सम्पादकीय –बन पैदाबारको उपयोग गरौ

सराङकोट न्यूज
28 December, 2023 9:09 pm
Advertisements

हरियो बन नेपालको धन भन्ने नारा पुरानै हो । नेपालमा बनको फैलावट उपलब्धि मुलक मानिन्छ । हरियाली देखिनु मा आनन्द मानेर खुसी हुनु सिबाय बनको उपलब्धी खासै केही प्राप्त छैन ।
नेपालको बन यहाको नागरिकको लागि खासै उपलब्धी पुर्ण देखिन्न । देशको लागि चाहिने बन पैदावर बिदेशिको आयातमा चल्नु परेको छ । नेपालका बन क्षेत्रमा रहेका रुखहरु काउसो जस्तै छुनै नसक्ने भएको छ । देशभित्रका रुख काठहरु बनमै कुहिएका छन तर त्यसको उपयोगिता कति पनि हुन सकेको छैन ।
नेपालले बिदेशबाट काठ आयात गर्दै आएको छ । त्यसले स्वदेसी रुखहरु खेर मात्र गएका छैनन स्वदेशी पुजि पलाएन हुन पुगेको छ । जसले बर्षेनी अरबौ ब्यापार घाटा भएको छ । यसतर्फ राज्यले सोच बिचार र बिबेक पुर्याएको देखिदैन । ।
पन्चायत कालमा बन ब्यबस्थापन र काठ आपूर्तिको लागि रहेको टिम्बर कर्पोरेसन लोकतान्त्रिक ब्यबस्था आएपछी खारेज गरिएको छ । आफ्नालाइ जागिर लगाउन सानातिना समिती , सस्था र प्रतिस्ठानहरु जन्माएर घिसार्ने सरकारले बन पैदावर उपयोग र ब्यबस्थापन गर्न योग्य सस्था खोल्न सरकारले कुनै चासो नदिनुलाइ बिडम्बना मान्न सकिन्छ ।
बिकाश निर्माणकार्यमा बन कार्यालय बाधक बनेको सर्बत्र आलोचना छ । राष्ट्रिय गौरबका आयोजनामा परेका रुखहरु हटाउन नदिदा योजनाहरु प्रभावित बनेको छ । बनसम्बन्धी कानुन समय सापेक्ष कार्यान्वयन गर्न नसक्नु सरकार र सन्सदको निकम्बापन हो । बिकाशलाइ बाधा पार्ने रुखहरु हटाउन नसक्ने सरकार सस्तो लोकपृयताका लागि बन मासे्र सुकुम्बासी र अव्यवस्थित बसोबासिको नाममा बसोबास बसाएर बन मास्ने तयारीमा सरकार रहेको बुझिन आएको छ तर बन ब्यबस्थापन उपयोग र काठ लगाएतका बन पैदावर खपत नीति नहुदा खेर गैरएको सम्पती बालुवाको पानी जस्तै भएको छ । तसकरले नेपाल्को बन क्षेत्रमा चलेको रजगज लाई तोड्न नसक्नु रुपयोगमा ध्यान नदिनुलाई किमार्थ राम्रो मान्न सकिन्न ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: