगी गरेको आरोपमा  पक्राउ परेका अर्जुन बहादुर  रानाभाट  डेढ लाख रुपैया  धरौटी  राखेर तारेखमा रिहा भएकाछन । पृथ्वी राजमार्गमा पर्ने म्याग्दे गाउपालिका २ गुणादीमा पोखरा हाइवे रेस्टुरेन्ट एन्ड खाजाघर सन्चालन गरि आएका रानाभाटले लामो तथा मध्यम दुरिका बस व्यावसायिहरुसङ सेटिङ मिलाइ खाजा खाना खान  बस रोक्ने ब्यबस्था मिलाइ यात्रुहरुसङ महङो मुल्यमा समान बिक्री गर्दै ठगी धन्दा गर्दै आएकाथिए ।
  कम्पनीको पृन्ट मूल्य छोपेर नक्कली स्टिकर टासी मुल्य बढाइ उपभोक्ता ठगी गरेको भनी तनहुँ  प्रसाशनमा उजुरी  परेपछी अनुगमन गर्दा रानाभाट  रङेहात पक्राउ परेका थिए । तनहु प्रहरीले रानाभाट बिरुद्द कालोबजार तथा केही सामाजिक  अपराध  ऐन २०३२ बमोजिम हिरासतमा  लिइ मुद्दा चलाएको थियो । अनुसन्धान पश्चात् जिल्ला प्रसाशन कार्यालय तनहुँमा दायर भएको मुद्दामा डेढ लाख धरौटी लिइ मुद्दा अनुसन्धान  गर्ने थुनछेक आदेश भएको थियो । आरोपी अर्जुन रानाभाट  धरौटी राखी  हिरासत  मुक्त भएका छन ।
    हिरासत मुक्त भएका रानाभाटलाई अब के गर्नुहुन्छ भन्ने हाम्रो जिज्ञासामा उनले आफुले गल्ती गरेको महशुस गर्दै भने “अब कानुनको पालना गर्दै मर्यादित ब्यबसाय गर्छु र राजमार्गका अन्य ब्यबसायी साथिहरुलाइ पनि ठगी ब्यबसाय  नगर्न सल्लाह दिन्छु ” तनहुँ प्रहरी प्रशासनले चालेक यो कदमले हजारौ जनता ठगिन बाट जोगिने भएकाछ्न ।अनुगमन कार्यलाइ स्थानिय सरकार , स्थानिय प्रहरी प्रशासन  , नागरिक समाज र पत्रकारहरुको सकृयता र खबरदारी  आवस्यक महसुस  गरिएकोछ ।जनता चाहान्छ्न राजमार्ग ठगहरुको स्वर्ग नबनोस । तनहुँ  मात्र नभइ देशभरका प्रहरी प्रशासनले राजमार्गको ठगी नियन्त्रण  गर्न अनुगमन  नियमन र कारबाहिलाइ तदारुकता  दिनु आवश्यक छ भने स्थानिय सरकारको मुख्री भुमिका खेल्न जरुरी  देखिन्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: