पर्वतको शिक्षा इकाइको स्वार्थ, आफ्नालाई जोगाउने अर्कालार्ई दवाउने

सराङकोट न्यूज
24 December, 2023 9:39 am
Advertisements

पोखरा

नातावादले भ्रष्टाचारलार्ई कसरी संरक्षण गर्छ भन्ने कुरा बुझन् सरकारी कार्यालय त्यो पनि शिक्षा क्षेत्रलार्ई हेरे पुग्छ। आप्mना मान्छे माथिका हाकिम भएपछि जस्तोसुकै खतवान पनि माफ हुने भएपछि दण्डहिनता मौलाउन सामान्य कुरा हो । राज्यको नुनपानी खाएका सरकारी कर्मचारीहरु नै नातावाद लादेर काम गर्छन् भने सुशासन र आर्थिक पारदर्शिताको अपेक्षा गर्नु पनि व्यर्थ हुनेछ ।
थुप्रै प्रकरण र वेथतिको पेटारो खोल्ने क्रममा पर्वतको शिक्षा विकास तथा समन्वय इकाइको कर्मशैली ठयाक्कै नातावादको वरिपरि घुमेको पुष्टि गराएको छ । इकाइको प्रमुख उद्धिमराज पौडेलले आप्mनो श्रीमती हिरा कुमारी शर्माले जागिर खाने विद्यालयको सार्वजनिक कोषको दुरुपयोग काण्डलार्ई आँखा चिम्लिएका छन् । कुश्मा १३ मा रहेको खौला लांकुरी मा.वि.ले महायज्ञ, दान, दातव्य चन्दा सहयोग बाट संकलित करिब ३० लाख रकम स्थानियलार्ई मिलेर व्याजमा लगाएको छ । यसरी गैरकानुनी ढंगबाट व्यक्तिगत व्याजमा लगाएको करिव ३० लाख रुपैयाँ त्यसको सावा व्याज उठ्न नसक्ने अवस्थामा पुग्दा पनि इकाइले कानुनी उपचार खोजेको देखिदैन ।
विद्यालयकी प्रधानाध्यापक (प्रा.बि. द्धितीय श्रेणीको) मिना भण्डारी र व्यवस्थापन समितिका केही व्यक्तिको इसारामा सरकारी विद्यालयमा जम्मा भएको आन्तरिक कोषको दुरुपयोग असुल गरी र सरकारी बैंकमा जम्मा गर्न शिक्षा विकास तथा समन्वय ईकाई पर्वतले कुनै निर्देशन, पत्राचार गरेको छैन । त्यसो हुनुमा इकाई प्रमुखको श्रीमती हिरा कुमारी शर्माले आपूmले जागिर खाईरहेको विद्यालयलार्ई जोगाउने भूमिका खेलेको बुझिन्छ । प्रा.वि. तह द्धित्तिय श्रेणीको शिक्षक मिना भण्डारीलार्ई मा.वि प्रअ बनाई राख्न पनि सहयोग पु¥याए वापत राहत शिक्षक हिरालार्ई स्थायी सरहको सुविधा दिन अमेरिका गएको समयमा किर्ते कागज, नक्कली मेडिकल रिर्पोटलार्ई आधार मानी व्याग डेटमा कागज मिलाएर सरकारी बजेट बाट तलब भत्ता खुवाई सरकारी स्कुलको आन्तरिक स्रोत बाँडफाँड कार्यमा ईकाईको अपेक्षाकृत सकृयता नदेखिनु संयोग मात्र नभई सेटिङ रहेका कुरा घाम जतिकौ छर्ल· छ ।
जवकी सोही वडा नं १३ वकादीमा रहेको भगवती प्रा.लि.ले व्यक्तिगत व्याजमा लगाएको करिब ५ लाख रकम तुरुन्त असुल गरी नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैकमा जम्मा गर्न र नगरेमा कानुन वमोजिम हुने भन्दै इकाइ प्रमुखले निर्देशन दिएका थिए र भगवती प्रा.वि.ले अधिकंस रकम सावा. व्याज सहित फिर्ता लिई सरकारी बैंकमा जम्मा गरिसकेको छ ।
भगवती प्रा.वि.मा ईकाई प्रमुख उदिमराज पौडेलले जारी गरेको उर्र्दीे र निर्देशन त्यो भन्दा १० गुणा बढी रकम व्यक्तिगत ठुकुटी खेलाउने खौला लाकुरी मा.वि.लार्ई किन गरेनन् ? कानुनमा सबै समान हुनुपर्नेमा खौला लाकुरी मा.वि भगवती प्रा.वि.मा किन फरक फरक व्यवहार अपनाइयो भन्ने विषयले स्थानिय तहमा चर्चा चलेको छ । गलत कार्यको गुन तिर्न गलतै काम गर्ने प्रथा कहिलेसम्म चल्छ ? अख्तियारले समेत छानविन गरिरहेको खौला लाकुरी मा.वि.का विभिन्न प्रकरणहरु समयमै निसाफ सुनुवाई होस् भन्ने अनागरिक अपेक्षा कहिले पुरा होला?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: