अख्तियारले थाल्यो छानविन, फेवा सिटीको मिथ्याङ्कले लहरो तान्दा पहरो खस्ने

यदुनाथ बन्जारा
8 November, 2023 11:07 am
Advertisements
पोखरा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेवा सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर पोखरालाई छानबिनमा तानेको छ । बिगत १० बर्षदेखि उक्त  हस्पिटलले पिसिएल नर्सिङ एकेडेमी सञ्चालन गर्दै आएको छ । उक्त एकेडेमी सञ्चालन गर्न क्लिनिकल अभ्यासका लागि १ सय बेडको आफ्नै हस्पिटल हुनुपर्ने प्राबधान बमोजिम फेवा सिटी हस्पिटललाई देखाइएको छ । नर्सिङ कार्यक्रम सञ्चालन र नविकरण गर्न १०० बेडको अस्पतालमा ६० बेडमा बिरामी भर्ना भइ उपचार गरेको तथ्याङ्क सिटिइभिटिमा पेश गर्नुपर्ने हुन्छ ।
नर्सिङ कक्षा सञ्चालन र नविकरण  गर्ने क्रममा सिटिइभिटिलाई गलत डाटा बनाई सेटिङ मिलाएर शुभलाभको भरमा कार्यक्रम  नविकरण र सञ्चालन गर्ने गरेको आशंकामा अख्तियारमा उजुरी परेपछी अख्तियारले  छानबिन कार्य अघि बढाएको बुझिन आएको छ ।
फेवा सिटी हस्पिटलले बिगत केही समयदेखि आफ्नो साख गिराएको कारण विरामीको विश्वनियता गुमाउँदै गएको छ । केही बर्ष अघिसम्म बेड भरिभराउ हुने, रातको १२–१ बजेसम्म ओपिडी बिरामी जाँच्ने फेवा सिटी हस्पिटल अहिले फाट्टफुट्ट विरामीको भरमा चलेको छ । भर्ना हुने विरामीको चाप १५ प्रतिशतको औसतमा झरेको छ । जसको कारण  फेवा सिटीले चलाएको नर्सिङ कार्यक्रमका विद्यार्र्थीको क्लिनिकल अभ्यासमा विरामीको अभाब हुन थालेको छ । सिटिइभिटिको कार्यक्रम  चल्ने फेवा सिटी ईन्स्टिच्युट अफ मेडिकल साइन्सलाइ बेड अकुपेन्सीको कारण पिसिएल नर्सिङ कार्यक्रम नविकरणमा संकट पर्ने भएको छ ।

नविकरण गर्न नक्कली तथ्याङ्क

विरामीको चाप ह्वात्तै घटेर अकुपेन्सी रेट १५ प्रतिशतभन्दा तल पुगेपछी फेवा सिटी हस्पिटलले  बिरामी भर्ना भएको नक्कली डाटा बनाएर पेश गर्ने जुक्ति प्रयोग गरेको पाइएको छ । हामीले नक्कली डाटा बनाएर कार्यक्रम नविकरण र नर्सिङ  बिध्यार्थी भर्नाको सिट निर्धारणको लागि सेटिङ  गरिरहेको संकेत पाएपछी पुस्ट्याइँका लागि फेवा सिटी हस्पिटलसँग लिखित सुचना माग गरेका थियौ । हामीलाई दिएको सुचनामा १७५ शैयाको स्वीकृति पाएको उल्लेख छ । जबकी  गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले  मिति २०७८/०८/२० गतेको पत्रमा १०० सिट स्वीकृत दिइएको उल्लेख छ । यस्तै ४१ हजार ८ सय ८३ जना बिरामी भर्ना भइ ७९.२४ प्रतिशत बेड अकुपेन्सी रहेको दाबी गरे पनि स्वास्थ्य कार्यालय कास्कीमा हस्पिटल आफैले पठाएको यथार्थ मासिक रेकर्ड अनुसार १ वर्षमा जम्मा ४१२८ जना विरामीको मात्रै भर्ना गरि उपचार गरेको पाइएको छ यो केबल १२ प्रतिशत अकुपेन्सी हुन आउँछ ।
यथार्थ अकुपेन्सीलाइ आधार मान्दा  फेवासिटी ईन्स्टिच्युट अफ मेडिकल साइन्सले पाएको सिटिइभिटिको कार्यक्रम र नर्सिङको स्वीकृति नविकरण हुन कानुनी अड्चन हुने देखिएपछी हस्पिटलको नक्कली बिरामी डाटा बनाइ सिटिइभिटी र नर्सिङ काउन्सिलमा पेस गरि सेटिङ मिलाएको भरमा मात्र नविकरण लिन खोजेको र त्यो सेटिङ कार्यको लागि गोप्य बजेट समेत छुट्याइएको  बुझिएको थियो जुन कुरा बिस्तारै खुल्दै जानेछन त्यो गोप्य बजेट कस–कसको पोल्टामा जानेछ वा भुस हुनेछ भन्ने बारेमा ।
हस्पिटलले हामीलाई दिइएको सूचना विवरण र स्वास्थ्य कार्यालयमा रहेको विवरणमा त आकाश जमिनको फरक छ । अब एउटा गोप्य भेद खुल्न बाँकी छ त्यो के भने सिटिइभिटी र नर्सिङ काउन्सिलमा फेवा सिटी कुन डाटा दिए होलान ? के नक्कली डाटाको भरमा कार्यक्रमले निरन्तरता  पाउँला ? त्यसो नभए के होला खारेज वा सिट घटुवा ? त्यो भने अख्तियार र नियामक निकायको छानबिन पछि आउने नतिजाले बताउँला ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: