औषधि व्यवसायी संघ कास्कीको दोश्रो अधिबेशनबाट धिरज गौतमको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित

सराङकोट न्यूज
26 November, 2023 9:15 pm
Advertisements
नेपाल औषधि व्यवसायी संघ कास्कीको दोश्रो जिल्ला अधिबेशनले धिरज गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ। निबर्तमान महासचिव  पुर्ण काजी बस्नेतलाइ पराजित  गर्दै गौतम बिजयी बनेकाहुन ।
शनिबार सम्पन्न मतदानमा  सन्तोष पराजुली बरिष्ठ उपाध्यक्ष, थोक तर्फको उपाध्यक्षमा  सुमन तिवारी , खुद्रा तर्फको उपाध्यक्षमा अर्जुन कार्कीलाई चयन गरेको छ। त्यस्तै सोही अधिबेशनले महासचिवमा अमृत थापा, कोषाध्यक्षमा बिक्रमराज पहारी, सचिवमा राम पौडेल र उप-कोषाध्यक्षमा शिर्षक शर्मालाई निर्वाचित गरेको छ । 

 

 

एस्तै गणेश बञ्जाडे,सुमन सापकोटा, सीता सुवेदी, शोभाकर पाण्डे र कमला गौतम उक्त नव निर्वाचित कार्यसमितिको सदस्यमा चयन भएको नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेश समितिका अध्यक्ष कृष्ण प्रसाद पान्डेले जानकारी  गराएका छ्न । १५ सदस्यीय समितिमा १ जना निबर्तमान अध्यक्ष र एक जना मनोनीत सदस्य रहने कानुनी  प्राबधान  रहेको अध्यक्ष  पान्डेले बताए । 
  नब निर्बाचित कार्यसमितिले शनिबारनै सपथ लिएको छ भने पदस्थापन कार्यक्रम हुन बाकी छ । नबनिर्बाचित कार्यसमितिको कार्यकाल ३ बर्षको हुनेछ ।नबनिर्वाचित अध्यक्ष  धिरज गौतमले अग्रजहरुको राय सुझाव लिएर संघलाई मर्यादित  र नमुना बनाउने बताएकाछन । औषधि  ब्यबसाय भित्र रहेको बिकृती र बेथितिलाई न्यूनीकरण गर्न कुनै कसर नराख्ने गौतमले बताएका छन

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: