औषधि खरिदमा सेटिङ मिलाउनेको दातमा ढुङा ! टेन्डर सुचना सच्चिएपछी प्रतिस्पर्धामा बाटो खुल्ला

सराङकोट न्यूज
12 October, 2023 8:51 pm
Advertisements
 सार्बजनिक  खरिद प्रणालिलाइ सेटिङ मिलाएर गर्न खोजिएको औषधि खरिद टेन्डरको गुह्य रहस्य  बाहिरिएपछि टेन्डरको सुचना सच्याउन सरकारी निकाय बाध्य भएको छ । गण्डकी प्रदेश सरकारको प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्रले चालू आर्थिक बर्षको औषधि खरिद्का लागि निकालेको करिब ५ करोड मुल्यको टेन्डरको सुचना असोज १९ गते सच्याएको हो ।
 आपूर्ति केन्द्रले २०८० भाद्र २९ गते PPMO  मार्फत प्रकाशित टेन्डर सुचनामा ग्रुप छुट्याएर प्याकेजमा औषधि खरिद गर्ने उल्लेख थियो ।  ती मध्य एन्टिमाइक्रोबाएल ड्रग प्याकेज -२  अन्तर्गत १६ प्रकारका औषधि  समाबेश गरिएका थिए ।समाबेस गरिएका मध्य ५ हजार थान पेन्सिलिन इन्जेक्सन पनि पारिएको थियो ।
 करिब सवा तीन करोडको यो प्याकेज सेटिङको नाभि केन्द्रमा रहेको भेटियो । यो प्याकेजमा हालिएको एउटा मात्र न्यून परिमाणको (५ हजार)पेन्सिलिन इन्जेक्सन सेटिङ बाजको तुरुपको रुपमा प्रयोग भएको सराङ्कोटले   फेला पारेको हो  । त्यो इन्जेक्सनको टेन्डर हाल्न मार्केटिङ लाइसन्स ,उत्पादकको प्रमाणपत्र लगाएतको डकुमेन्ट अनिवार्य गरियो जबकी नेपालमा त्यस्तो डकुमेन्ट  एउटा मात्र पाटि( सप्लाएर ) सङ्ग थियो ।जसको कारण  टेण्डर प्रतिस्पर्धा बिहिन हुन गइ एउटा सप्लायर मात्रको मुट्ठीमा टेन्डर जान्थ्यो  प्रतिस्पर्धा नहुने निस्चित प्राय भएको अबस्थामा  राज्यले करोड भन्दा बढीको क्षति ब्यहोर्न पर्ने अबस्था थियो । 
    “सिङ्गल स्टेज टु इन्भेलोप प्रोसिड्युर ” को आधारमा  प्रकाशित टेन्डर सुचनाले गर्दा इन्जेक्सनको डकुमेन्ट  नभएका सप्लायर्सहरु पहिलो चरणमै फालिने निस्चित थियो । अधिकासले डकुमेन्टका कारण टेन्डर हाल्नु ब्यर्थ रहेको गुनासो गरेका थिय ।  ८ लाख २० हजार रुपैयाँ  बिड सेक्युरिटी तिरेर हार्ने खेल खेल्ने सप्लायर्स सायदै थिय । जो सङ्ग इन्जेक्सनको लाइसन्स लागाएतका डकुमेन्ट थियो त्यही पाटिको हड्डी हासिरहेको पक्कै थियो ।यो सेटिङको योजना पनि उनिहरुसङ्गै बसेर गरिएको  हुन सक्ने बिकसित घटनाक्रमले स्पस्ट सकेत गरेकोछ  ।करोडौको औषधी खरिद सम्बन्धि  टेन्डर कार्यमा यसलाई सयोग मात्र मान्न सकिन्न प्रोक्युरमेन्ट सम्बन्धी दिग्गज अनुभवी एक कर्मचारीले बताए ।उनेले भने “यो मिलेभगत हो “
        यो प्रकरणमा संकाको फाइदा यसरी पनि लिन सकिन्छकि सोही कार्यालयले गरेको अर्को प्याकेज – ३ को टेन्डर मा ९ भन्दा बडि इन्जेक्टिबल आइटम समाबेश छ त्यही प्याकेजमा पेन्सिलिन इन्जेक्सन लाई सहजै राख्न मिल्थ्यो तर राखिएन । कारण स्पस्ट थियो सेटिङ अनि कमाउ धन्दा । बडि से बडि प्रतिस्पर्धा गराइ घटा-घटमा  औषधि खरिद गरि राज्यको हितमा काम गर्न कर्मचारीको सोच पुग्न नसके पनि हाम्रो खबरदारी र केही सप्लाएर्सको निबेदनका कारण सुचना सच्चिएको छ ।सच्चिएको सुचना अनुसार  ५ हजार वा सो भन्दा सानो परिमाणका आइटमहरुको टेण्डर हाल्दा मार्केटिङ लाइसेन्स ,उत्पादक प्रमाणपत्र  लगाएतका डकुमेन्ट पेश गर्न नपर्ने भएकोछ । यो शङ्ख्यालाई  १५ हजार बनाउन सके अझै प्रतिस्पर्धा मा आउने अपेक्षा गरिएको छ ।यद्यपि यति गर्दा पनि उक्त ठेक्कामा  राम्रो प्रतिस्पर्धा हुने भएकोछ , क्लज राखेर  गरिने टेन्डर मिलेमतोको उपज हो ।गण्डकी प्रदेशको  आपूर्ति  ब्यबस्थापन  कार्यालयले  गर्न खोजेको सेटिङ तोडिए पनि अन्य प्रदेशको बारेमा पनि खोजी भइरहेको छ । लुम्बिनी प्रदेश बाहेक्का प्रदेश कार्यालयले सेटिङ्ममा टेन्डर  सूचना  निकालेको बुझिएको छ ।राज्यलाइ हानी नोक्सानी  पुर्याउने यस्ता सेटिङ कर्तुत रोक्न नियामक निकाय र अख्तियार  दुरुपयोग  अनुसन्धान  आयोगको निगरानी जान सके नितिगत भ्रष्टाचार  रोक्न सकिने बताइएको छ ।  सप्लायर्सहरुले प्रतिस्पर्धामा सामेल हुने बताएकाछ्न जसको कारण  घटिघटाउका कारण राज्यलाइ राम्रो लाभ हुने भएकोछ भने सेटिङ मिलाएर कमाउ धन्दा गर्ने पात्रहरुको दातमा ढुङा लाग्न पुगेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: