हिमालय क्लब बाटुलेचौरको आयोजनामा दुर्गा पुजा सहित बृहत् शुभकामना आदानप्रदान कार्यक्रम हुने ।

सराङकोट न्यूज
10 October, 2023 5:59 pm
Advertisements
” मानव सम्पदाको महत्व ,शान्ति ,सेवा र सह -अस्तित्व ” भन्ने मुलमन्त्र लिएर अगि बडेको रजत बर्ष मनाउन सफल हिमालय क्लब पोखरा १६ बाटुलेचौरले ऐतिहासिक र पुरातात्त्विक महत्व बोकेको कालिका मन्दिरमा हिन्दुहरुको महान पर्व बडा दशैको उपलक्षमा घटस्थापना देखि महानवमी सम्म दुर्गा (कालरात्री ) पुजा गरि बिजया दशमिको दिन नित्य पुजा सहित दुर्गा बिसर्जन गरि जमरा मन्त्रणा गरिने कार्यक्रम तय भएको छ ।
  क्लबको मुख्य आयोजनामा हुने धार्मिक सास्कृतिक कार्यक्रमको सुभारम्भ घटस्थापनाको दिनमा अतिथी र भक्तजनहरु बिच दशै तिहार र छट पर्बको शुभकामना  आदन प्रदान गरिने  दुर्गा पुजा ब्यवस्थापन समितिका सयोजक मोहन बहादुर थापाले पत्रकार भेटघाट कार्यक्रममा बताए ।  क्लबका अध्यक्ष सुशील  बस्नेतको अध्यक्षतामा आयोजित  पत्रकार भेटघाटमा कालिका मन्दिर तथा कोतमामलियत ब्यबस्थापन समितिका सचिब समेत रहेका मुल पुजारी नारायण प्रसाद देवकोटाले मन्दिर को ऐतिहासिक , धार्मिक र पुरातात्त्विक  महत्वाका बारेमा जानकारी  गराएका थिए  ।
    सताब्दिऔ अघि तत्कालीन राजा कुलमण्डन शाहको पालामा स्थापित कालिका मन्दिरलाइ नेपालको सबैभन्दा पुरानो मध्यको शक्तिपिठको रुपमा लिइन्छ । प्रचार प्रसारको दृस्ठिले तुलनात्मक रुपमा ओझेल परेको देखिएपनि कालिका माता मन्दिरको आफ्नै महत्व र गौरब गाथा रहि आएको आत्मसात  गरेर मन्दिरको सरक्षण प्रबर्द्धन र धर्म रक्षाको लागि हिमालय क्लबले बिशेष कार्यक्रम  गर्न लागेको  क्लबका सचिब शिबरज देवकोटाले  बताए ।    
       कार्यतालिका सहितको जिम्मेवारी 
   हिमालय क्लबको आयोजनामा हुने १० दिने कार्यक्रममा कर्यतालिका सहित जिम्मेवारी  दिइएको छ । जस अनुसार  पहिलो दिन असोज २८ गते बिहान ५.३० बजेबाट  सुरु हुने कार्यक्रममा नित्य पुजा, चन्डिपाठ , कुमारी  पुजा ,घटस्थापना स्वस्ती बाचन , मालसिरी धुन सहित बृहत् शुभकामना  आदन प्रदान कार्यक्रम  हुनेछ ।सोही साझ धोबिनिपाटन भजन समूहबाट भजन प्रस्तुति  एबम परियार समाजले नहरा प्रस्तुत  गर्ने बताइएको छ । शुभारम्भ दिनको कार्यक्रमको सयोजन सुशील बस्नेत , मोहन बहादुर थापा र नारायन प्रसाद देवकोटा गर्नेभएका छन ।
 यस्तै दोश्रो दिन नित्य पुजा चन्डी पाठ साझ  नहरा प्रस्तुति कार्यक्रमको सयोजन शुक्ला साहित्य प्रतिस्ठानले गर्नेछ भने तेस्रो दिन  देखि ६ औ दिन बिहान नित्य पुजा  चन्डिपाठ र साझ१०८ दिप प्रज्वलन र नहरा प्रस्तुति  रहने बताइएको छ । उक्त कार्यक्रममा बडहरबोट आमा समूह ,सरक्षण आमा समूह , नेवाखल बाटुलेचौर , मैदान आमा समुहले सयोजन र ब्यबस्थापन  गर्ने भएकाछन । यस्तै फुलपातीको दिन नित्य पुजाको अलावा चन्डिका अम्बिका र कालिका मन्दिर परिक्रमा , कलश यात्रा र शुभकामना  आदान प्रदान कार्यक्रम तय भएको छ त्यसको समन्वय र ब्यबस्थापन क्षेत्री समाज पोखरा १६ इकाइले गने भएको छ । महाअश्टमि र महानवमिका दिन नित्य पुजा साझमा नहरा प्रस्तुति हुनेछ त्यसको सयोजन र ब्यबस्थापन कालिका मन्दिर ब्यबस्थापन समिति  र क्षेत्री समाज पोखरा १६ ले गर्नेछन ।  १० औ दिन नित्य पुजा , दुर्गा बिसर्जन  टीका जमरा मन्त्रणा गरि नहरा प्रस्तुति सङै दुर्गा पुजा बिसर्जन गरिने दुर्गा पुजा ब्यबस्थापन समितिका सयोजक मोहन बहादुर थापाले बताए । 
कार्यक्रम सफल बनाउन  हिमालय  क्लबले   शुक्ला साहित्य प्रतिस्ठानका अध्यक्ष हरी बरुवाल,मन्दिरका मुल पुजारी नारायण प्रसाद देवकोटा  , बडहरबोट आमा समुहका कमला तिमिल्सिना , सरक्षण आमा समुहका पार्बती बस्नेत, नेवाखल बाटुलेचौरका नन्दलाल श्रेस्ठ , मैदान आमा समूहका मनु बस्नेत ,क्षेत्री समाज पोखरा १६ का अध्यक्ष सन्दिप थापा , गोबिन्द बहादुर  थापा ,चन्डिका आमा  समुहका लक्ष्मिअधिकारी , समाज सेवी दुर्गा केसी थापा  र शारदा देबकोटालाइ सम्पर्क ब्यक्तिको जिम्मेवारी प्रदान गरेको छ । सनातन धर्म सस्कृतिको रक्षा र भाइचारा भावको अभिबृद्दि गर्न आयोजित कार्यक्रम सफल बनाउन हिमालय क्लबले सबैमा आग्रह गरेको जनाउदै अध्यक्ष सुशील बस्नेतले मानव सेवाको लागि नया कार्यक्रम ल्याएर लागू गरिने  बताएका छन । 

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: