विवादको थुप्रोमा गण्डकी बोर्डिङ, जसरी हुन्छ रमाउने पैसा कमाउने

यदुनाथ बन्जारा
2 November, 2023 8:55 am
Advertisements
पोखरा
गण्डकी बोर्डिङ, बोर्डिङ नै हो। विद्यार्थीसंग महंगो शुल्क लिएर गतिलै तलव भत्ता सुविधा खाने बानी परेकाहरुले अरु बाटो पनि खोज्ने गरेको छन् । सरकारले झण्डै वार्षिक डेढ करोड रुपैयाँ गण्डकी बोर्डिङलाई दिदै आएको छ। तर विद्यार्थीको शुल्क कम गर्ने त कहाँ हो कहाँ शुल्क बढाउन बेलगाम छोडिएको छ ।
शिक्षा मन्त्रालयका सह सचिवको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन हुन्छ । त्यसमा कास्कीका प्र.जि.अ., शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, महानगर शिक्षा महाशाखा प्रमुख, सदस्य रहन्छन् । सरकारको व्यवस्थापनमा चल्ने सार्वजनिक गुठी अन्तरगत रहेको गण्डकी बोर्डिङ विभिन्न विवादित कार्य गर्न मत्त हात्ती जस्तै उन्मुत्त देखिन्छ । विद्यालयको सञ्चित कोषमा ४० करोडभन्दा बढि नगद मौज्दात छ तर सार्वजनिक गुठीभित्रको २५० रोपनी लगभग जग्गा भित्र रहेको चाप, सिमल र सिसौका रुख बनको अनुमति नै नलिइ सोत्तर बनाएर ढालेर पोखरा–१६ गुफाकै एक काष्ठ मिलमा ३ लाख ५० हजारमा विक्री गरेको थियो ।
सर्वसाधारण नागरिकले आफ्नै नम्बरी जग्गाको उतिस र चिलाउनेका ५–७ वटा ओसेपका रुख काट्दा अनुमति नलिएको भन्दै मुद्धा चलाउने वन कार्यालय गण्डकी बोडिङका ७५ भन्दा बढी रुख कटान हुँदा समेत वन कार्यालयको आँखा नपुग्नुलाई अर्थपूर्ण मानिएको थियो। सराङकोट साप्ताहिकले निरन्तर खवरदारी गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले र्बाेडिङ परिसरको रुख कटान काण्डका बारेमा छानबिन गर्न पत्रचार गरेपछि ढिला गरि छानबिन गर्न अनुसन्धान अधिकृत तोकिएको थियो तर कर्मचारीको सरुवाले छानविन कार्य रोकिएको छ ।
र्बाेडिङ व्यबस्थापनमा उच्च सरकारी अधिकारी भएका कारण गण्डकी बोर्डिङले मौजुदा कानुनलाई वेप्रवाह ढंगबाट बिभिन्न बिवादित कार्य गर्दै आएको छ । यतिसम्म की, आफ्नै अधिकृतस्तरका कर्मचारीका छोराको कक्षा १२ बोर्ड परीक्षाको उत्तरपुस्तीका समेत सिम्बोल नं., कपि नंं. केरमेट गरि पासलाई फेल र फेललाई पास गर्ने कार्य बोर्डिङका उच्च प्रशासकिय कर्मचारी तहबाट गरियो । परीक्षाका केन्द्राध्यक्ष बोर्डिङका प्रचार्य बिरेन्द्र खड्का र सहकेन्द्राध्यक्ष झबिन्द्र अधिकारीको सेटिङमा परिक्षर्थीको भबिष्यमाथि गंभिर अपराध गरिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले गरेको छानबिनमा र फोरेन्सिक ल्याबका अनुसार माथिल्ला तहका व्यक्तिले नै कैफियत गरेको निष्कर्ष दिए पनि ठुला मान्छेलाई जोगाउने गरि कर्मकाण्डी प्रतिबेदन दिएको थियो सिआईबीले निष्पक्ष छानबिन गरेको खण्डमा लुकेका लुकाईएका अपराधि सतहमा आउने निश्चित छ ।

निशान सेतो हात्ती कमिशनको खल्ती

गण्डकी बोर्डिङमा बिद्यार्थी बोक्ने बस बाहेक तिन वटा सवारी साधन छन् त्यतिले नपुगेर शिक्षा कार्यालय कास्कीमा रहेको बा—१—झ ८६१५ नंबरको निशान जिप गण्डकी बोर्डिङलाई नै दिने निर्णय गरियो । गाडि आबश्यकताको साधन भन्दा कमिशन कुम्ल्याउने स्रोत थियो । सरकारी सम्पति समयमै मर्मत गरेर चलाउने हो भने बर्षैा चल्ने निशान गाडि गण्डकी बोर्डिङलाई दिने प्रपञ्च रचियो । शिक्षा एकाई कास्कीका तत्कालीन प्रमुख नारायण प्रसाद सुबेदीले शिक्षा मन्त्रालयका सह सचिव दिपक सुबेदि (बोर्डिङका अध्यक्ष) को कान फुकिओरी उक्त निशान जिप गण्डकी बोर्डिङलाई दिने कागज बन्यो । गाडि बोर्डिङ नगई सनराइज अटो बर्क प्रस्याङमा पु¥याईयो र मर्मतका नाममा पौने सात लाखको बिल पेमेन्ट गरियो। जानकारहरु भन्छन् त्यो गाडि मर्मतको बहानामा कमिशनको मिठो सेटिङ थियो । कोटेशन समेत नमागीकन गाडि बनाउन सनराईज पठाइयो बनेर ल्याएपछि बिल भुक्तानि दिने निर्णयमा दुईजना साहायक प्राचार्य लेखा र सवारी हेर्ने कर्मचारी समेतले अस्वभाबिक बिल आएको भन्दै हस्ताक्षर नगरेपछि प्राचार्य बिरेन्द्र खड्काले अर्कै बाटो बाटो गई सनराईजलाई बिल भुक्तानि गराएका थिए । त्यसोगर्नुका कारण मर्मतको बिलबाट आएको कमिशनको भागवण्डा हुनसक्ने सोहि बोर्डिङका कर्मचारी वृतमै राम्रै चर्चा चलेको थियो ।
सरकारी नं. प्लेटको उक्त गाडि बा—१—झ ८६१५ नम्बरको निशान जिप सेतो हात्ती जस्तै पाल्न धौ धौ परेको सहजै बुझिन्छ । तर अभिभाबकको पैसाबाट जम्मा भएको सञ्चित कोषमा रहेको ४० करोड रुपैंयामा डाडु चलाउन पाएपछि  गाडी चढ्नु भन्दा बनाउनुको स्वाद पाईरहेको बुझिन्छ । त्यो गाडि बनाएको भन्दै बर्कसपको कर बिजक प्याड छानबिन गर्ने हो भने प्रष्ट हुन आउंछ । चालु आ.ब.मा मात्र त्यो निशान नामको सेतो हात्तीले मर्मतको नाममा करिब डेढ लमखको बिल गण्डकी बोर्डिङको नाममा काट्दै, घटाउँदै मिलाउँदै गरिएको आशंका छ ।
कोटेशन बिना ५० हजार भन्दा माथि खर्च गर्न नमिल्ने खरिद ÷खर्च कार्यबिधि त्यहि गण्डकी बोर्डिङ को छ तर त्यसलाई कागजी खोष्टा बनाएर भकारीको पैसामा मनमौजी डाढु चलाउने अख्तियारी कसले दियो ? उच्च सरकारी कर्मचारी
ब्यवस्थापन  समिति रहेको ठाउँमा निगरानी गर्ने कसले ?

पद थमौति गर्न प्राचार्यको दोडधुप

गण्डकी बोर्डिङका प्राचार्य बिरेन्द्र खड्काको पाँच बर्षे पदावधि २०८१ जेठमा सकिदै छ । पद सकिन र ८ महिना बाँकी छदै बाट उनले पद थमौतिका लागि कार्यकाल थप गर्ने दोडधुपमा लागेको स्रोतले बताउंछ । एक पदावधि थप गर्न नमिल्ने त होईन तर पहिलो कार्यकालमा बिवादित बनेका कारण उनको बिकल्प खोजि गरि बिज्ञापन गरि खुला प्रतिश्प्रर्धाबाट नयां प्राचार्य नियुक्त गर्न उपयुक्त हुने गण्डकी बोर्डिङलाई नजिका बाट बुझेका सामाजिक व्यक्ति र शिक्षाविद्हरुले सुझाब दिन थालेका छन् ।
बिरेन्द्र खड्काको कार्यकाल बिबादको घेरमा जेलियो । परिक्षा कानुन बिपरित काम भयो अनुमति बिना रुखबुट्टा काटेर बिक्री गरियो । आबश्यकता नै नभएको पुरानो सरकारी गाडि ल्याएर मर्मतका नाममा अस्वभाबिक बिल भुत्तानी दिइयो । कर्मचारीको नियुक्ती र वृत्तिबिकासमा पक्षपात गरिएको भन्दै स्कुल भित्रै भोक हड्लाल भयो शिक्षक कर्मचारीलाई मिलाउन असक्षम रह्यो । यि सबै कारणले गर्दा राष्ट्रिय स्तरमा चर्चित बनेको गण्डकी बोर्डिङ स्कुलले अहिले बिद्यार्थी पाउन सकेको छैन । शैक्षिक गुणस्तर खस्कीएको कुरा रिजल्टलाई समिक्षा गरेको बिबरण बाट पुष्टि हुन्छ । कक्षा ११र १२ का लागी गण्डकी बोर्डिङबाट क्भ्भ् पास भएका अधिकाशं बिद्यार्थी भर्ना लिदा यो बर्ष ८ ,९ वटा सिट खाली रहेको छ । देशभरबाट छानीछानी प्रवेश परिक्षा लिएर भर्ना गर्नुपर्ने गण्डकी बोर्डिङमा अहिले बिद्यार्थी बोलाउनु पर्ने त्यति गर्दा पनि सिट खाली रहेको अबस्थाले पनि गण्डकि बोर्डिङको साख जोगाउन नसक्ने प्राचार्य बिरेन्द्र खड््काले दोहोरीन खोज्नु कति सान्दर्भिक होला व्यबस्थापन समितिको ध्यान जान जरुरी छ । उनले प्रशासनिक र राजनितिक तहबाट समेत गण्डकी बोर्डिङमा नियुक्ती दाहो¥याउन मरिमेटेर लागेको शिक्षक कर्मचारी स्रोतले बताएका छन् । उनिहरु भन्छन ५ बर्षे कार्ययोजना सहित प्रतिश्पर्धा बाट नयाँ प्राचार्य अबको आवश्यकता हो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: