बेगनासको मोटरबोट बन्द गर्ने महानगरको निर्णय

सराङकोट न्यूज
5 December, 2023 10:08 pm
Advertisements

पोखरा

पोखरा महानगरको अर्काे सुन्दर ताल हो बेगनास । बेगनास ताल दोस्रो ठुलो ताल हो तर दुरीको हिसाबले पोखराबाट कोल्टो पर्ने भएकाले अपेक्षाकृत चहलपहल भने कम नै छ बेगनास तालको पर्यटन । तालमा सञ्चालन गर्न ल्याईएको मोटरबोट केहि महिना नचल्दै बन्द हुन पुगेको छ ।
केहि व्यवसायीको पहलमा बेगनासमा मोटरबोट ल्याईयो तर अध्ययन गरिएन र महानगरबाट स्वीकृति पनि लिईएन । यसअघि पनि मोटरबोट हटाउन महानगरले मौखिक निर्देशन दिएपनि नहटाईएको मोटरबोट अब भने हट्ने भएको छ । पोखरा महानगरपालिकाले मंसिर १३ गते बेगनास ताल डु·ा व्यवसायी समितिलाई पत्र लेखि मोटरबोट बन्द गराउन निर्देशन दिएको छ ।
पोखरा महानगर प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिबारीद्धारा हस्ताक्षरित च.नं. ३६४२ को पत्रमा मोटर बोट सञ्चालन गर्दा माछा लगायतको जलचरको प्रजनन तथा बिकासमा प्रत्यक्ष असर गरेको, साधारण हातले खियाउने डु·ा व्यबसाय संकटमा परि जलारी समुदायको पुख्र्यौली पेशामा असर परि जिविकोपार्जनमा समस्या आईपरेको कारण खुलाई मोटर बोट तत्काल बन्द गर्न गराउन निर्देशन गरिएको छ । बेगनास मत्स्य व्यवसायी समिति र सरोकारबाला समुदायहरुबाट समेत गुनासो आएको जनाउँदै मोटरबोट बन्द गर्न भनिएको छ ।
बेगनासतालमा मोटरबोट सञ्चालन गर्न हुने नहुने बिषयमा अध्ययन गरेर मात्र बोट ल्याउनुपर्नेमा अध्ययन नै नगरि गरिएको मोटरबोट व्यबसायीले महानगरबाट दर्ता समेत नलिई व्यबसाय गर्दा व्यबसायीको लगानी संकटमा पर्न गएको छ ।
यस्तै फेवातालमा पनि केहि बर्ष पहिले प्याडल बोट ल्याईएको थियो तर स्थानिय प्रशासनले सञ्चालनको अनुमति नदिँदा लाखौं रुपैंयाँ डुब्न पुगेको थियो । अध्ययन विना ताल तलैयामाथि गर्ने व्यबसाय जोखिमपुर्ण त छ नै जलचरहरुमा समेत नकारात्मक प्रभाब पार्न सक्ने बाताबरणबिद्हरूले बताउदै आएका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: