८ को पक्राउ पछि गुन्डागर्दी ग्याङको भागाभाग कास्की प्रहरी द्वारा चाड पर्व लक्षित सचेतता सन्देश जारी

सराङकोट न्यूज
7 October, 2023 10:31 am
Advertisements
नेपालिहरुको महान चाड दशै तिहार नजिकिए सङै हुने सम्भावित चोरी डकैती  लुटपाट  हिंसा बाट  जोगिन कास्की प्रहरीले आम नागरिकका नाममा सचेतना सन्देश प्रबाह  गरेको छ । ठुला चाड पर्बको मौका छोपी चोरी लुटपाटको घटना हुने गरेका बिगत बर्षका जस्तो पिडादायी दिन आउन नदिन नागरिक स्वएम चनाखो हुनुका साथै सुरक्षा  साबधानी अपनाउन प्रहरीले बिज्ञप्ति मार्फत आव्हान  लगरेको छ । 
   दशै तिहारका बेलामा आइपर्ने  सुरक्षा चुनौती लाई न्यूनीकरण गर्न  नागरिकले प्रहरीलाई सहयोग गर्न कास्की  प्रहरीले अनुरोध गर्दै जारी बिज्ञप्तिम सम्भावित क्षती र्दुघटनाबाट जोगिने उपाएहरु सुझाएको छ । आफ्नो घर टोलमा सिसि टिबि क्यामरा जडान गर्ने , डलर पैसा साट्फेर गर्दा चनाखो रहने , जुवातास नखेल्न, नसालु पद्दार्थ नखान ,चिट्ठामा सहभागी  नहुन, पटका भुइँ चम्पा कारोबार र प्रयोग नगर्न , मापसे गरि सवारी नचलाउने लगाएतका बिषयमा  कास्की प्रहरीले सचेत गराएकोछ ।
गुन्डाहरुको भागाभाग !
एसपी मोहन कुमार थापाले कास्की प्रहरिको कमान्ड समालेपछी  गुण्डा गर्दी नियन्त्रण गरि शान्ति  सुब्यबस्था कायम गर्ने अभियानलाइ  प्राथमिकता दिदै आएका छन । मनिपाल अस्पतालको बिरामी मृत्यु प्रकरणलाई लियर पोखराको बजार बन्द गराउन  आतंक  मच्चाउदै हिडेका युवाहरूलाई  खोजिखोजी पक्राउ गरि मुद्दा चलाएपछी  अन्य टोले गुन्डाहरुको सातो पुत्लो गएको छ । उक्त प्रकरणमा कास्की प्रहरीले ८ जना हुल्लडबाजलाइ स्वास्थ्यकर्मी तथा स्वास्थ्री सस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ सन्सोधन २०७९ सहितको कानुन बमोजिम पक्राउ गरि कास्की जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान  गरिरहेको बताएको छ उक्त काण्डमा  सम्लग्न हरुको व्यापक खोजी भैरहेको कास्की प्रहरी प्रमुख मोहन कुमार थापाले बताए । केही समय यता कास्किमा गुन्डागर्दी बढ्दै  गएको तर्फ चिन्ताब्यक्त भैरहेको बेला  बढेको प्रहरी सक्रियताले आम नागरिकमा खुसी सन्चार गराएको छ । 
 गुन्डागर्दी पृष्ठभुमिबाट नाटकिय रुपमा व्यावसायिक  बाटो समातेका महेन्द्र भोटे भन्ने शिव बहादुर गुरुङ सुर्य दर्शन  सहकारीको  करोडौं रुपैयाँ अपचलन गरेको आरोपमा जोडिय पछि उनी फरार भएकोले खोजी कार्य जारी रहेकोछ । बचतकर्ताको करोडौं रकम हिनामिना गर्ने , ब्यक्तिगत लगानी गर्ने जो कोहि भएपनी अनुसन्धानको दायरामा ल्याइने एस पि थापाले बताएकाछन ।  प्रहरीले सक्रियता बढाएपछी सुर्यदर्शन सहकारीका पीडित बचतकर्ताहरुले खुसी पलायको बताएका छन ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: