राप्रपाका नेता कार्की चेक अनादर मुद्धामा पक्राउ, कास्की प्रहरी भन्छ ‘थप अनुसन्धान हुँदैछ’

सराङकोट न्यूज
28 November, 2023 8:11 pm
Advertisements

राप्रपाका पूर्व केन्द्रीय सदस्य महेन्द्र बहादुर कार्की चेक अनादर मुद्दामा पक्राउ परेका छन् । कार्कीले दिएको नबिल बैंकको ३ करोडको चेक नभजिए पछि कार्की बिरुद्द जिल्ला प्रहरी कार्यालय कास्कीमा चेक अनादर मुद्दामा किटानी जाहेरी परेको थियो । प्रहरीले कार्कीलाइ मसिर २ गते शनिबार आफ्नैै घरबाट पक्राउ गरि हिरासतमा लिएको थियो । उनलाइ मसिर ४ गते कास्की जिल्ला अदालतबाट म्याद थप गरि प्रहरीले थप अनुसन्धान गरिरहेकोमा मसिर १० गते पुन ७ दिनको म्याद थप गरेको जनाएको छ ।
महेन्द्र बहादुर कार्की राप्रपाका पूर्व केन्द्रिय सदस्य हुन भने गत प्रदेश सभा सदस्य चुनावमा कास्की क्षेत्र नं. १ (१) बाट चुनाब लडेका थिए। उनी नेकपा एमालेका श्याम गुरुङसँग पराजित भएका थिए । राजनीतिमा उचाइ बढाउदै गएका कार्की चेक अनादर जस्तो फौजदारी मुद्दामा कानुनको फन्दामा परेका छन। साशक बन्ने र देशमा शासन सत्ता चलाउने लक्ष बोकेका नेता स्वयम् चेक बाउन्स मुद्दामा पक्राउ पर्नुले थप सन्सय मच्चाउने काम गरेको छ । “भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो” भन्ने आदर्श बोकेर राजनितीमा होमिएका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको पार्टी राप्रपाको ( नेता ) पुर्ब केन्द्रीय सदस्यले सर्बसाधारण जनतालाई पैसा नभएको चेक दिएर अरुको घर जग्गा सित्तैमा निल्न खोज्नुले पार्टिको धज्जी उडाउने अबस्थामा पुर्याएको छ। पार्टिको जिम्मेवार नेता नै नैतिक दिवालियापनमा फस्न पुगे भने पाटिले उठाएका मुद्दा र आदर्श बीच कस्तो तार्तम्य मिल्ला ?

घटना बिबरण यस्तो छः

पोखरा १० बस्ने महेन्द्र बहादुर कार्की पोखराका पुराना धनाढ्य ब्यक्तिको रुपमा चिनिन्छ्न। भूमिपति कार्की खान्दान मध्य एक हुन महेन्द्र कार्की । पञ्चायतकालमा राजाको समेत बिस्वास जिति जिल्ला सभापति बनेका उनलाई राजाबादी भनेर चिनिने राप्रपाले पनि बिश्वास गर्यो र केन्द्रीय सदस्य बन्न पुगेका थिए ।
२०७८ सालको सुरुमा पोखरा ८ आलुमाइला चोकमा रहेको कि.नं. ७८ को १४० ब. मि.मा बनेको साढे २ तले घर किन्न कार्की राजी भए । ३ करोड रुपैयाँमा किन्ने घर आफ्नै श्रीमतीको नाममा पास गर्ने टु·ो लाग्यो । घर धनिलाई नगद एक पैसा पनि नदिई प्राइम कमर्सियल बैंकको ३ करोडकै चेक दिएर घर जग्गा श्रीमतीको नाममा पास गर्न कार्की सफल भए । नाम चलेको नेता, हुनेखानेको बिल्ला भिरेका कार्कीलाई जग्गाधनी प्रति पूरा बिश्वासमा परे । महेन्द्र कार्कीको नामको खाताको चेकको बिश्वासमा जग्गाधनीले महेन्द्र कार्कीको सल्लाहमा उनकी श्रीमती प्रभा कार्कीको नाममा जग्गा राजिनाम पास गरिदिएका रहेछ ।
चेकको म्याद आयो गयो तर चेक साटिएन । पटकपटकको प्रयासको बाबजुद चेक नसाटिएपछी म्याद नाग्यो । महेन्द्र कार्कीले पुरानो चेक खिचेर नबिल बैंकमा खाता रहेको ३ करोडकै अर्को चेक दिए । तर रोग उहीँ पुरानै । घर जग्गा गएको २ बर्ष कटिसक्दा पनि एक रुपैयाँ पैसा हात नलागेपछि पीडित ब्यक्तिले कानुनी उपचार खोज्न जिल्ला प्रहरी कार्यालयमा चेक बाउन्स मुद्दामा जाहेरी दिएपछी महेन्द्र प्रहरी फन्दामा परेका छ्न् । प्रहरी फन्दामै पर्दा पनि उनले पैसा नतिर्ने बरु पावर लगाएर मुद्दा खेलेर उम्कने दाउमा रहेको खबर आएको भन्दै पिडितले चिन्ता ब्यक्त गर्दै आएका छ्न ।
अहिले महेन्द्रको परिवारमा सम्पतिको कभरमा किर्ते कलह ब्युतिँएको छ । जग्गा पास लिने श्रीमती र चेक काटिदिने श्रीमान महेन्द्र कार्की बिच विभिन्न तानाबाना बुनिएकोछ। बिदेशमा रहेका पढा लेखा सन्तान पनि जग्गा खरिद कान्डको बारेमा जानकार रहेको बुझिन्छ, तर समस्याको समाधानमा भुमिका के हुने त्यो भने भबिश्यले देखाउनेछ । चेक देखाएर खरिद भएको घर जग्गा सहकारीमा राखेर लिएको पैसा कस्ले कहाँ खेलाए कार्की दम्पतिलाई मात्रै थाहा होला तर यता त्यही रकम अभावको कारण मृत्यु रोज्न बाध्य हुनुपर्ने अबस्थामा पुगेको पिडित बताउछन । नाम र दाम दुबै भएका अन्यायी पात्रले अरुको सम्पतिमा गिर खेलेर कति दिन चैन काट्लान ? अदालतले गर्ने फैसलाले निसाफको छिनोफानो नै उपयुक्त मार्ग हुनेछ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: