सराङकोटको वाइनाकुलरले जे देख्यो : महेन्द्रगुफा वरिपरि घुम्दा…

सराङकोट न्यूज
2 January, 2024 6:38 pm
Advertisements

पोखरा

पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको महेन्द्र गुफा पर्यटनको एउटा लोकप्रिय गन्तव्य हो । आन्तरिक र वाह्य गरी झण्डै ५ लाख पर्यटकहरु आउने महेन्द्र गुफा वरिपरिको दृश्य सराङकोटको टावरले नियालेको छ ।
जस्ताको तस्तै अर्थात् रिठ्ठो नविराइकन व्यक्त गर्ने टावरको दृश्यले कतिपयलाई आँखा विझाउन सक्छ, मन अमिलो हुन सक्छ तर सत्य जति कै तितो भएपनि सत्य नै हुन्छ भन्ने कुरा धुर्व सत्य हो सत्य स्वीकार्नु मानवीय कर्तव्य पनि हो ।

सार्वजनिक चौतारोको जग्गा खै ?

महेन्द्र गुफाको वाहिरिने ढोका अगाडि एउटा चौतारो थियो । स्यालको सिङ हराए जस्तै गरी चौतारो गायव भयो । अहिले त्यहाँ सोनम थकाली भान्छा घर छ त्यहि भाञ्छाघरले चौतारी रहेको स्थानमा होटल विस्तार गरेर टेवुल राखेको थियो । गुफा संरक्षण अभियन्ता र केहि स्थानियहरुले अतिक्रमित सार्वजनिक चौतारो रहेको ठाउँ संरक्षण हुनुपर्ने माग गरे । यस अघिका जनप्रतिनिधिले हुन्छ हुन्छ त भने तर अतिक्रमित सार्वजनिक चौतारोको जग्गा राज्य मातहत ल्याउन सकेनन् ।
नयाँ जनप्रतिनिधि आए। फेरि स्थानियले त्यहि कुरामा आवाज उठाए । हुन्छ भन्ने कुरा फेरि दोहोरियो । हामीले पनि थप्यौ सार्वजनिक जग्गा सार्वजनिक दायरामा ल्याउन प¥यो भन्दा वडा अध्यक्ष स्वयम्ले भने हुन्छ । फुट ट्याक बनाउँदा नालो सार्वजनिक जग्गा होटल तर्फ नै छोडियो । यो कार्यसैली जो जसले गरेको भए पनि शंकाको घेरामा परेको भन्दै कति पयले विरोध जनाएका छन् । सार्वजनिक चौतारोले ओगटेको जग्गा पनि सार्वजनिक नै हुन्छ । नरहे बाँस नबजे बासुरी भन्ने सोच राखेर चौतारो हटाइयो भन्दैमा जग्गा नै छोडेर नाला बनाउन मिल्ला र ? सराङकोटको वाइनाकुलरले निगरानी जारी राखेको छ जनताको भावना र कानुनको खिलाफमा जाने छुट कसलाई पो होला र ?

महेन्द्र गुफाको अर्को दृश्य


विजुलीका सिमेन्ट पोल प्रयोग विहिन अलपत्र देखिन्छन् । विद्युत प्राधिकरण जनताको कर र दाताको भरबाट स्थापित सरकारी संस्था हो । तर महेन्द्र गुफा, देखि लामाचौर पानी टंक सम्म ठूला ठूला सिमेन्टेड पुल वग्रेल्ती ठगिएका छन् । विद्युतका तार त्यहाँ जोडिएका छैनन् । तेरा किल्ला मेरो धमाका भने जस्तै पोल विद्युतको तार लाइन भने विभिन्न नेट केवलले ओगेटेका छन् । एउटै पोलको २८–३० हजार पर्छ तर प्राधिकरणलाई उत्फाको धन जस्तै पोल असरल्ल मिल्काइएको देखे पछि सराङकोटको वाइनाकुलको लेन्स विद्युत प्राधिकरण तर्फ डुल्न जाने तयारीमा छ । प्राधिकरणले कुन ठाउँमा, कति वटा पोल दुरुपयोग ग¥यो त्यो हिसाव किताव खोज्ने पहल गर्ने नै छ ।

अलपत्र फुट ट्रयाक

विगत २ वर्षबाट ठेक्का पाई बनाउन थालिएको के आइ सिंह पुल महेन्द्र गुफा दोहोरो लाइन फुट ट्रयाक अलपत्र हालतमा रहेको छ । सुरुमा निर्माण तिव्र भएको देखिएपनि जति पछि उति सेलाएको छ । निर्माण योजना बारे राख्नु पर्ने सूचना पार्टी नराखिएको कारण योजनाको बारेमा कसैलाई जानकारी छैन । कति लागतमा बन्ने ? के के बन्ने ? कहिले सुरु हुने कहिले सकिने भन्ने कुरा अन्यौलमा छ महेन्द्रगृुफामा वल्ल नालाको काम सुरु गरेको दृश्य सराङकोटको वाइनाकुलरमा ठोक्किन आएको छ । ठेकेदार ले सरकारले काम गरेको पैसा नदिएकोले काम रोक्न वाध्य भएको भन्दै रोइलो गर्दै हिंडेका छन् । पैसा दिन नसक्ने भए किन ठेक्का दिएको होला भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साशक तथा प्रशासकको ढोका ढक्ढक्याउन नागरिकले खवरदारी गर्नु पर्ने वेला भएको सराङकोटको वाइनाकुलरले ठम्याएको छ । वाइनाकुलरले देखेका आँखा विझाउने र सितल बनाउने खस्रा मसिना कुरा प्रिय पाठक समक्ष पठाउने प्रण गर्दछौं ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: