प्रहरी प्रशासनको निरिहता कहिले सम्म ? दन्डहिनताले मौलाएको लेकसाइडको अराजकता

यदुनाथ बन्जारा
28 November, 2023 8:15 pm
Advertisements

पोखरा

नेपालको पर्यटकीय राजधानी हो पोखरा । आन्तरिक तथा बाह्य पर्यटकिय गन्तव्य रहेको पोखराको हब लेकसाइडलाई मानिन्छ । लेकसाइडको हावापानी, सस्कार र बाताबरणले पनि फरक परिचय दिने गरेको छ । यी र यावत पक्षलाई चिरेर अर्को छुट्टै बिषमता पनि देखिन्छ । छुट्टै संसार झै मानेर मौजुदा कानुनलाई बेवास्ता गरिनु लेकसाइडको अर्को परिचय बन्दै गएको छ ।

लेकसाइड र ६५ मिटर मापदण्ड अतिक्रमण

लेकसाइडको मुख्यबजार क्षेत्रको दक्षिणतर्फ अवस्थित फेवाताल अतिक्रमणको चपेटामा परेको छ । ताल किनारादेखि ६५ मिटर मापदण्ड कायम गरिए पनि पटक पटक तालको मापदण्ड माथी प्रहार हुँदै आएको छ । पोखरा महानगर लगायतले फेवाताललाई खुम्च्याउन पहल गर्यो । ३५ मिटर मापदण्ड खुम्च्याउने निर्णय गरेर खेलाची गर्यो । त्यसको बिरुद्धमा सर्बोच्च अदालतले ६५ मिटर मापदण्ड कायम गराइ कार्यान्वयन गराउन फैसला गर्यो । यो फैसला पश्चात् लेकसाइड थप विवादको भुमरीमा मुछिएको छ। महानगरलाई फैसला कार्यान्वयन फलामको च्युरा साबित हुने देखिएको छ । आफ्नो हकभोगको जग्गा दाबी गर्ने स्थानीय जग्गादाताहरुले ६५ मिटर मापदण्डअनुसार कार्य हुनै नसक्ने बताउनु र सर्बोच्चको आदेश बिच परस्पर बिरोधाभाष अबस्थाले पोखराको पर्यटन ब्यबसायमा नै गम्भीर असर पर्ने गरि आन्दोलन र अशान्ति सृजना हुने देखिएको छ । अर्को तर्फ नक्सापास नगरी निर्मित भिमकाय घरहरु अर्को चुनौतीको बिषय बनेको छ । राज्यको नियन्त्रण बाहिर पुगेको यो समस्या लेकसाइडको क्रोनिक रोग बनेको छ । ती संरचना गलत कार्यको नमुना बनेको छ । बिबादको शिखर चुलिएको छ ।

कानुन बिपरित सवारी प्रयोग

कहिँ नभएको जात्रा हाडी गाउँमा भने जस्तै पोखराको लेकसाइडमा निजि नम्बरका सवारी भाडामा लगाएर कमाउ धन्दा गरिदै आएको छ । दुई पा·्रे सवारी (स्कुटर मोटरसाइकल) हरुलाई साइन बोर्ड नै राखेर भाडामा लगाउदै आएको छ तर प्रहरी प्रशासनले नियमन र कारबाही गर्न सकेको छैन । कानुन बिपरित सवारी प्रयोग भइरहेको बर्षौ भयो तर रोकिन सकेको छैन । लेकसाइडकै छेउ वैदाममा डिएसपीको कमान्डमा प्रहरी फोर्स छ, ट्राफिकले सइ लाई खटाएको छ, नगर प्रहरी छ। जिल्ला प्रशासन कार्यालय १ किमिको दुरीमा छ । प्रदेश सरकार छ प्रदेश प्रहरी कार्यालय छ तर दण्डहीनताको कारण गैह्रकानुनी ब्यबसाय निर्बाध चलेको चल्यै छ ।
यातायात व्यावसायीहरुले गैह्रकानुनी काम रोक्न पटक पटक प्रशासनसँग गुहार माग्यो तर आजसम्म सुनुवाइ भएको छैन । संस्थागत रुपमा अबैध ब्यबसायलाई कसले संरक्षण गरेको छ थाहा पत्तो छैन। यसले पोखरालाई बेथितिको सहर बनाएको छ । लेकसाइड दण्डहीनताको कृडास्थल बनेको छ ।

फोटोको नाममा अबैध असुली

फेवाताल, क्याम्पिङ चोक, फूट ट्र्याक, तालबाराही मन्दिरमा फोटो खिचे बापत फोटोग्राफर बाट मासिक १३ हजारदेखि १५ हजारसम्म असुली गर्ने काम लेकसाइडमा भइ रहेको कुरा स–प्रमाण बाहिरिएको छ । सार्बजनिक सम्पदामाथी र्रयाल चुहाउने पात्र डन बनेर हिड्ने गरेका छन् । प्रहरीले केही महिना अघि समातेका असुलीकर्ताहरुलाई प्रहरीले सहज उन्मुक्ति दिएको थियो । तिनै पात्रले त्यही स्थानमा पुनः असुल गर्दै कमाउ धन्दा गरिरहेको तथ्य फेला पर्नुले दन्डहिनतालाई गोडमेल गरेको छ ।

मेला कमाउने बेला

पोखराको लेकसाइडमा हरेक अंग्रेजी नयाँ बर्षमा सडक महोत्सव हुन्छ । सडकमै खाउ सडकमै नाचौ सडकमै रमाउँ भन्दै रेवानले मेला आयोजना गर्छ । मेला विभिन्न बिबादका बिच राष्ट्रिय ब्रान्ड बनेको छ। मेलाका ४ दिन लेकसाइडमा महंगीले आकाश छुन्छ । रक्सीको खोलो बग्छ । मुख्य प्रायोजक र प्रायोजक नै बियर र रक्सीले गरेको हुन्छ । सार्बजनिक स्थलमा रोड ब्यानर, स्वागत गेट छरपस्ट हुन्छ । सरकारका मन्त्री आएर मेलाको उद्घाटनमा सामेल हुन्छन् । यो पनि बिबादको बिषय हो । दन्डहिनता होइन भन्ने कसरी ? मेलालाई पोखराको पर्यटन ब्यबसायलाई प्रवद्र्धन गर्ने कि ४÷५ दिनमा यनिहाउ पैसा कमाउ भन्ने त्यो जिम्मा आयोजककै थाप्लोमा छोडौ ।
लेकसाइड राती चम्कन्छ। त्यो स्वभाविक पनि हो । तर छिटो धनी हुन गलत बाटो अपनाउने केही पात्रहरुले बदनामको हिलो छ्याप्ने काम गर्दै आएका छन। गस्तिमा गएका प्रहरीमाथी कुटपिट गरि घाइते बनाउने देखि केही होटेलहरुको अबैध कमाउ धन्दाले बेला बेलामा झस्काइरहन्छ । यो सबैको एउटै कारण हो दन्डहिनतामा चलेको गुण्डाराज ।।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: