स्मार्ट लाइटले बानी बिगार्‍याे

सराङकोट न्यूज
12 January, 2024 8:30 pm
Advertisements

पोखरा

नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरपालिकाको संयूक्त प्रयासमा उज्यालो पोखरा कार्यक्रम भित्रिएपछि पोखेलीहरु पर्लय खुसी भएका थिए । सडक र फुटपाथ राती पनि दिनमा जस्तै उज्यालो हुने भएपछि चोर, डाँका, लुटेराहरुलाई पीर परे पनि आम सर्वसाधारण नागरिकमा खुसी सञ्चार हुनु पनि स्वभाविकै थियो । मुख्य सडकमा स्मार्ट लाइट र मुख्य मुख्य चोक बजारमा हाइमास्ट लाइट जडान भएपछि पोखरेलीहरुले गर्व महसुस गरे ।
तर यो कार्यक्रम लागु भएको दुई महिना पनि नबित्दै पोखरेलीले महसुस गर्न खोजेको हर्ष र खुसीमा विचलन आएको छ । घर अगाडि सडकमा ठडिएका स्मार्ट लाइटका पोलहरु आफै अंधेरीमा हराइरहेको छ । फुट ट्रयाकमा रात साँझ हिड्ने यात्रुहरु त्यहि स्मार्ट वत्तिका पोलमा ठोक्किएर लड्ने अवस्था सराङकोटको वाइनाकुलरबाट देख्न र भोग्न पर्दा वैराग लागेको छ ।
पोखरा–१६ को बाटुलेचौर देखि महेन्द्रगुफा सम्म रहेका स्मार्ट बत्ति औंसी पूर्णिमा मात्र बल्ने अरु बेलामा अन्धकार हुने गरेको अवस्थाले यहाँका अधिकांस नागरिकहरु असन्तुष्ट मात्र हैन रुष्ट पनि भएका छन् । मधुरो उज्यालोमा हिड्न डुल्ने बानी परेका पोखरेली नागरिकहरुलाई स्मार्ट लाइटले बानी बिगारी दिएको भन्दै त्यस्ता देखावटी विकास हटाइदिनकोलागि आग्रह आवाज उठेका कुरा सराङकोटको वाइनाकुलर भित्र कैद भएको अमिलो दृश्यले सताएको छ ।
औंसी पूर्णिमा मात्र बल्ने बत्तीलाई स्मार्ट लाइट भन्ने हो भने डिस्टनरीमा परिभाषा नै फेर्नु पर्ने देखिन्छ हैन भने करोडौं रुपैयाँ खर्च गरेर जडान गरिएको स्मार्ट लाइट किन बल्दैन ? घरका बत्ति बल्ने तर सडकका बत्ति किन बलेन ? यति चोक चोक चोकमा, घर घरमा, चिया पसलमा यहि प्रश्नले स्थान पाएको छ ।
सडक किनारामा जडान भएका स्मार्ट लाइटको गुणस्तर माथि गम्भिर प्रश्न उठेको छ । सिस्टम जडान मै त्रृटि रहेको र गुणस्तररहित प्रविधि र समान प्रयोग भएको भन्दै सुरु भएको नागरिक बहसलाई खण्डन गर्ने हैसियत सराङकोटवला निकाय सँग देखिएको छैन । राज्यका संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरामा जडान भएको स्मार्ट लाइट जडान प्रकरणमा छानविन गरिनु पर्ने विज्ञहरुको दावी कसरी अगाडि बढ्छ तत्सम्बन्धमा सराङकोटले बााइनाकुलरका लेन्स आँखा नझिम्क्इाइ हेर्न तयार छ ।

हाइमास्ट पनि गज्जवको

पोखरा–१४ नं. बडा कार्यालय नजिकैको चोकमा रहेको हाइमास्ट लाइट दिनभरी बलिरहेकै थियो । हामीले स्थानियलाई सोध्यौ यो अकास बत्ति त दिउँसै झलमल छ त भन्दा एक अना ६५ वर्षिय वुवाले भन्नु भयो यो बत्ति दिउँस बल्छ तर मध्य राती निम्छ । किन त्यसो भयो कसैलाई थाहा छैन । १४ नं. वडाको मात्र हैन अन्य वडाका चोकमा जडित आकासे वत्ति, (हाइमास्ट लाइट) को पनि उहि हालत छ ।
हाम्रो टावरको वाइनाकुलरले हाइमास्ट लाइटलाई पुरा प्रजातन्त्र आएको महसुस गरेको छ । दिनभरी बले पनि हुने, रातभरी निभेपनि हुने, मध्यरातमै निम्न पनि छुट छ २, ४ दिनै नबल्न पनि छुट छ । हाइमास्ट कसको इसारामा चल्छ ? कसको हातमा स्वीच र रिमोट छ भन्ने कुरा नागरिकलाई सुइको पत्तो छैन । पोखराको हाइमास्टलाई पुरापुर प्रजातन्त्र छ अर्थात् वेथिति ? सराङकोटको टावरको वाइनाकुलरले हाइमास्टर स्मार्ट लाइटको आन्द्रा नाप्न र नारी छाम्ने अभियानमा रहेकै छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: