बाटुलेचौरमा बडा दशैको अवसरमा विविध कार्यक्रम गरिने

सराङकोट न्यूज
17 October, 2023 5:11 pm
Advertisements
पारिजात खराल  
क्षेत्री समाज पोखरा १६ ले बडा दशैं,  शुभ दिपावली, छठ पर्व, नेपाल सम्वतको अवसरमा विविध कार्यक्रम गर्ने पत्रकार भेटघाट कार्यक्रममा समाजले जानकारी गराएको छ ।
क्षेत्री समाज नेपाल पारम्भिक कार्यसमिति पोखरा १६ ले विभिन्न जातिय समुदाय, संस्थाहरु क्लवहरु, आमा समूह टोल विकास संस्था लगायत सनातन हिन्दु धर्मावलम्वीहरुको वीचमा आपसी सद्भावलाई कायम गर्दै बहु सांस्कृतिक र धार्मिक रुपमा मनाई पर्वलाई विशेष महत्वपूर्ण स्थानमा राख्न विभिन्न कार्यतालिका सार्वजनिक गरेको छ । 
२०८०÷०७÷०४ गते फूलपातिका दिन विहान ६ः३० बजे बृहत् कलशयात्रा गरिने भएको छ । कलश यात्रा सकिए लगत्तै ८ बजे कालिका बहुउद्देश्यीय भवनमा शुभकामना आदान प्रदान र चियापान कार्यक्रम हुने भएको छ । र सोही दिन साँझ  चण्डिका मन्दिर परिसरमा आरती हुने भएको छ । यस्तै दोस्रो दिन महाअष्टमी का दिन साँझ ५ बजेदेखि ७ बजेसम्म कालिका मन्दिरमा आरती गरिने कार्यक्रम तय भएको छ । सामाजिक सद्घाव सहित सांस्कृतिक र धार्मिक कार्यको जगेर्ना गर्ने तर्फ लक्षित रहेको क्षेत्री समाज पोखरा १६ का अध्यक्ष सन्दिप थापाले बताए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: