च्याउ किसानको विरोध, उपभोक्ता महङ्गो मै किन्न वाध्य

सराङकोट न्यूज
9 November, 2023 11:15 am
Advertisements
पोखरा
कास्कीका विभिन्न पालिकामा क्रियासिल च्याउ कृषकहरु च्याउको मूल्य नपाएको भन्दै विरोधमा उत्रिएका छन् । आइतबार विहानै झिसमिसेमा आफ्नो उत्पादित २ सय किलो च्याउ पोखरा महानगरको कृषि महाशाखाको ढोकामा छोडेर विरोध जनाएका थिए । किसानहरुले आफ्नो उत्पादनमा पनि न्यूनतम समर्थन मूल्य तोकेर अनुदान दिन माग गरेका थिए । यसरी माग गर्नेहरुमा पोखरा महानगर पालिका वाहिरका च्याउ किसान थिए ।
पोखरा महानगरपालिकाले च्याउको समर्थन मूल्य प्रति किलो १३० तोकेको छ । तर पोखरा बाहेकका पालिकामा उत्पादित च्याउको मूल्य प्रतिकिलो ५० रुपैयामा झरेपछि कास्कीका अन्य पालिकाहरुका किसानहरुले आफ्नो बजार पनि पोखरा नै भएकोले, पोखरेली किसानले पाए सरह समर्थन मूल्य उपलब्ध गराउन माग गरेका थिए । तर पोखरा बाहेकका पालिकाहरुलाई समर्थन मूल्य र अनुदान दिन कार्यविधिले नमिल्ने सूचना अधिकारी सुरज चिलुवालले वताए । किसानहरुको साझा समस्यालाई सम्वोधन गर्न ३ बुंदे सहमती गरिएको चिलुवालले वताए । उत्पादन घटनाउने, खपत बढाउने मेला आयोजना गर्ने र प्रदेश सरकारसँग मूल्य समायोजनको पहल गर्ने विषयमा सहमत भएको बताइएको छ ।

विचौलियाको कारण किसान र उपभोक्ता दुवै मारमा

कृषि उत्पादनमा पनि विचौलियाको जगजगी रहेको छ । रातदिन खटेर उत्पादन गर्ने कृषि उपज उपभोक्तासम्म पुग्दा चर्को महंगीमा परिसकेको हुन्छ । पसले कहाँ पुग्नु पूर्व विचौलियाले कव्जा गर्ने र सिण्डिकेट लादेर महंगो बनाइसकेका हुन्छन् । किसानले च्याउको मूल्य ५० रुपैयाँ किलोमा पाउँछ तर त्यहि च्याउ उपभोक्ताको चुलोसम्म पुग्दा २ सय ५० रुपैयाँ तिनुपर्ने हुन्छ । लालबन्दीका किसानले गोलभेडाको मूल्य १० रुपैयाँ पाउँछन् त्यहि गोलभेडा ग्राहकले ९० रुपैयाँ तिर्नु पर्ने अवस्था छ ।
कास्की जिल्लमा माग भन्दा बढी च्याउ उत्पादन हुन थालेको छ । अहिले कास्कीमा दैनिक खपत १५ सय किलो हुन्छ भने उत्पादन दोब्बर भएका कारण बजारको समस्या परेको छ । बजार पाउन किसान किसान वीचमा अस्वस्थ्य प्रतिस्पर्धाको कारण उत्पादक मर्कामा छन् भने विचौलिया र पसलेका कारण ग्राहक ठगिएका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: