उप–प्राध्यापकबाट सिधै प्राध्यापकमा जम्प प्रकरण, न्याय खोज्न जाने डाक्टरलाई पद घटुवाको कोशेली !

यदुनाथ बन्जारा
5 December, 2023 10:05 pm
Advertisements

पोखरा

के तपाई मापदण्ड र योग्यता नपुग्दै पद बढुवाको लागि पहल गर्दै हुनुहुन्छ? कतै सेटिङ मिलाएकै भरमा प्राज्ञिक पदोन्नति भइसक्नुभएको त छैन ? त्यसो हो भने ढुक्क नहुनुहोला जुनसुकै बेला तपाइले पाएको माथिल्लो पद खारेज हुन सक्छ । हतारमा माथी पुग्ने रहर सबैलाई होला तर खुड्किलो जम्प गरियो भने दुर्घटना परेर सिधै तल खस्न सकिन्छ ।
यस्तै भएको छ गण्डकी मेडिकल कलेज पोखराका दुई जना चिकित्सकलाई । रबिन्द्र प्रसाद श्रेष्ठ र टुमाया घले नातामा श्रीमान् श्रीमती हुन। श्रीमान रबिन्द्र गण्डकी मेडिकल कलेजका प्रिन्सिपल हुन भने श्रीमती टुमाया घले अस्पताल प्रमुख हुन । कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालको बिश्वास जितेर दुबैजनाले जिएमसीको बागडोर सम्हाल्दै आएका छन । उनीहरु दुबैले डाक्टरको अगाडि प्राध्यापक लेख्दै आएका थिए ।
उनीहरुले प्राध्यापक लेख्न थालेको १० बर्ष लागेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानबाट २०७१/०४/०४ बाट लागू हुने गरि प्राध्यापक पदमा प्रमाणिकरण गरेको पत्र थमाएको थियो । पद पाएको झन्डै ९ बर्षपछि उनीहरुको पद बिरुद्ध त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्भयन संस्थानमा उजुरी पर्न गयो र मिति २०७९/०५/२२ गते प्राध्यापक पद खारेज भइ सिधै उप–प्राध्यापक पदमा घटुवा गरिदियो । उप–प्राध्यापकबाट सह–प्राध्यापक नबनी प्राध्यापक पदमा प्रमाणीकरण गर्ने कार्य त्रृटिपूर्ण भएको भन्दै रबिन्द्र प्रसाद श्रेष्ठ र टुमाया घलेको पद घटुवा गरेको थियो ।

पद घटुवामा परेका डाक्टरद्वय
पद घटुवामा परेका डाक्टरद्वय

पद घटुवामा परेका जिएमसीका अर्थोपेडिक डाक्टर रबिन्द्र प्रसाद श्रेष्ठ र एनेस्थोलोजी डाक्टर टुमाया घलेले पद घटुवा गरेकोमा अन्याय परेको जनाउँदै उच्च अदालत पाटनमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज, अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौ, आफै प्रमुख भई कार्यरत रहेको गण्डकी मेडिकल कलेज पोखरालाई समेत बिपक्षी बनाइ उत्पे्रषण पर्मादेश रिट दायर गरेका थिए । छुट्टाछुट्टै मुद्दा दायर गरेको भएपनी अदालतले एउटै आदेश दिई दुबैको पद बढुवा गर्ने गरी २०७१/०४/०४ गतेको त्रिभुवन विश्वबिद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले गरेको पद प्रमाणीकरण गर्ने निर्णय त्रृटिपूर्ण रहेको भन्दै सच्याउन गरेको निर्णयलाई अदालतले सदर गरिदिएको छ । त्रिभुवन विश्वविद्यालयले सहायक डीन प्रेमराज ज्ञवालीलाई छानबिनको जिम्मा दिएको थियो अन्ततः त्यही छानबिनको आधारमा डाक्टर श्रेष्ठ र डा घलेको पद घटुवा सदर भएको छ । न्यायको लागि रीट गरेको बताउने डाक्टर द्वय अन्ततः उप–प्राध्यापक पदमा सिमित भएका छ्न ।

यहाँ रहस्यमय मान्नु पर्ने कुरा के छ भने डाक्टरद्वय श्रेष्ठ र घले जादुगरी ढंगले कसरी १५ महिनामै उप प्राध्यापकबाट सिधै प्राध्यापक बने भन्ने रह्यो । चिकित्सा शास्त्र अध्ययन संस्थानले मिति २०७०/०१/३० गते उनीहरुलाई उप–प्राध्यापक पदमा पद प्रमाणिकरण गरेको थियो । अनलाइन मार्फत दिएको आबेदनको आधारमा १५ महिनापछि सह–प्राध्यापक नबनाई प्राध्यापक पदमा जम्प गरि पद प्रमाणिकरण गरेको निर्णय रहस्यमय मानिएको छ । मापदण्ड र प्रक्रिया छुदै नछोइ के को आधारमा जम्प बढुवा गरियोे भन्ने बारेमा थप अनुसन्धान हुनुपर्ने देखिन्छ ।

बोर्डमा प्राध्यापक नै लेख्छन

गण्डकी मेडिकल कलेजमा कार्यरत डाक्टर श्रेष्ठ र डा घलेको पद घटुवा भइ प्राध्यापक बाट उप–प्राध्यापकमा झरेका छन तर उनीहरुले अस्पताल बोर्डमा आफ्नो पद प्राध्यापक नै लेख्दै आएकाछन । कलेजमा कार्यरत डाक्टर र कर्मचारीहरु घटुवा भएका डाक्टरहरुको पद मोहले अदालतको अपमान गरेको बताउँछन । अब बढुवा हुन मौजुदा कानुन र मापदण्ड पूरा गर्नुको बिकल्प देखिदैन । उपप्राध्यापकबाट सहप्राध्यापक हुन उपप्राध्यापक भएपछि कम्तिमा पाँच बर्ष कार्यानुभव र ४ वटा अनुसन्धान पत्र लेखेको हुनुपर्छ भने सहप्राध्यापकबाट प्राध्यापक हुन डिएम, एमसि, एच पिएचडि गरि पाँच बर्ष कम्तिमा कार्यानुभव हुनुका साथै राष्ट्रिय वा अन्तरास्ट्रिय जर्नलमा ६ वटा कम्तिमा अनुसंधानमुलक लेख प्रकाशन भएको हुनुपर्छ । कानुनी मापदण्ड यस्तो चर्को भए पनि डाक्टर द्व्य उपप्राध्यापक भएको १५ महिनाभित्रै फुत्त जम्प गरेझै गरि प्राध्यापक बन्न सफल भएका थिए जुन कुरा ९ बर्षपछि रद्द हुन पुग्यो । कानुनले रद्द गरेपनी बोर्डमा भने यथावत राखेका छन । कहिले हट्छ नाम पद त्यो भने हेर्न बाँकी छ । पद कार्यान्वयन भएपछी यथावत जिम्मेवारीमा रहने हो भने प्राध्यापकहरुले उपप्राध्यापकको मतहतमा रहेर काम गर्न कति सुहाउँला ? मालिक खुमा अर्याल नैतिक सकटमा रहिरहन्छन वा अर्को निर्णय गर्छन त्यो भने प्रतिक्षाको बिषय बनेको छ । यसरी जम्प बढुवा हुने अबसर क–कसले पाए त्यसको पनि खोजी हुनु जरुरी छ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: