बिन्ध्यबासिनी माविको ७७ औं बार्षिकोत्सब सम्पन्न , साना बिध्यालय मर्जरमा लगेर मेघा बिध्यालय बनाइने मेयर आचार्यको घोषण

सराङकोट न्यूज
12 January, 2024 10:08 pm
Advertisements

देशकै सर्बोत्क्कृस्ट बिध्यालयको उपाधी हासिल गर्न सफल बिन्ध्यबासिनी माविले आफ्नो ७७ औं बार्षिकोत्सब मनाएको छ । एक भब्य समारोहका बीच पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले शैक्षिक गुणस्तर उकास्न निम्न स्तरका विद्यालयलाई मर्जरमा लान उत्तम हुने बताएका छन् ।उनले न्यून विद्यार्थी भएका विद्यालयको शैक्षिक गुणस्तरमा खासै परिवर्तन नभएको बताउँदै, त्यस्ता विद्यालयलाई मर्जर गर्नुपर्नेमा जोड दिए । विन्ध्यवासिनी माध्यमिक विद्यालय कास्कीकै नमुना विद्यालय भएको स्पष्ट पार्दै उनले मर्जरको भावना अनुरुप यसलाई मेघा विद्यालय बनाईने बताए ।

विद्यार्थी आवागमनमा असहजता रहेको भन्दै प्रमुख आचार्यले यस क्षेत्रमा महानगरको सहयोगमा स्कुल र खेलमैदानमा आवतजावतमा विद्यार्थीको सहजताका लागी आवागमन पुल (आकासेपुल ) निर्माण गर्ने वचन दिए ।

कार्यक्रममा विद्यालयले विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको छ । कार्य क्षमताका आधारमा उत्कृष्ट शिक्षक कर्मचारी तर्फ महेन्द्र गुफाका काउण्टर म्यान प्रेम खड्का, विद्यालयका सह लेखापाल प्रदीपराज पौडेल, पूर्व प्रा.वि तर्फ शिक्षक पुनम आचार्य, प्रा.वि तर्फ वविता वानिया, निमावि शिक्षक आत्माराम खनाल, विशेष योगदानका आधारमा सह प्रधानाध्यापक भेषराज पौडेल, वर्षको उत्कृष्ट शिक्षक अवार्ड संगित गायक, अभिभावक तर्फ श्रीधर न्यौपाने, कक्षा १२ तर्फ सुमन बस्नेत, खेमराज पौडेल र माधव अधिकारीलाई सम्मान गरिएको छ ।

Advertisements

त्यस्तै कक्ष १० अध्यापन गराएका भेषराज पौडेल, दुर्गा सापकोटा, खिमलाल अधिकारी, महेन्द्रमणि पौडेल,राम बहादुर बानिया, शिवप्रसाद सापकोटा, सुशील देवकोटा, कृष्णप्रसाद पौडेल, निर्मल भण्डारी, कृष्ण प्रसाद आचार्य, सरोजनी देवकोटा, खेमराज पौडेल, र होस्टल वार्डेन नविन अधिकारी, कक्षा ८ को विषयगत तर्फ महेन्द्र प्रसाद पौडेल र ईश्वर खड्का लाई महानगर प्रमुख आचार्यले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
यस्तै बिध्यालयमा बिज्ञान बिषय ल्याउन अतुलनीय योगदान गरेको भन्दै बिषय छनोट समितिका सयोजक यदुनाथ बन्जारा , सदस्य शकर बस्नेत , लगाएतलाइ मेयर धनराज आचार्यले सम्मान पत्र सहि मायाको चिनो प्रदान गरेका थिए ।

त्यस्तै दीर्घ सेवा सम्मानबाट कार्यालय सहयोगी बसन्त वहादुर खड्का, १५ वर्षे सेवाबाट शिक्षक इन्दु भट्टराई , तारा अधिकारी, १० वर्षे सेवा अवधितर्फ लेखापाल दिनेश शर्मा, शिक्षक विष्णु कुवँर र शंकर थापा नगद सहित सम्मानित भए ।

साथै सोही अवसरमा निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा अधिकारी थापा सहितका सदस्य, सदस्य यदुनाथ बन्जारा , शन्कर बस्नेत , हिरा अधिकारी ,, निर्माण नवीन अधिकारी , अनुगमन समिति, हिरक विशेषाकं प्रकाशन उपसमितिका सदस्यलाई सम्मान प्रदान गरिएको विद्यालयले जनाएको छ । विद्यालयका जेष्ठ सदस्य गुरुदत्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विधागत रुपमा विष्णु साह, रोशनी वि.क, त्यस्तै प्रकृति सुनार, प्रनिश पौडेल, एलिश अधिकारी र प्रमोद परियारलाई विन्ध्यवासिनी विद्या पदक प्रदान गरिएको छ ।

विभिन्न छात्रवृति वितरण गरिएको कार्यक्रममा शिक्षा सम्वन्य प्रमुख लोकनाथ आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष भिमप्रसाद पौडेल, शितलादेवी माविका वावुराम अधिकारी लगायतले बोलेका थिए ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रममा स्वागत राम बहादुर बानिया र सञ्चालन शिक्षक इन्दु भट्टराई र कर्मचारी भिम गायकले गरेका थिए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: